Editorial : we need press freedom and democracy.
नेपाल अहिले सङ्कटपूर्ण अबस्थामा छ । मुलुकमा प्रजातन्त्र र नागरिक हक अधिकार खोसिएका छन् । परिणामतः प्रत्येक दिन सामान्य नागरिक पनि आतंककारीको नाममा मारिने क्रम बढ्दो छ । जुनसुकै बेला जुनसुकै ठाउंमा हत्या हुनसक्ने, स्वेच्छाचारी गिरफ्तारी वा अपहरणमा पर्न सकिने गैरकानुनी थुनामा बस्नु पर्नसक्ने, चरम यातना भोग्नु पर्नसक्ने भयले नागरिकहरू त्रस्त छन् । यसले गर्दा राज्य झनझन अब्यवस्थित र अराजकतातर्फधकेलिएको छ ।
केही सिमित राजनीतिक नेता वा प्रजातान्त्रिक पद्धतिका कमजोरीहरूलाई देखाएर प्रजातान्त्रिक व्यबस्थालाई नै खराब सिद्ध गर्ने दुस्प्रयत्नहरू पनि हु“दैछन् । यसै पृष्ठभूमिमा एकतन्त्रीय निरंकुश शासन जबरजस्त लादिएको छ । नागरिक हकसंग सम्बन्धित डेढ दर्जन जति अन्तराष्ट्रिय सन्धि सम्झौतामा राज्य पक्ष संलग्न भइसकेपनि अहिले राजाको नेतृत्वमा रहेको सरकारले नै ती सन्धि सम्झौताहरूको उल्लंघन गरिरहेको छ ।
यति मात्र होइन, सरकार र राजनीतिक दलहरूको पहरेदार तथा नागरिक समाजको प्रवक्ताका रुपमा मात्र नभएर मुलुकमा जनप्रतिनिधिमूलक सबै निकाय समाप्त पारिएपछि 'जनताको संसद' को समेत परिचय पाएको सञ्चारजगतमाथि नियन्त्रण कायम गरिएको छ । प्रकटरुपमा संकटकाल हटाइएको भनिए तापनि विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत सञ्चारजगतमाथिको नियन्त्रण कायमै छ । सरकार र माओवादी विद्रोही दुबै पक्षबाट सञ्चारकर्मीहरूमाथि विभिन्न ढङ्गले निरन्तर आक्रमण भइरहेको छ । यसका पछाडि स्वतन्त्र सञ्चारजगतलाई बलात् नियन्त्रणमा राखेर गलत ढंगले उपयोग गर्ने मनसाय प्रष्ट रुपमा देखापर्छ ।
मुलुकको यो दुरावस्थामा जहासुकै र जस्तोसुकै परिस्थितिमा रहेभए पनि सचेत नेपाली नागरिकले मुख बन्द गर्न सक्दैन । यसैले राष्ट्रिय दुरावस्थासग लड्नका लागि विदेशमा बस्ने नेपाली पत्रकारहरूको एउटा समूहले न्यूजब्लग चलाउने जर्मको गरेका छ । यो साइटको उद्देश्य अन्यथा केही नभएर पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, कानुनी शासन, राष्ट्रिय अखण्डता र र्सार्वभौमिकताको सर्म्वर्द्धन, प्रजातन्त्रप्रतिको लडाइलाई मद्दत पुर्याउनु नै रहनेछ । मानवअधिकार र प्रेस स्वतन्त्रता हाम्रा मुख्य प्राथमिकता हुनेछन् र हाम्रा सामग्रीहरू पनि मूलतः तिनै विषयवस्तुमा केन्द्रित रहने छन् । कुनै पनि राजनीतिक दल वा विचारप्रतिको आग्रहभन्दा अगल रहेर हामी यहाहरुलाई यथासम्भव शिघ्र सुसूचित गर्ने प्रयास गर्ने छौं । पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको यो अभियान स्वतन्त्रताप्रेमी आम नेपालीको साझा अभियानको एक अङ्ग र विश्वको प्रजातान्त्रिक आन्दोलनको एक सूक्ष्म अंश मात्र हो भन्ने हामीले ठानेका छौं ।
यो अभियानमा आफ्ना महत्त्वपूर्ण जिज्ञासा, प्रतिक्रिया, स्रोत खुलेका लेख, समाचार, विज्ञप्तिलगायतका सामग्री पर्ठाई सहयोग गर्न हामी तपाईहरू सम्पूर्ण सचेत र स्वतन्त्रताका पक्षधर विज्ञ पाठक वर्ग, राजनीतिक दल, पत्रकार, लेखक, मानवअधिकारकर्मीहरूसग हार्दिक आग्रह गर्दछौं । तपाईंहरु जस्तै हामीपनि पूर्ण नागरिक अधिकारको प्राप्तिको बाटोमा छौं र तपाईंहरूको न्यानो माया र सद्भावमा नै हाम्रो यो अभियान निर्भर रहने छ ।
असार ८,२०६२
|
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, June 22
by
Nepal Info
on Wed 22 Jun 2005 08:06 AM PDT
|
This Month
Month Archive
Year Archive
|
|||||||||||||||||||||||||||||||||||||||||||||||