Main Page  »  Maoist
View Article  अन्नानलाइ 'आतंककारी' पत्र

 …Tarror' Letter to Annan

एघार वर्षदेखि सशस्त्र व्रि्रोह गरिरहेको माओवादीलाइ लोकतान्त्रिक सरकार गठन हुनुअघिसम्म राज्यले 'आतंककारी'को बिल्ला भिराउदै आएको थियो । लोकतान्त्रिक सरकारले उसलाइ आतंककारी देखेन, त्यो बिल्ला हटायो । उसका सारा कार्यकर्तालाइ जेल मुक्त गर्‍यो । रेडकर्नर नोटिस फिर्ता लियो । शान्तिवार्ताको सकारात्मक पहल त्यही कारण भइरहेको छ ।

अहिले मूलत हतियार व्यवस्थापनको मुद्धामा शान्तिवार्ता अडकेको छ । माओवादी अन्तरिम सरकारमा आइ राज्य र आफनो हतियार प्रयोग गरी संविधान सभामा जाने र त्यसको परिणाम आफनो पक्षमा पार्ने रणनीतिमा देखिन्छ । तर जनआन्दोलनबाट आएको सरकार र संसारै माओवादीको हतियारको व्यवस्थापनपछिमात्र माओवादीलाइ सत्तामा ल्याउन तयार देखिन्छन । त्यही कारण प्रधानमन्त्री ...   more »

View Article  प्रचण्डलाइ गिरिजाको पत्र

Pm plans to write letter to prachanda

                                      

सरकारले माओवादीलाइ औपचारिक वार्ताको आहृवान गर्दै पत्र पठाउने भएको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठकपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वार्ताको आहृवान गर्दै औपचारिक पत्र पठाउने निर्णय हुनेछ । त्यस्तै माओवादीले पठाएको आचारसंहिताको पनि टुंगो लाग्ने छ ।

र, शाही सरकारले प्रताडित पारेर राखेका सरकारका सचिवहरु टिकादत्त निरौला, भोजराज घिमिरे र उमेश मैनालीलाइ काम दिइनेछ । निरौला र घिमिरेमध्ये एक मुख्य सचिव हुने सम्भावना पनि छ ।

   more »
View Article  प्रचण्ड जनतामा आउने कि अमेरिकासंग लडने ?

Prachanda criticises America 

एक सातायता नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्ड राजधानीमा सार्वजनिक हुने हल्ला चलिरहेका बेला माओवादीहरु आप\mना नेता सार्वजनिक हुनेरनहुने विषयमा छलफल गर्न व्यस्त छन् । यही सेरोफेरोमा प्रस्तुत छ, माओवादी अध्यक्ष प्रचण्डसँगको टेलिफोन अन्तर्वार्ता,

अन्तर्वातामा उनले जनतामाझ आउने र अमेरिकासंग लडने दुबै कुरा गरेका छन ।

वर्तमान सरकारको निर्णयबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?

सरकारको पछिल्लो निर्णयलाई सार्वजनिक रूपमा स्वागत गरेका छौँ तर सरकारका सबै निर्णयलाई होइन । संसद् पुनःस्थापनासँग हामी सहमत छैनौँ । तर, हिजो जे निर्णय भयो- वार्ता गर्ने, युद्धविराम गर्ने, नयाँ ढङ्गले जाने, त्यसमा सहमत छौँ ।

सरकारको पछिल्लो निर्णयले संविधानसभामा पस्न सक्ने मार्ग प्रशस्त गरेको छ त ?

त्यस दिशामा यो प्रगति हो । नयाँ बाटो खोलेको छ । तर, पूरै विश्वस्त भने हुन सक्ने स्थिति छैन । जनताका तर्फबाट, नागरकि समाजका तर्फबाट आन्दोलन जारी रहनुपर्छ भन्ने हामी ठान्छौँ । आन्दोलन जारी रह्यो भने सरकार त्यस दिशामा जान बाध्य हुन्छ ।   more »

View Article  झापा र धनकुटामा माओवादी हमला, १४ सुरक्षाकर्मी मारिए
Maoists attack security camps in Jhapa and Dhankura, 14 killed

चिन्तामणि दाहाल, विजयसन्तोषी र्राई
झापा र धनकुटा,  चैत्र ८
मंगलबार बिहान झापा र धरानमा माओवादीले गरेको आक्रमणमा परी एघार सुरक्षाकर्मीको मृत्यु भएको छ भने २६ सुरक्षाकर्मी घाइते भएका छन। झापाको केन्द्र बिन्दु विर्तामोडस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा मंगलबार बिहान ७.३० बजे माओवादीले आक्रमण गर्दा सशस्त्र र जनपदका गरी कम्तीमा दश जनाको मृत्यु भएको छ भने २३ घाइते भएको छन । उता धरान बजारको मध्य भाग भानुचोकमा रहेको वडा प्रहरी कार्यालयमा बिहान ८.१५ बजे माओवादीले आक्रमण गर्दा एक प्रहरीको मृत्यु भएको छ भने तीन प्रहरी र एक र्सवसाधारण घाइते भएका छन । माओवादीले प्रहरीका हातहतियार पनि लुटेर लगेका छन ।
मृत्यु हुनेका सम्बन्धमा राजधानीस्थित सुरक्षा सूत्रहरुले चाहिँ फरक तथ्यांक दिएका छन। सूत्रहरुका अनुसार, झापाको विर्तामोड आक्रमणमा तेह्र सुरक्षाकर्मी तथा दर्ुइ माओवादी र धरानमा एक सुरक्षाकर्मीको मृत्यु भएको जनाएको छ।  बम र गोलीले झापास्थित विर्तामोडको इलाका प्रहरी कार्यालय क्षतविक्षत भएको छ भने कार्यालयभित्र जताततै गोलीका खोका छरिएर रहेका छन। माओवादीतर्फघटनास्थलमा एक माओवादीको शव प्राप्त भएको छ भने आक्रमणपछि उत्तर शनिश्चरेतर्फफर्केको माओवादी छापामार चढेको ट्रक देवीवस्तीनिर पल्टि“दा ट्रकले किचेर एक महिला र एक पुरुष माओवादीको मृत्यु भएको छ। घटनामा एक र्सवसाधारण घाइते भएका छन। घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। घाइते प्रहरीहरुमध्ये केहीलाई  भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा र केहीलाई धरानतर्फलगिएको बताइएको छ ।   more »
View Article  ५३ माओवादी आमरण अनशनमा
53 maoists in upto death hunger strike
काठमाडौं, चैत्र ५
राजनीतिक बन्दिको मान्यताको माग गर्दे भारतीय जेलमा बन्दि माओवादी पोलिट्ब्युरो सदस्य मोहन बैद्य लगायत ५३ माओवादी बन्दि अमरण अनशनमा बसेका छन्। सिलिगुढीको केन्द्रिय कारागारमा बन्दीका रुपमा रहेका नेपाल र भारतका माओवादीहरुले संयुक्त रुपमा शुक्रवार बेलुकावाट अनशन शुरु गरेका हुन्। अनशनमा नेपालका माओवादीका तर्फाट पोलिटब्युरो सदस्य मोहन बैद्यका र सुकुमार दास सहभागि हुनुहुन्छ। अनशनमा बस्ने अन्यमा भारतको कान्तिपूरी लिबरेसन अर्गनाइजेसनका तर्फबाट टम अधिकारी , मृढाल राय , हर्षद्धन दास मिल्टन बर्मा भारतकै उल्फा समुहका तर्फबाट रत्नेश्वर देवनाथ र भारतीय कम्युनिष्ट पार्टी माओवादीका कारीद अली , हारुन रशिन र बाबुल बिश्वास लगायतका रहेका छन्। बन्दीहरुले आफ्नो वकिल मार्फत प्रहरी प्रशासनसंग माग राखेका छन्।
स्वससे

View Article  यी पो रहेछन त माओवादीका गद्द्दार
Who are the betrayers in the maoists' party?
काठमाण्डौ, चैत्र १
सामन्तीतन्त्रका विरुद्ध पार्टीद्वारा  घोषित नाकावन्दीको पूर्वसन्ध्यामा पार्टीनीति र नेतृत्वका विरुद्ध र्सार्वजनिक विषवमन गरेर रवीन्द्र र अनुकुलले वस्तुतः आफैलाई पार्टी क्रान्तिबाट अलग्याएर निरंकुश ज्ञानेन्द्र शाहीका पृष्ठपोषकका रुपमा उभ्याएको आरोप लगाउदै आफ्नो पार्टीका केन्दृय नेताहरु रबिन्द्र श्रेस्ठ र अनुकुल (मणि थापा) लाइ निस्काशन गरिएको माओवादी अध्यक्ष प्रचण्डले आज आज एक बक्तव्य प्रकशित गर्दै जनाउनुभएको छ।   बक्तव्यमा प्रचण्डले भन्नु भएको छ--आफ्ना नियोजित अराजक र अराजनैतिक क्रियाकलापका कारण केही दिन पहिले मात्र केन्द्रीय समितिबाट निलम्बन गरिएका रवीन्द्र र अनुकुललाई पूर्ण पतन हुनबाट बचाउने अन्तिम प्रयासका रुपमा पार्टीले जनवादी केन्द्रीयताको मान्यता अनुसार आफ्ना असन्तुष्टिहरू अनुशासित ढंगले केन्द्रमा प्रस्तुत गर्न निर्देशित गरेको थियो । तर, पार्टी क्रान्तिबाट भाग्ने मनस्थितिमा पुगिसकेका उनीहरूले पार्टीमा विचार प्रस्तुत गरी  निकट भविष्यमा योजनावद्ध रुपमा अगाडि बढाउन निश्चित भएको महान् बहसको सामना गर्ने आट नभएर नै आज क्रान्तिका विरुद्ध प्रतिक्रान्तिको सेवा गर्ने भगौडा र गद्दारीको परिचय दिन पुगेका छन् । अतः पार्टी केन्द्रीय कार्यालयले रवीन्द्र र अनुकुललाई क्रान्तिका भगौडा, निरंकुश राजतन्त्र र प्रतिक्रान्तिका सेवक घोषणा गर्दै पार्टी निस्काशनको निर्णय गरेको छ । बाकी जस्ताको तस्तै हेर्नुहोस् प्रचण्डको बक्तब्य - 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
communist party of Nepal (Maoist)
केन्द्रीय समिति
central committee

प्रेस वक्तव्य

हिजो फाल्गुण २९, २०६२ का मितिमा रवीन्द्र र अनुकुलका नामबाट प्रचार गरिएको कथित बहसको अपीलप्रति पार्टीेन्द्रको धारणा र निर्णय स्पष्ठ गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
१) हाम्रो गौरवशाली पार्टी आज बा≈य रुपमा विश्व साम्राज्यवादको नाइकेका विरुद्ध तथा आन्तरिक रुपमा सामन्ती निरंकुशतन्त्रका विरुद्ध निर्मम र निर्णायक सङ्घर्षको नेतृत्व गरिरहेको छ। सामन्तीतन्त्रका विरुद्ध पार्टीरा घोषित नाकावन्दीको  पूर्व सन्ध्यामा पार्टी नीति र नेतृत्वका विरुद्ध र्सार्वजनिक विषवमन गरेर रवीन्द्र र अनुकुलले वस्तुतः आफैलाई पार्टी क्रान्तिबाट अलग्याएर निरंकुश ज्ञानेन्द्र शाहीका पृष्ठपोषकका रुपमा उभ्याएका छन्। आफ्ना नियोजित अराजक र अराजनैतिक क्रियाकलापका कारण केही दिन पहिले मात्र केन्द्रीय समितिबाट निलम्बन गरिएका रवीन्द्र र अनुकुललाई पूर्ण पतन हुनबाट बचाउने अन्तिम प्रयासका रुपमा पार्टी जनवादी केन्द्रीयताको मान्यता अनुसार आफ्ना असन्तुष्टिहरू अनुशासित ढंगले केन्द्रमा प्रस्तुत गर्न निर्देशित गरेको थियो। तर, पार्टी क्रान्तिबाट भाग्ने मनस्थितिमा पुगिसकेका उनीहरूले पार्टीमा विचार प्रस्तुत गरी  निकट भविष्यमा योजनावद्ध रुपमा अगाडि बढाउन निश्चित भएको महान् बहसको सामना गर्ने आ“ट नभएर नै आज क्रान्तिका विरुद्ध प्रतिक्रान्तिको सेवा गर्ने भगौडा र गद्दारीको परिचय दिन पुगेका छन् । अतः पार्टी केन्द्रीय कार्यालयले रवीन्द्र र अनुकुललाई क्रान्तिका भगौडा, निरंकुश राजतन्त्र र प्रतिक्रान्तिका सेवक घोषणा गर्दै पार्टीबाट निस्काशनको निर्णय गरेको छ ।   more »
View Article  लागे माओवादी पनि निर्वाचन तिर
Maoists conduct local level election
काठमाडौं, फागुन २४
सात राजजीतिक दलको बहिष्कारसंगै सरकारले स्थानीय निकायको निर्वाचन सम्पन्न गरेको एक महिना नवित्दै सरकारकै शैलिमा माओवादीले पनि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेका छन्। यसको प्रारम्भ कालिकोट जिल्लावाट गर्ने तयारी गरिएको छ। यसका लागि माओवादीले आफ्नै निर्वाचन आयोग, निर्वाचन नियमावलिको निर्माण गरिसकेको जनादेश सप्ताहिकको बुधवारको अंकमा उल्लेख छ। समाचार अनुसार माओवादीद्धारा घोषित भेरी-कर्णाली क्षेत्र अर्न्तगतको कालिकोटमा बैशाखमा निर्वाचन गर्ने तयारी गरिएको छ। निर्वाचनका लागि जिल्ला जनसरकार कालीकोटले जयचन्द्र अधिकारीको प्रमुख आयुक्तमा सात सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। तीन वर्षा सुदृढकै अभ्यासमा स्थानीय निर्वाचन गर्न सकिने जनसत्ताको प्रावधानअनुसार गत ०६० सालमा स्थानीय जनसत्ताको निर्वाचन सम्पन्न भएको समाचारमा उल्लेख छ। समाचारमा लेखिएको छ'स्थानीय निर्वाचन नियमावली ०६० लाई नेकपा (माओवादी) जिल्ला जनसरकार कालीकोट र निर्वाचन आयोगले परिमार्जन गरेको छ।' स्थानीय जनवादी निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सञ्चालन गर्नका लागि कालीकोटको प्रथम बैठक पार्टी क्षेत्रीय ब्युरो सदस्य तथा कालीकोट सेक्रेटरी हितमान, जिल्ला जनसरकार प्रमुख कर्णबहादुर भण्डारी, जिल्ला पार्टी सदस्यहरु क.भूमि, सुनील, वर्ग, क्षेत्र, विपीन, आशा जनवर्गीय संगठनका संयोजकहरुको विशेष उपस्थिति र अयोगका प्रमुख आयुक्त जयचन्द्र अधिकारीको अध्यक्षतामा माघ ११ र १२ गते बसेको उल्लेख छ।
स्वससे

View Article  प्रहरी जवान हतियार सहित छिरे माओवादीमा
A security man joints Maoists with his arm
धनगढी, फागून २३
उसै त माओवादीले अनेक खालका बम ठाउठाउमै राखेर हैरान् पारेका छन् सुरक्षा अधिकारीलाइ। तराईको समथर भूभाग र पहाडी भागदेखि च्याप्दै ल्याएर खुम्च्याउदै छन राजधानीतिर एकै ठाउमा । सदरमूकाममै हमला गरेर सेना र प्रहरीका हतियार लुट्नसम्म लुटेर तिनैमाथि हमला गरिरहेका छन् माओवादीले। उता सात दलको अन्दोलनले हैरन त परेकै छ यो निरन्कुश सरकार। विध्यार्थिहरुको टायर बाल्ने र ढुङ्गा मुढाको अन्दोलनले त झन हायल कायाल परेकै छ। अन्तराष्टिय समूदायले असहयोग गर्ने क्रमत जारिनै छ। यस्तो बेला आफैले आतंककारिसंग लडाउन भनेर बषौको तालिम र तलब दिएर भर्ती गरेका सुरक्षाकर्मिनै उल्टो तिनै 'आतङ्ककारी' सङ्ग मिलपछी परेन त सरकारलाई आपत? झन लड्न दिएका हतियारनै बोकेर मओवादीसङ्ग लागेपछि सरकारले विश्वास गर्ने को बाकी रह्यो? यसै त गरिदिए नी  कैलालीको बनवेहडास्थित वडिमालिका सशस्त्र प्रहरी गणमा कार्यरत सशस्त्र प्रहरी जवान रुद्रराज गिरीले। एसएलआर र्राईफल र दूई सय राउण्ड गोली  सहित माओवादीमा उनी सुईकुच्चा ठोकेका छन। गिरी शनिवार विद्रोहगरी माओवादीमा गएको स्रोतको दावी छ। गिरीको घर सूर्खेत वडा नं ८ काडाखेत हो। प्रहरी जवान गिरी राइफल र गोली लगेर कैलालीको पहलमानपुरसम्म पुगेको प्रत्यक्षदर्शीले बताए। 'सशस्त्र प्रहरी संगठन भित्रको दमन र अत्याचार सहन नसकि आफू माओवादीमा गएको' प्रहरी जवानले बताएको स्रोतको दावी छ। कैलाली कारागारमा माओवादीले आक्रमण गरेकै राती ती प्रहरी जवान गिरी माओवादीमा गएका थिए। यस सम्वन्धमा सशस्त्र प्रहरी गण वनवेहडामा सर्म्पर्क राख्न खोज्दा सर्म्पर्क हुन सकेन्। यद्यपि जिल्लास्थित एक जना सुरक्षाअधिकारीले भने सो घटना स्वीकारेका छन्।
स्वससे


View Article  इलाम घटनामा कम्तीमा १० मारिए, एक शय २३ संपर्क बाहिर
 At least 10 killed, one hundred 23 missing in Ilam (update)


इलामको सदरमुकाम जाने प्रमुख मार्ग र इलाम बजारको एक दृष्य जहा गएराती माओवादी आक्रमण भयो।

अपडेट
काठमाडौं , फागून २१
इलाम आक्रमणको क्रममा कम्तिमा एक माओवादी दूइ सर्वसाधारण एक प्रहरी तथा एक सेना मारिएका छन्। हिमाल अनलाईनले उक्त घटनामा कम्तिमा चार मारिएको इ कान्तिपूरले छ माओवादी सहित कम्तिमा १० मारिएको तथा स्वतन्त्र समाचार सेवाले  दूइ मारिएको जनाएको छ। यसैगरी उक्त आक्रमणका क्रममा जेलमा रहेका १०३ थुनुवालाई माओवादीले भगाएका छन् भने कम्तीमा २२ सुरक्षाकर्मी हराइरहेका छन्। रातभर भएको दोहोरो हानाहानपछि अहिले उक्त क्षेत्रमा सैनिक हेलिकोप्टर पुगेको र माओवादीहरुको खोजी गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।आक्रमणको क्रममा माओवादीले जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय लगायत नया नगरप्रमुखको घरपनि बम हानेर ध्वस्त भएको छ भने दर्जनौ सरकारी भवनहरुमाथि बम पड्काइएको छ। शाही नेपाली सेनालाइ अल्झाउन उनीहरुले शाही नेपाली सेनाको बेशमाथिपनि आक्रमण गरेका थिए। रातभरी भएको दोहोरो भिडन्तको यकिन क्षति भने हालसम्म प्राप्त हुन सकेको छैन। कान्तिपूरमा प्रकाशित समाचार यहा। नेपाल समाचारपत्रको समाचार यहा।


माओवादीद्धारा इलामको सदरमुकाममा भिषण आक्रमण
Maoists attack Ilam district headquarter
काठमाडौं, फागुन २०
माओवादी विद्रोहीहरुले अहिले बेलुका इलामको सदरमुकाम इलामबजारमा भिषण हमला गरेका छन्। हमलाबाट प्राप्त क्षतिको विवरण अहिले सम्म प्राप्त हुन सकेको छैन। तर सूरक्षाअधिकारीहरुले आक्रमणको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसासन कार्यालयमा दोहोरो हानाहान भैरहेको जनाएका छन्। यतिवेला इलाम बजारमा टेलिफोन र बत्तीको लाइन काटिएकोले मानिसहरु डरले रातकटाइरहेको जानकारी प्राप्त भएको छ।

View Article  कैलाली कारागारमा फेरि माओवादी आक्रमण
Maoists attack Kailai prison
धनगढी, फागून १९
  के छ त्यस्तो कैलाली कारगारमा जहा माओवादीले लगातार आक्रमण गर्ने?  के कारण छ त्यस्तो यो कारगारलाइ लगातार निशाना बनाउनु पर्ने? माओवादीको कुनै पोलिट्ब्युरो सदस्यनै छ कि के हो  यो कारागारमा ? यस अगाडिपनि यो कारागारमाथि माओवादीले कम्तिमा दूई पटक हमला गरिसकेकै हुन। फेरि हिजो शुक्रवार सम्साझै  ७ पनि नबज्दै माओवादीले कैलाली कारागारमा आक्रमण गरेको स्वतन्त्र समाचार सेवाले जनाएको छ। आक्रमणमा दूई जना प्रहरी हवल्दार मारिएका छन् भने तीन जना र्घाईते भएका छन्। उता अञ्चल प्रहरी कार्यालय धनगढीमा बाहिरबाट गोली आएपछि त्यसको प्रतिकारमा प्रहरीले गोली चलाउदा दार्चुला घर भएका प्रहरी हवल्दार दिर्घ महराको मृत्यु भएको छ। कारागारमा मारिने पहरी हवल्दार डडेल्धुरा - ५ घर भएका खेमराज पनेरु रहेका छन्। घाइते हुनेहरुमा कारागारमा कार्यरत प्रहरी हवल्दार धर्मराज थापा, जवान मिन बहादुर रावल र जवान मोहन महरा रहेका छन्। थापाको टाउको र खुट्टामा गोली लागेको छ भने रावलको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरु कारागारबाट नजिकै रहेको स्थानीय बासिन्दा स्माईल आरिफको घरको छतमा ड्युटी बस्न जादा उनीहरु माथि एकाएक माओवादीले गोली चलाएका थिए। सधैजसो कारागारका प्रहरीहरु स्थानीय बासिन्दा स्माईलको निवासमा डयुटी बस्न जाने गरेको बताइएको छ। अञ्चल प्रहरीमा मारिने महरालाई कसको गोली लाग्यो त्यसको अनुसन्धान भईरहेको अञ्चल प्रहरी कार्यालयका एसएसपी लोक बहादुर कार्कीले बताउनुभयो। सम्साझै भिडन्त शुरु भएपछि स्थानीय बासिन्दाहरुले आ-आफ्नो व्यापार व्यवसाय समेत अलपत्र छोडेर भाग्नु परेको थियो।


This Month
July 2006
Sun Mon Tue Wed Thu Fri Sat
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30 31
Year Archive