Maoists celebrate 10th anniversary
काठमाडौ, पुस १०
यस बर्ष माओवादीहरुले १० अौ बर्षगांठ मनाउने तयारी गरिरहेका छन्। यूद्धविराम भंग गरी जंगल जाने तयारीमा रहेका माओवादीहरुको यो बर्षगांठपनि हिंसात्मक हुने पूर्वअनुमान गरिएको छ। नेकपा माओवादीहरुले २०५२ सालको फाल्गुन १ गतेबाट ४२ सुत्रीय माग राखि हिसात्मक विद्रोह शुरु गरेका थिए। माओवादीका जनवर्गीय संगठनहरुद्धारा बर्षगांठ मनाउने तयारी शुरु भैसकेको छ। जसअनुसार नेकपा माओवादी समर्थित मजदूरहरुले फागुन महिनालाई उत्सव महिनाका रुपमा मनाउने निर्णय गरेका छन् । यसैगरी २०५८ साल फाल्गुन ११ गते कालिकोटको कोटवारा विमानस्थल निर्माणमा समलग्न २८ जना निर्माण मजदुरहरू सरकारी सेनाद्धारा मारिएको दिनलाई "मजदुर वलिदान दिवस" को रुपमा मनाउने निर्णय गरेका छन्। यो कुरा आज अखिल नेपाल ट्रेड यूनियनका अध्यक्ष शालीकराम जमरकट्टेलद्धारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ। बाकी जस्ताको तस्तै एट्टयाच्चमेन्टमा।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Sunday, December 25
by
Nepal Info
on Sun 25 Dec 2005 12:52 PM PST
Saturday, December 10
by
Nepal Info
on Sat 10 Dec 2005 01:37 PM PST
Maoist teachers to go for another strike
काठमाडौ, मंसिर २५ नेपाल कम्युनिष्ट पार्टी माओवादी समर्थक शिक्षकहरुले माघको अन्तिममा मुलुकका प्रमुख स्थानहरुमा सैक्षिक हडताल गर्ने जनाएका छन्। आज एक प्रेस बिज्ञप्ती प्रकाशित गरदै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष गुणराज लोहनीले भनेका छन्- माघको तेस्रो हप्ता शिक्षक सभाहरु र माघ २० देखि २८ गतेसम्म राराशस -राजधानी, राजमार्ग, शहर र सदरमुकाम) मा शैक्षिक हड्ताल गर्ने निर्णय हाम्रो संगठनले गरेको छ। यसैगरी संगठनले आगामी चुनावमार्फत थप नरसंहार मच्चाउन लागेकोले चुनाव बहिष्कार गर्न आग्रह गर्दै यसअघि घोषणा गरिएका मंसिर २६ देखि ३० गतेसम्मको शैक्षिक हड्ताललाई स्थगन गरीएको जनाएको छ। बिज्ञप्ती जस्ताको तस्तै एटट्याचमेन्टमा। Friday, December 2
by
Nepal Info
on Fri 02 Dec 2005 04:32 AM PST
काठमाडौ, मंसिर १७
नेकपा माओवादीद्धारा एक महिनाकालागि युद्ध विराम थप भएको छ। एट्याच्चमेन्टमा हेरौ। |
This Month
Month Archive
|
||