We had to counter attack in Makawanpur: Maoist

काठमाडौ, असोज २७

मकवानपुरको सानुखर्कडांडामा भएको भनिएको दोहोरो भीडन्तलाई माओवादीहरुले बाध्यात्मक प्रतिरोध भएको जनाएका छन्। ०६२ असोज १८ गते दिउसो भएको उक्त भीडन्तबारे माओवादीको बेथान स्मृति पांचौ ब्रिगेड कार्यालयले आज प्रेस बिज्ञप्ती प्रकाशित गर्दै जनाएको हो। ब्रिगेडका कमाण्डर प्रमेदद्धार जारी बिज्ञप्तीका अनुसार अनुसार सानुखर्कडाडामा पाचौ व्रिगेड अर्न्तर्गत नया बटालियनको एक टुकडी पार्टीको आन्तरिक काममा खटिरहेको अवस्थामा सेनाहरु आकस्मिक रुपमा पसेर जनमुक्ति सेनामाथि आक्रमण गरेपछि जनमुक्ति सेनाले बाध्य भई प्रतिरोध गरेको थियो। माओवादीका अनुसार भिडन्तमा शाही सेनातर्फ दर्जनौंको हताहती भएको छ भने जनमुक्ति सेनातर्फ तीनजना मारिएका छन्। जसमा प्लाटुन कमाण्डर रमेश, प्लाटुन सहायक कमाण्डर छिरिङ र सेक्सन कमाण्डर हुकार छन्।

उक्त भीडन्तबाट जनमुक्ति सेनाले दुइ थान एसएलआर, त्यसका छ थान म्याग्जिन र चार सय वुलेट, इन्सास राइफलको म्याग्जिन छ थान तथा त्यसको गोली छ सय, ३६ ह्याण्ड ग्रिनेड चार थान, एसएलडब्लूको म्याग्जिन दुइ थान र एक थान संचार सेट लगायत युद्धसामग्री कब्जा गरेका दाबी गरिएको छ। मुलुकमा यतिवेला माओवादीको एकतर्फी युद्धबिराम जारी छ। आफ्ना सेनाहरुलाई युद्धबिराम अबधिभर पुर्ण सतर्कताकासाथ रक्षात्मक अवस्थामा रहन पार्टी अध्यक्ष प्रचन्डले युद्धबिराम घोषणा गर्दा निर्देशन दिनुभएको थियो। यसैगरी बिज्ञप्तीमा यसै व्रिगेडका  छत्रबहादर श्रेष्ठ (क.अनिल) र उनका साथमा गएका अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य रत्न ढकाललाई असोज १६ गते शाही सेनाले नया बानेश्वरबाट गिरफ्तार गरी बेपत्ता पारेको जनाउंदै उनीहरुको जीवन रक्षा र रिहाइको पहल गरिदिन मानवधिकारवादी संघ/संस्था, संचार क्षेत्र, नागरिक समाज लयायत सबैमा अनुरोध गरिएको छ।