Maoists open their own Journalist Association


काठमाडौ , असोज ३०
  नेपाल पत्रकार महासंघको छाताभित्र अटाउन नसकेपछि नेकपा माओवादी समर्थक पत्रकारहरुले छुट्टै महासंघ खोलेको रहस्य सार्वजनिक भएको छ।यसअघि राजाको कदमलाई समर्थन गर्ने पि खरेल र हरी लंसाल जस्ता मन्डले पत्रकारहरुलेपनि छुट्टै महासंघ बनाउने उदेश्यले राष्ट्रिय पत्रकार महासंघ गठन गर्न खोजेका थिए। उनीहरुको यो प्रयाश जारी छ।

 तर यहि मौकामा माओवादी समर्थक पत्रकारहरुकोपनि छुट्टै संघ रहेको कुरो थाह हुन आएको छ। अखिल नेपाल क्रान्तिकारी पत्रकार संघका नामबाट जनबिद्रोह साप्ताहिकका पत्रकार मोहन खनाल सुरक्षा फौजको कार्वाहीमा मारिएको प्रेस बिज्ञप्ती आएपछि यो रहस्य सार्वजनिक भएको हो। संघका अनुसार मोरङको बेलबारीमा सुरक्षा फौजले घेरा हाली पत्रकार खनाल सहित तीन जनाको ज्यान लिएको थियो। अखिल नेपाल क्रान्तिकारी पत्रकार संघका मेची कोशी संयोजक तथा जनबिद्रोह साप्ताहिकका संपादक शशीकिरणले स्वतन्त्रपूर्वक लेख्न र  पाउने बोल्न  हक खोसेर निशस्त्र पत्रकार खनालको सरकारले हत्या गरेकोमा घोर आपत्ती प्रकट गर्दै  हत्याको विरोध गर्न एवं निष्पक्ष छानबिन गरेर सत्य-तथ्य बाहिर ल्याउन पत्रकार, मानवअधिकारवादी संघ/संस्था, नागरिक समाज, बुद्धिजीवीहरुलाई आग्रह गर्नुभएको छ।  जनबिद्रोह साप्ताहिक पूर्वान्चलबाट निस्कने माओवादी समर्थक साप्ताहिक हो।