Infront of the judges Maoist leader Matrika Yadav repeatedly said that the king is criminal

            

बायां : दोश्रो पटक बयानकालागि  अदालतमा  ल्याइदैगर्दाका  मातृका  यादव ।  दायां:  दोश्रो वार्ताकालकालागि  युद्धविराम  हुदा  ( २०५९ चैत २९ गते)   काठमाडौमा  आयोजित  पत्रकार  सम्मेलनमा  यादव।  तस्विरहरु:  बाया:  एपी  र  दाया : नेपाल न्यूज

काठमाडौ , असोज १६

 बिभिन्न राजनैतिक र फौजी आक्रमण गरी राज्यलाई हैरान पारेका माओवादीहरुले अब अदालतभित्रैपनि बबन्डर मच्चाउन थालेका छन्।नेकपा माओवादीका तत्कालिन पोलीट व्यूरो सदस्य मातृका यादवले आज पुनरावेदन अदालत पाटनमा न्यायधिशकै अगाडी राजालाई गाली गरेर बबन्डर मच्चाएका हुन्।

 २०६० साल माघ २३ गते भारतमा पक्राउ परेर नेपाल सपुर्दगी गरिएका मातृका यादवले आज अदालतमा बयान दिने क्रममा न्यायधिशका सामुन्ने पटक, पटक राजा ज्ञानेन्द्र भाइमारा हो।राजा ज्ञानेन्द्र हत्यारो हो, राजा ज्ञानेन्द्र बंशबिनासक हो, तानाशाह हो भने। त्यसपछि दर्शक र वकिल तथा न्यायधिशको दीर्घामा सनसनी मच्चियो। त्यसपछिपनि उनले राजालाई भाइमारा भन्न छोडेनन्। न्यायधिशले उनको आरोप संबन्धि प्रश्न गर्थे भने उनले राजालाई नै गाली गरिरहन्थे।  न्यायधिशले अदालतको मर्यादा राख्न पटक पटक आग्रह गरे। तर उनले झन झन राजालाई गाली गर्ने काम जारी राखे। अदालत भरी उनको बयान दिने शैली देखेर उपस्थित मानिसहरु झन झन आर्श्चयमा परे।

 बाध्य भएर फेरि न्यायधिश र उनका वकिलहरुले समेत व्यक्तिगत गाली गलौज छोडी मर्यादित भएर उत्तर दिन आग्रह गरे। तैपनि अहं उनले आफ्नो अडान छोडेनन र राजालाई भाइमारा र हत्यारा तथा बंशबिनासक भनिरहे। उनको यो चाला देखेर न्यायधिश झन अप्ठेरोमा परे र उनको वयान एक घण्टाकालागि स्थगित गरे। दोश्रोपटक बयान शुरु हुने बेलामा न्यायधिशले मातृकाको स्वास्थ्य ठीक नदेखिएकोले बयान लिने क्रम आजकालागि अन्त्य भएको भनि घोषणा गरे।

 अब उनलाई संभवत दशैपछिमात्र अदालतमा लगिनेछ। उनीमाथि काठमाडौमा आइ जी पी कृष्ण मोहन श्रेष्ठ र उनकी पत्नीको हत्या गर्न आदेश दिएको आरोप लगाइएको छ।

   केही दिन अघिमात्रै उनीसंगै पक्राउ परेका शुरेश आलेमगरले आफूहरुलाई सैनिक हिरासतमा राखिएको उल्लेख गर्दै राजालाई पत्र लेखेका थिए। यदि सैनिक हिरासतबाट मुक्तगरी प्रसासनिक जेल नसारिए आमरण अनसन बस्ने चेतावनी दिएपछि सेनाले उहाहरुलाई जिप्रका ललितपूरमा बुझाएको थियो। मातृकालाई आज सोही कार्यालयबाट दोश्रोपटक बयानकालागि ल्याइएको हो।