Now its maoists turn to fight among themselves
मोरङ्ग, कात्तिक ३
जिल्लामा पटक-पटक सुरक्षाकर्मीको आक्रमणमा परेर तहस-नहस भएका
माओवादीहरु एकापसमै झगडा र हानाहान गर्न थालेका छन्। गत हप्ता उत्तरी
मोरङ्गको केराबारी-८ स्थित मुगुमा इन्सास राइफल लिएर भाग्न लागेका एक
माओवादी छापामार र अन्य कार्यकर्ताबीच कुटाकुट हुदा केही माओवादीहरु
रगतपच्छे भएका छन्।
स्थानीयवासीहरुका अनुसार इन्सास राइफल लिएका एक माओवादी छापामारले
केराबारी-६ डागीमा आएर दशैंको टीकाकै बेलामा एक स्थानीय बासिन्दासग दश
हजार रुपैया मागेका थिए। माओवादीकै र्समर्थक र आश्रयदाता रहेका ती
स्थानीयबासीले शंका लागी उनलाई मोटरसाइकलमा चढाएर गाउ नजिकै सेल्टरमा
रहेका अन्य कार्यकर्तासमक्ष पुर्याएका थिए। छापामारले बोकेको राइफल भने
उनले आफ्नै घरमा थन्क्याउन लगाएका थिए। मोटरसाइकलबाट सेल्टरसम्म
ल्याइपुर्याउनासाथ ३/४ जना कार्यकर्ताले गिरफ्तार गर्न खोज्दा हात
हालाहाल भएको र केहिबेर झडप भएको थियो। झडपका बेला कसैसग हतियार नभएकाले
हताहती नभए पनि दुबैतिरका लडाकूहरुको अनुहारबाट रगत बग्न थालेपछि सो
शंकास्पद छापामार ओरालो दौडिएर भागेको प्रत्क्षदर्शीहरुले देखेका छन्।
आफ्नो पञ्जाबाट उम्किएर भागेको कार्यकर्ताले डा“गीस्थित घरमा राखेको
इन्सास लैजाने भयले अन्य माओवादीहरुको सातो गएपछि उनीहरु हतार-हतार
मोटरसाइकलमा दौडिएर घरतर्फलागे। यही मौकामा सो छापामार फरार हुन सफल भएको
थियो। त्यसरी फरार हुने माओवादी जनसेनाको नाम र पदीय हैसियत थाहा हुन
सकेको छैन। तर, इन्सासजस्तो गतिलो राइफल बोकेका कारण माथिल्लै पहुच भएको
जनसेना हुनसक्ने अनुमान गरिएको छ। घटना भएको केही समयपश्चात् माओवादी
छापामारहरुले मुगुचौक आसपासमा राइफल सोझ्याउ“दै भगौडालाई धुइधुइती खोजेका
थिए।माओवादीबीच आपसी भिडन्त भएको यो क्षेत्र उनीहरुकै प्रभाव इलाका हो।
राजतन्त्रका विरुद्ध संर्घष गर्ने भन्दै उनीहरुले यस इलाकामा एमाले,
कांग्रेसका मान्छेलाई समेत राखेर 'लोकतान्त्रिक मोर्चा' गठन गर्दै आएका
छन्। तर उनीहरुबीचमै हुने यस्ता झगडाहरु भने जनताले हेर्नमात्रै पाउछन्,
थप बुझ्न खोज्दा गुपचूप राख्ने गरिन्छ।
यता मोरङ्ग जिल्लामा माओवादीका कार्यकर्ताहरु एकपछि अर्को मारिने र
गिरफ्तार हुने क्रम बढेको छ। हालसालै दशैंको मुखमा बेलबारी-६ दूर्गा राई
लगायत चारजना मारिए भने यसअघि मोरङ्ग जिल्लामा माओवादीका मजदुर नेता भानु
मैनालीलगायत ३ जना पक्राउ परेका थिए। त्यसको लगत्तै सिंहदेवी इलाकाबाट
खगेन्द्र सुवेदी र शान्ता राई पक्राउ परेका थिए। गिरफ्तारमध्ये अन्यको
स्थिति र्सार्वजनिक गरिए पनि महिला संगठनकी अध्यक्ष शान्ता र्राई हालसम्म
बेपत्ता छिन्। सिंहदेवी र केराबारीलगायत मोरङ्गका उत्तरी गाविसहरुलाई
माओवादीले धनकुटा जिल्ला कमिटीअन्तरगत राखेको छ।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादीबीचमै मारमुङ्री
Comments
Re: माओवादीबीचमै मारमुङ्री
by
Nepal Info
on Fri 21 Oct 2005 07:44 AM CEST | Profile | Permanent Link
A ha ha kati ramailo ho
Kahile Baburam ra Prachanda ta kahile vusuna vusuni ko ladai Jo Aguwa uhi bato haguwa vane jhai Netale sikayeka ta hun Re: माओवादीबीचमै मारमुङ्री
by
Nepal Info
on Fri 21 Oct 2005 07:49 AM CEST | Profile | Permanent Link
Bal gara vai ho-ladaima
Khaula vai h thulo vag Hamro sasan ayepachhi mauka yehi ho lada hai vaiho Tauka sauka chhapkai hala Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||