Maoist speech at seven party gathering

काठमाडौ, कात्तिक १३

भर्खरै प्राप्त समाचार अनुसार आज पांचथर जिल्लामा भएको सात राजनीतिक पार्टीको खुल्ला जुलुशमा माओवादी पार्टीका एक नेताले खुलेआम भाग लिए। जुलुशपछि सात राजनीतिक पार्टीहरुको सभामा उनले खुलेर भाषण ठोके। सात राजनीतक पार्टीहरु र माओवादीहरुको संयुक्त आन्दोलनबिना राजतन्त्र समाप्त नहुने बताउदै उनले राजतन्त्रको समाप्त विना मुलुकको राजनीतिक समस्या समाप्त नहुने बताए।

यसैविच रोल्पा जिल्लामा माओवादी जनसेनाले सरकारी सुरक्षा क्याम्पमा फाइरिंग गरेको समाचार प्राप्त भएको छ तर सरकारी पक्षबाट प्रतिवाद भयो या भएन र मानविय तथा भौतिक क्षति भयो या भएन भन्ने जानकारीपनि प्राप्त हुन सकेको छैन।