Main Page  »  Maoist
View Article  रोल्पामा माओवादीका दूइ कमान्डर मारिए
Two Maoist commander killed in Rolpa

काठमान्डौ, मंसिर १५
हिजो सांझ रोल्पा जिल्लाको जिनवागंमा शाही नेपाली सेनाले हेलीकोप्टरबाट गरेको अन्धाधुन्ध आक्रमणबाट नेकपा माओवादीको मंगलसेन फस्ट बिग्रेडका कमान्डर सुनिल किमबहादुर थापा मारिएका छन्। उक्त आक्रमणमापरि वटालियन सहकमान्डर निर्ममपनि मारिएका छन्।बताइएअनुसार नेकपा माओवादीका अध्यक्ष प्रचन्डको सुरक्षा यहि बटालियनले नै गर्छ।
आजै नेकपा माओवादीका अध्यक्ष प्रचन्डले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै उक्त घटनाको पुष्टी गर्नुभएको छ।बक्तव्यमा उक्त स्थानमा जनमुक्ती सेनाले वर्तमानमा पछिल्लो चरणमा माओवादीद्धारा गरिएका निर्णयहरु लगायत राजनैतिक प्रशिक्षण लिइरहेका थिए। बांकी एट्याच्चमेन्टमा

1 Attachments
View Article  माओवादीको केन्द्रीय बैठक सम्पन्न
Maoist national convention to held soon !

काठमाडौ, मंसीर १३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को हालै सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकका निर्णयहरु आज सार्वजनिक गरिएको छ। माओवादीका अध्यक्ष प्रचण्डले आज एक प्रेस विज्ञप्ति निकाली सामन्ती निरंकुशतन्त्रका अनेकौं षडयन्त्र र घेराहरुलाई चिर्दै केन्द्रीय समितिको पूर्ण बैठक आफ्नै अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको छ।
बैठकले केन्द्रीय समितिलगायत सबै कमिटीहरु विघटन गरी महाधिवेशन आयोजक समिति समिति गठन गरेको छ। माओवादी गठन भएयता सो पार्टीको महाधिवेशन भएको थिएन। आफ्ना समग्र विचार, नीति, योजना र कार्यक्रमहरुलाई नया उचाइ प्रदान गर्दै पार्टी केन्द्रमा अभूतपूर्वक एकता कायम गरी देशमा विद्यमान राजनैतिक संकटको समाधानका लागि नया ढंगले पहल लिने तथा नया विचारअनुसार आफैलाई बदल्दै विश्व र्सवहारा वर्गको सेवा गर्ने ऐतिहासिक प्रतिबद्धताका साथ बैठक सम्पन्न भएको माओवादीले जनाएको छ।

माओवादीको केन्द्रीय समितिको आकार पनि पहिलोपटक र्सार्वजनिक गरिएको छ। त्यसअनुसार केन्द्रीय समितिमा ९५ जना रहेको जानकारी दिइएको छ। बैठकले २१ औं शताब्दीमा नया वैचारिक संश्लेषण हासिल गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गर्दै महाधिवेशनसम्म पार्टीको समग्र नेतृत्व गर्नका लागि ३३ सदस्यीय आयोजक समिति गठन गरिएको छ। यो नामावली अध्यक्ष प्रचण्डले नै प्रस्तुत गरेका थिए।   more »
1 Attachments
View Article  दल र माओवादीबीच बाह्र बूदे सहमति

12 points agreement between Maoist and seven democartic parties

काठमाडौं मंसीर ७

 निरंकुश राजतन्त्रका विरुद्ध संर्घषरत सात राजनीतिक दलहरु र ने.क.पा.-माओवादी बीच १२ बूदे सहमति भएको छ। माओवादीका अध्यक्ष् प्रचण्डले आज बेलुका साढे तीन बजे समझदारी-पत्रका ती बूदाहरु र्सार्वजनिक गर्नुभएको हो।
निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्न अपरिहार्य आवश्यक भएको सर्न्दर्भमा संसदभित्रका सात राजनीतिक दलहरु र ने.क.पा.(माओवादी) बीच विभिन्न ढंगले वार्ता भएपछि यस्तो समझदारी भएको प्रचण्डले बताउनुभएको छ।
यसअनुसार, दुइ राजनीतिक शक्तिहरुबीच निरंकुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरुले निरंकुश राजतन्त्रका विरुद्ध आ-आफ्ना ठाउबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आधीबेहरी निर्माण गरेर निरंकुश राजतन्त्रलाई अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने समझदारी भएको छ।समझदारी पत्रमा निरंकुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तराष्ट्रिय सुपरिवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने लेखिएको छ। उनीहरुले वार्ता प्रक्रियामा समेत भरपर्दो अन्तराष्ट्रिय समुदायको संलग्नताको अपेक्षा गरेका छन्।

प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हक आदि लोकतान्त्रिक मूल्य मान्यताप्रति ने.क.पा.(माओवादी) ले आफ्नो प्रतिबद्धता प्रस्टताका साथ संस्थागत ढंगले र्सार्वजनिक गर्दै तदनुरुप आफ्ना गतिविधिहरु अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।यसैगरी ने.क.पा.(माओवादी) ले सशस्त्र द्वन्द्वको क्रममा विस्थापित हुन पुगेका अन्य लोकतान्त्रिक पार्टी नेता, कार्यकर्ता र जनतालाई यथास्थानमा र्फकेर ससम्मान बसोबास गर्ने, उनीहरुको अन्यायपूर्ण तरिकाबाट कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने र उनीहरुलाई निर्वाध ढंगले राजनैतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विगतका गल्ती कमजोरीहरुको आत्मसमीक्षा र आत्मआलोचना गर्दै भविष्यमा गल्ती कमजोरी हुन नदिने प्रतिबद्धता पनि ने.क.पा.(माओवादी) ले व्यक्त गरेको छ।
सात राजनीतिक दलहरुले पनि विगतमा संसद र सरकारमा छदा भएका गल्ती कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। जस्ताको तस्तै विज्ञप्ती  एट्याच्चमेन्टमा

1 Attachments
View Article  'युद्धविराम एक महिना लम्बिने'

Ceasefire to be extended one more month !


काठमाडौ, मंसीर ६
 भारतबाट प्रकाशित टाइम्स आफ इन्डियाले माओवादीले युद्धविराम एक महिना थप्नेभएको जनाएको छ।पत्रिकाको आइतबारको अंकमा नयाँदिल्लीमा सात दलका नेता र माओवादीबीच सम्पन्न वार्तामा निरंकुश राजतन्त्र विरुद्ध सात दलद्वारा जारी आन्दोलनलाई सहयोग गर्न युद्ध विरामको समयसीमा एक महिना लम्ब्याउन माओवादी सहमत भएको उल्लेख छ।माओवादी संयुक्त राष्ट्रसंघको मध्यस्थतामा हतियार बिसाउन तयार भएको समाचार पनि टाइम्स आफ इन्डियाले प्रकाशित गरेको छ।
यसैबीच माओवादीको एक महिनासम्म चलेको केन्द्रिय समितिको बैठकले प्रतिष्पर्धात्मक प्रजातान्त्रिक शासन प्रणाली स्वीकार्ने, शान्ति स्थापनाका लागि सवांदमार्फत पहल गरी सम्वादबाटै शान्तिपूर्ण निकासमा जाने, अलग विचार र राजनीतिक आस्थाका आधारमा कसैमाथि भौतिक कारवाही नगर्ने र नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता ब्यक्त गर्नेलगायतका महत्वपूर्ण निर्णयलिएको एमाले नेताहरुले बताएका छन्। राजाको निरंकुश कदमविरुद्ध आन्दोलनरत सात राजनीतिक दलले लिखित रुपमा आग्रह गरेपछि हालै रोल्पामा सम्पन्न माओवादी बैठकले त्यस्तो निर्णय लिएको हो।

View Article  माओवादीहरु मूलधारमा आउन सहमत
Maoist  to come in the mainstream politics

काठमाडौ, मंसिर

दश दिन अघि भारतको नया दिल्ली जानर्भई शनिबार स्वदेश र्फकनुभएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भारतमा रहदा आफले माओवादीका नेताहरुसग सम्वाद गरेको कुरा स्वीकार्नुभएको छ। कोइरालाका अनुसार जनयुद्धरत माओवादीहरु राजनीतिको मूलधारमा आउन सहमत भएका छन्।
कोइरालाले दिल्लीमा माओवादी नेताहरुसग टेलीफोनमा कुराकानी भएको सभापति कोइरालाले पत्रकारहरुलाई बताउनुभयो। मूलधारको राजनीतिमा आउन आफूले गरेको आग्रहलाई माओवादीहरुले सकारात्मकरुपमा लिएको उहाले बताउनुभयो। कांग्रेस-माओवादी वार्ताबारेमा जानकारी दिदै पार्टी प्रवक्ता कृष्णप्रसाद सिटौलाले पत्रकारहरुग भन्नुभयो-' राजनीतिको मूलधारमा आउन गरिएको आग्रहप्रति माओवादीहरु सकारात्मक देखिएका छन्।' सिटौला पनि दिल्ली भ्रमणमा रहनुभएका कोइरालासगै हुनुहुन्थ्यो।
कोइरालाले माओवादीका कुन नेतासग टेलिफोन वार्ता गर्नुभएको हो भन्ने चाहि कांग्रेस नेताहरुले गोप्य राखेका छन्।दिल्लीमा रहदा कोइरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, मन्त्रीहरु र विपक्षीदलका नेताहरुसग पनि भेट गर्नुभएको थियो।
भारतीय नेताहरुले नेपालमा सञ्चालित सातदलको आन्दोलनलाइ नैतिक र्समर्थन जनाएको कांग्रेस नेताहरुले बताएका छन्। स्वास्थ्य परीक्षणका लागि भनेर दिल्ली जानुभएका कोइरालाका साथमा कृष्ण सिटौलाका अतिरिक्त केन्द्रीय सदस्य शेखर कोइराला पनि हुनुहुन्थ्यो। उहाहरु तीनै जना एकैपटक स्वदेश र्फकनु भएको छ।

View Article  यूद्धविराम भंग हुने संभावना !

Maoist to break the ceasefire !


काठमाडौ, कात्तिक २९
माओवादीद्धारा दशैं र तिहारका चाडबाडको मुखमा गरिएको युद्धविराम भंग हुने संभावना बढेको आज प्रकाशित जनादेशको अंकमा जनाइएको छ। संसदवादी राजनीतिक पार्टी र माओवादीविच सहकार्यकालागि भै रहेको ढिलाइलाई चुनौती दिन या देशभर भैरहेको सेना परिचालनलाई स्थगित गरेर रक्तपातपूर्ण आन्दोलनमा जान युद्धविराम भंग हुन लागेको हो त्यो कुरा भने जनादेशमा खुलाइएको छैन। तर दशैं तिहारको लामोविदापछि प्रकाशित माओवादीको साप्ताहिक मुखपत्र मानिने आजको जनादेश साप्ताहिकले यूद्धविराम भंग हुने संकेत गर्दै भनेको छ_ माओवादीको एकपक्षीय युद्धविरामका कारण कमी भएको युद्ध फेरि चर्कने सम्भावना छ। जनतालाई हत्या र दमन गर्न शाही सत्ताका सुरक्षाकर्मीहरुलाई देशव्यापी परिचालन गरिएपछि यसखालको सम्भावना बढेको हो ।
जनताको शान्तिको चाहना र संसदवादी दलसंग अड्किएको सम्बन्ध र सहकार्यलाई सहज बनाउन माओवादीले भदौ १८ गतेदेखि लागू हुने गरी तीन महिने युद्धविरामको घोषणा गरेको थियो भन्दै जनादेशमा लेखिकएको छ- 'माओवादीले युद्धविराम कायम राख्न आफ्नो तर्फबाट गम्भीरता र इमान्दारिता देखाए र देखाइरहेका छन्। तर, शाही सत्ताले भने शुरुदेखि नै माओवादीका तर्फबाट घोषणा भएको एकतर्फी युद्धविरामलाई तोडाउन उत्तेजनात्मक कार्वाही बढाउदै लग्यो। शाही सरकारले युद्धविराम तोड्न गरिरहेको प्रयास अब भने सफल हुने देखिन्छ । माओवादीले आफ्नो रक्षाका निम्ति प्रतिरोध गर्नुको विकल्प देखिंदैन।'
जुन उद्देश्यका साथ माओवादीले युद्धविराम गरेको हो त्यसमा माओवादी निकै सफल भएको र राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा माओवादी शान्तिको पक्षधर हुन् भन्ने कुरा राम्रैसग स्थापित भएको दावी गर्दै जनादेशले शाही सत्ता युद्धपिपासुको रुपमा बदनाम भएको उल्लेख गरेको छ। संसदवादी राजनीतिक दलसग सम्वाद र सहकार्यका लागि धेरै प्रगति भएको जानकारी दिने जनादेशले भने लोकतान्त्रिक गणतन्त्रको बिन्दुमा एकमत भएर उभिन संसदवादी दलका नेताहरुमा देखिएको अकर्मण्यताका कारण ढिलाइ भइरहेको जनाएको छ। तर आगामी दिनमा उनीहरुसंग कस्तो सहकार्य हुनेछ भन्ने कुराभने जनादेशले उल्लेख गरेको छैन। जनादेशको उक्त समाचार जस्ताको तस्तै एट्याच्चमेन्टमा।

1 Attachments
View Article  माओवादीसगको सहमतिबारे एमालेमा विवाद

महासचिव नेपाल र वामदेव गौतमको कडा आलोचना 

UML disputes over  the issue of joint code of conduct with Maoist

 काठमाडौ, कात्तिक २८

 नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीको केही दिन अघि रोल्पामा भएको उच्चस्तरीय ६ बुदे सम्झौतालाई लिएर एमाले पार्टी भित्र आइतबारदेखि गम्भीर विवाद शुरु भएको छ।
एमालेको केन्द्रीय कार्यालयमा आइतबार बसेको स्थायी समितिको बैठकले हालै वामदेव गौतमको नेतृत्वमा रोल्पामा भएको ६ बुदे सहमतिपत्रलाई अनुमोदन नगरेको जानकारी एमालेसूत्रले दिएको छ। बैठकमा सहमतिपत्रसम्बन्धी विवाद अझै जारी छ।कार्तिकको पहिलो साता   more »

View Article  माओवादी र एमालेको आचारसंहिता सार्वजनिक
UML and Maoist issue a joint code of conduct

काठमाडौ, कात्तिक २४


नेकपा एमालेका कार्यवाहक महासचिव बामदेव गौतमसमेतले केही समयअघि रोल्पा गई माओवादीको उच्च नेतृत्वसग वार्ता गर्दा तयार पारेको  आचारसंहिता र द्वीपक्षीय सहमतिका लिखित बुदाहरु अकस्मात सार्वजनिक भएका छन्। सहमती अनुसार नेकपा माओवादी र एमालेले अब एउटा साझा संयन्त्रसमेत बनाउने भएका छन्। आगागी चुनाब बहिस्कार गरी असफल पार्न पनि माओवादी र एमालेबीच सहमति भएको छ। त्यसैगरी एमालेका जिल्ला कमिटी सचिवहरुले माओवादीका जिल्ला सेक्रेटरीहरुसग सम्पर्कसमेत स्थापना गर्ने भएका छन्।  

रोल्पा र दाङ्गको सीमाक्षेत्रमा कार्तिकको पहिलो साता भएको उक्त वार्तामा एमाले स्थायी समिति सदस्य युवराज ज्ञवाली र बामदेव गौतम साथमा हुनुहुन्थ्यो। नेकपा (माओवादी) का तर्फाट पार्टी अध्यक्ष तथा जनमुक्ति सेनाका सुप्रिम कमाण्डर प्रचण्ड, पार्टी वरिष्ठ नेताहरु डा.बाबुराम भट्टर्राई र कृष्णबहादुर महरा बार्तामा सहभागी रहेको बताइन्छ। सहमतिपत्रमा उल्लेखित पाचैजनाले हस्ताक्षर गरेको बताइए पनि प्रेससम्म आइपुगेको सहमतिपत्रमा कसैको हस्ताक्षर छैन।
एमाले र माओवादीबीच सम्पन्न सो द्वीपक्षीय वार्तामा दुइ पार्टीबिच ६ बुदे सहमति भएको छ भने दुइ पार्टीवीचको अविश्वासको स्थितिलाई न्यून गर्न ६ सूत्रीय आचारसंहिता समेत निर्माण गरिएको छ।    more »
View Article  माओवादीको केन्द्रिय कमिटी बिघटन
Maoist central committee disolved !
Raman Nepal,  India

 
रमन नेपाल
भारत, २० कार्तिक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आफनो ९५ सदस्यीय केन्द्रीय समिति बिघटन गरेको छ। माओवादीले चाडै उसको राष्ट्रिय सम्मेलन गर्न लागेकोले केन्द्रीय समिति बिघटन गरेको बताइएको छ। माओवादीका निवर्तमान अध्यक्ष प्रचण्डको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको बिश्वस्त सुत्रवाट थाहा भएको छ। यसैवीच भारत भ्रमणमा रहनु भएका एमाले महासचिव माधवकुमार नेपालका अनुसार माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा जाने निर्णय गरेको छ। महासचिव  नेपालले माओवादीको निर्णयलाई सकारात्मक भन्नु भएको छ। सात राजनीतिक दल र माओवादीविच दुइ पक्षीय रुपमा वार्ता भईरहेको बताईएको छ। अब छिटै बहुपक्षीय वार्ता गर्ने बताईएको छ। नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला दिल्ली आउदै हुनुहुन्छ। महासचिव नेपाल र सभापति कोइरालाको आगमनसँगै नयाँ दिल्लीमा केहि महत्वपूर्ण राजनीतिक सहमति हुने अनुमान गरिएको छ। माओवादी नेताहरु पनि दिल्ली आउन रोल्पाबाट हिडिसकेको बताईएको छ।

This Month
November 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30
Year Archive