Maoist to come in the mainstream politics
काठमाडौ, मंसिर ४
दश दिन अघि भारतको नया दिल्ली जानर्भई शनिबार
स्वदेश र्फकनुभएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले
भारतमा रहदा आफले माओवादीका नेताहरुसग सम्वाद गरेको कुरा स्वीकार्नुभएको
छ। कोइरालाका अनुसार जनयुद्धरत माओवादीहरु राजनीतिको मूलधारमा आउन सहमत
भएका छन्।
कोइरालाले दिल्लीमा माओवादी नेताहरुसग टेलीफोनमा कुराकानी भएको सभापति
कोइरालाले पत्रकारहरुलाई बताउनुभयो। मूलधारको राजनीतिमा आउन आफूले गरेको
आग्रहलाई माओवादीहरुले सकारात्मकरुपमा लिएको उहाले बताउनुभयो।
कांग्रेस-माओवादी वार्ताबारेमा जानकारी दिदै पार्टी प्रवक्ता कृष्णप्रसाद
सिटौलाले पत्रकारहरुग भन्नुभयो-' राजनीतिको मूलधारमा आउन गरिएको
आग्रहप्रति माओवादीहरु सकारात्मक देखिएका छन्।' सिटौला पनि दिल्ली भ्रमणमा
रहनुभएका कोइरालासगै हुनुहुन्थ्यो।
कोइरालाले माओवादीका कुन नेतासग टेलिफोन वार्ता गर्नुभएको हो भन्ने चाहि
कांग्रेस नेताहरुले गोप्य राखेका छन्।दिल्लीमा रहदा कोइरालाले भारतीय
प्रधानमन्त्री मनमोहन सिंह, मन्त्रीहरु र विपक्षीदलका नेताहरुसग पनि भेट
गर्नुभएको थियो।
भारतीय नेताहरुले नेपालमा सञ्चालित सातदलको आन्दोलनलाइ नैतिक र्समर्थन
जनाएको कांग्रेस नेताहरुले बताएका छन्। स्वास्थ्य परीक्षणका लागि भनेर
दिल्ली जानुभएका कोइरालाका साथमा कृष्ण सिटौलाका अतिरिक्त केन्द्रीय सदस्य
शेखर कोइराला पनि हुनुहुन्थ्यो। उहाहरु तीनै जना एकैपटक स्वदेश र्फकनु
भएको छ।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादीहरु मूलधारमा आउन सहमत
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||