|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Tuesday, November 22
by
Nepal Info
on Tue 22 Nov 2005 01:25 PM PST
12 points agreement between Maoist and seven democartic parties काठमाडौं मंसीर ७ निरंकुश राजतन्त्रका विरुद्ध संर्घषरत सात राजनीतिक दलहरु र ने.क.पा.-माओवादी बीच १२ बूदे सहमति भएको छ। माओवादीका अध्यक्ष् प्रचण्डले आज बेलुका साढे तीन बजे समझदारी-पत्रका ती बूदाहरु र्सार्वजनिक गर्नुभएको हो। निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्न अपरिहार्य आवश्यक भएको सर्न्दर्भमा संसदभित्रका सात राजनीतिक दलहरु र ने.क.पा.(माओवादी) बीच विभिन्न ढंगले वार्ता भएपछि यस्तो समझदारी भएको प्रचण्डले बताउनुभएको छ। यसअनुसार, दुइ राजनीतिक शक्तिहरुबीच निरंकुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरुले निरंकुश राजतन्त्रका विरुद्ध आ-आफ्ना ठाउबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आधीबेहरी निर्माण गरेर निरंकुश राजतन्त्रलाई अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने समझदारी भएको छ।समझदारी पत्रमा निरंकुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तराष्ट्रिय सुपरिवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने लेखिएको छ। उनीहरुले वार्ता प्रक्रियामा समेत भरपर्दो अन्तराष्ट्रिय समुदायको संलग्नताको अपेक्षा गरेका छन्। प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हक आदि लोकतान्त्रिक मूल्य मान्यताप्रति ने.क.पा.(माओवादी) ले आफ्नो प्रतिबद्धता प्रस्टताका साथ संस्थागत ढंगले र्सार्वजनिक गर्दै तदनुरुप आफ्ना गतिविधिहरु अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।यसैगरी ने.क.पा.(माओवादी) ले सशस्त्र द्वन्द्वको क्रममा विस्थापित हुन पुगेका अन्य लोकतान्त्रिक पार्टी नेता, कार्यकर्ता र जनतालाई यथास्थानमा र्फकेर ससम्मान बसोबास गर्ने, उनीहरुको अन्यायपूर्ण तरिकाबाट कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने र उनीहरुलाई निर्वाध ढंगले राजनैतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विगतका गल्ती कमजोरीहरुको आत्मसमीक्षा र आत्मआलोचना गर्दै भविष्यमा गल्ती कमजोरी हुन नदिने प्रतिबद्धता पनि ने.क.पा.(माओवादी) ले व्यक्त गरेको छ। सात राजनीतिक दलहरुले पनि विगतमा संसद र सरकारमा छदा भएका गल्ती कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। जस्ताको तस्तै विज्ञप्ती एट्याच्चमेन्टमा |
This Month
Month Archive
|
||