Maoist national convention to held soon !
काठमाडौ, मंसीर १३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को हालै सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकका निर्णयहरु आज सार्वजनिक गरिएको छ। माओवादीका अध्यक्ष प्रचण्डले आज एक प्रेस विज्ञप्ति निकाली सामन्ती निरंकुशतन्त्रका अनेकौं षडयन्त्र र घेराहरुलाई चिर्दै केन्द्रीय समितिको पूर्ण बैठक आफ्नै अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको छ।
बैठकले केन्द्रीय समितिलगायत सबै कमिटीहरु विघटन गरी महाधिवेशन आयोजक समिति समिति गठन गरेको छ। माओवादी गठन भएयता सो पार्टीको महाधिवेशन भएको थिएन। आफ्ना समग्र विचार, नीति, योजना र कार्यक्रमहरुलाई नया उचाइ प्रदान गर्दै पार्टी केन्द्रमा अभूतपूर्वक एकता कायम गरी देशमा विद्यमान राजनैतिक संकटको समाधानका लागि नया ढंगले पहल लिने तथा नया विचारअनुसार आफैलाई बदल्दै विश्व र्सवहारा वर्गको सेवा गर्ने ऐतिहासिक प्रतिबद्धताका साथ बैठक सम्पन्न भएको माओवादीले जनाएको छ।
माओवादीको केन्द्रीय समितिको आकार पनि पहिलोपटक र्सार्वजनिक गरिएको छ। त्यसअनुसार केन्द्रीय समितिमा ९५ जना रहेको जानकारी दिइएको छ। बैठकले २१ औं शताब्दीमा नया वैचारिक संश्लेषण हासिल गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गर्दै महाधिवेशनसम्म पार्टीको समग्र नेतृत्व गर्नका लागि ३३ सदस्यीय आयोजक समिति गठन गरिएको छ। यो नामावली अध्यक्ष प्रचण्डले नै प्रस्तुत गरेका थिए। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, November 28
by
Nepal Info
on Mon 28 Nov 2005 10:43 AM PST
|
This Month
Month Archive
|
||