Maoist national convention to held soon !

काठमाडौ, मंसीर १३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को हालै सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकका निर्णयहरु आज सार्वजनिक गरिएको छ। माओवादीका अध्यक्ष प्रचण्डले आज एक प्रेस विज्ञप्ति निकाली सामन्ती निरंकुशतन्त्रका अनेकौं षडयन्त्र र घेराहरुलाई चिर्दै केन्द्रीय समितिको पूर्ण बैठक आफ्नै अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको छ।
बैठकले केन्द्रीय समितिलगायत सबै कमिटीहरु विघटन गरी महाधिवेशन आयोजक समिति समिति गठन गरेको छ। माओवादी गठन भएयता सो पार्टीको महाधिवेशन भएको थिएन। आफ्ना समग्र विचार, नीति, योजना र कार्यक्रमहरुलाई नया उचाइ प्रदान गर्दै पार्टी केन्द्रमा अभूतपूर्वक एकता कायम गरी देशमा विद्यमान राजनैतिक संकटको समाधानका लागि नया ढंगले पहल लिने तथा नया विचारअनुसार आफैलाई बदल्दै विश्व र्सवहारा वर्गको सेवा गर्ने ऐतिहासिक प्रतिबद्धताका साथ बैठक सम्पन्न भएको माओवादीले जनाएको छ।

माओवादीको केन्द्रीय समितिको आकार पनि पहिलोपटक र्सार्वजनिक गरिएको छ। त्यसअनुसार केन्द्रीय समितिमा ९५ जना रहेको जानकारी दिइएको छ। बैठकले २१ औं शताब्दीमा नया वैचारिक संश्लेषण हासिल गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गर्दै महाधिवेशनसम्म पार्टीको समग्र नेतृत्व गर्नका लागि ३३ सदस्यीय आयोजक समिति गठन गरिएको छ। यो नामावली अध्यक्ष प्रचण्डले नै प्रस्तुत गरेका थिए। संस्थागतरुपले पोलिटव्यूरो केन्द्रीय समितिमा, केन्द्रीय समिति क्षेत्रमा र त्यसैगरी सबै कमिटीहरु एकएक तह तल झर्ने मान्यताअनुसार प्रस्तूत सो नामावली पारित गरिएको थियो । बैठकको अन्त्यमा आयोजित समापन कार्यक्रममा सबै वक्ताहरुले नया विचारको महत्व, यसका युगान्तकारी निर्णय महान् र्सवहारावादी त्याग र आदर्शका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे। र, प्रचण्डबाट बैठकका निर्णयहरुको ऐतिहासिक महत्वबारे बोल्दै केन्द्रीय समितिको विघटनको प्रस्ताव राखेका थिए।
पुरानो कन्द्रीय समितिको पूर्ण बैठकद्वारा महाधिवेशन आयोजक समितिका रुपमा निर्वाचित केन्द्रीय समितिको बैठक प्रचण्डको अध्यक्षतामा बसी शुद्धीकरण र र्सवहारा वर्गीय स्पिरिट अनुसार महाधिवेशनसम्मका लागि केन्द्रीय समितिमा अध्यक्ष बाहेक अन्य कुनै पद सिर्जना नगर्ने निर्णय माओवादीले गरेको छ। तर आवश्यकता र क्षमताअनुसार कार्यविभाजन गर्ने निर्णय भने बैठकले गरेको छ। त्यसअनुसार अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरी अन्य सबै सदस्यहरुको कार्यविभाजन केन्द्रीय सदस्यका रुपमा गर्ने ठेगान गरिएको माआवादीले जनाएको छ।  
पार्टीको अन्य संगठनात्मक संरचनामा समेत व्यापक हेरफेर गरिएको छ। जनमुक्ति सेनाको सात डिभिजन गठन गरी केन्द्रीय कार्य विभाजन समेत गरिएको छ। त्यसरी नै संयुक्त मोर्चाको विद्यमान केन्द्रीय समिति विघटन गरी सत्ता सुदृढीकरण तथा बृहद् राष्ट्रिय राजनैतिक सम्मेलन आयोजनाको भूमिका समेत खेल्ने गरी कामकाजी समितिको गठन गरिएको छ। पार्टीका तर्फबाट त्यसको संयोजक लालध्वजलाई र सचिवका रुपमा काम गर्न कान्छाबहादुरलाई जिम्मा दिइएको छ। विभिन्न विभाग र मोर्चाहरुको समेत व्यापक गठन, पुनर्गठन गरी कार्य विभाजन गरिएको छ। त्यसरी नै नया केन्द्रीय समितिले मधेशको आन्दोलन उठाउन कयौं महत्वपूर्ण निर्णयहरु समेत माओवादीले लिएको छ।बांकी एट्याच्चमेन्टमा।