Prachanda welcomed the statement of seven-party alliance
नेपाल कम्यूनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले राजतन्त्रको अन्त्य, संबिधान सभाको निर्वाचन र बहुदलिय प्रतिस्पर्धा सहितको लोकतान्त्रिक गणतन्त्र जस्ता कुराहरुमा पुन: प्रतिबद्धता जनाउंदै सात राजनैतिक पार्टीहरुलाई राजनैतिक मोर्चा निर्माणमा ढिलाई नगर्न अनुरोध गर्नुभएको छ ।प्रचण्डले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै उक्त अनुरोध गर्नुभएको हो । सात राजनैतिक दलबाट नयां राजनैतिक मोर्चा र नयां आन्दोलनको निर्माणकालागि यथाशिघ्र साहशिक निर्णय र पहलको अपेक्षा गरेको बताउंदै प्रचण्डले मोर्चागठनमा जति ढिला भयो उतीनै सामन्ती तत्वहरुले खेल्ने ठाउं हुने उल्लेखपनि गर्नुभएको छ ।
सात राजनीतिक पार्टीले गत आइतबार माओवादीहरुले बहुदलीय प्रजातन्त्र, मानवअधिकारको सम्मान, राजनैतिक कार्यकर्तामाथिको आक्रमण जस्ता कुरामा प्रतिबद्धता जनाएमात्र माओवादीहरु संग सहकार्य हुने निधो गरेका more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, July 27
by
Nepal Info
on Wed 27 Jul 2005 07:42 AM PDT
Tuesday, July 26
by
Nepal Info
on Tue 26 Jul 2005 08:22 AM PDT
Indian Extentialism is main enemy for Maoist
भारतीय विस्तारवादलाई प्रमुख शत्रु मान्दै माओवादी निकट नेवा: राष्टिय मुक्ति मोर्चाले उसैका बिरुद्धको संघर्षलाई प्रधान बनाउने निर्णय गरेको छ । माओवादीको भातृ संगठन मोर्चाद्धारा आज प्रकाशित विज्ञप्तिका अनुसार यसकालागि मोर्चाले भारतिय more » Tuesday, July 19
by
Nepal Info
on Tue 19 Jul 2005 08:24 AM PDT
डा. बाबुराम भट्टर्राई
![]() Dr Baburam Bhattrai welcomed the announcement of party chairman Prachanda नेकपा माओवादीका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टर्राई माथि गरिएको कारबाही फिर्ता लिएको लगत्तै आजै डा. भट्टराइले एक बिज्ञप्ति निकालेर त्यसको र्समथन गर्नुभएको छ ।नेकपा माओवादीलाई फुट्नबाट जोगाउन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले हिजो एक बक्तब्य प्रकाशित गरि भट्टर्राई सहित दिनानाथ शर्मा र हिसिला more » Monday, July 18
by
Nepal Info
on Mon 18 Jul 2005 06:46 AM PDT
Dr. Bhattarai back in the high command
राजतन्त्र समाप्त पार्न सम्पूर्ण शक्ति लगाईने नेपाल कम्यूनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले राजतन्त्र समाप्त पार्नकालागि सम्पुर्ण शक्ति more » Monday, July 11
by
Nepal Info
on Mon 11 Jul 2005 10:17 AM PDT
पञ्चायती कालमा मण्डलेको उपनाम पाएका शरदचन्द्र शाह नै
बर्तमानमा नेपालका न्यूज बल्गहरु बन्द गराउने प्रमुख व्यक्ति भएको रहस्य
आज उद्घघाटित भएको छ । यो रहस्य नेपालमा प्रेश स्वतन्त्रता बारे अध्ययन
गर्न गएको अन्तराष्टिय पत्रकारको टोली र नेपालका संचारकर्मीहरुबिच भएको
छलफल कार्यक्रममा र्सार्वजनिक भएको हो ।
उनी राजाका अघोषित आई टी सल्लाहाकार रहेको र सल्लाहाकारका हिसावले राजालाई उनले बल्गहरु बन्द गराउन पर्ने भनि जानकारी दिने गरेको कुरा छलफल कार्यक्रमका सहभागीहरुले खुलेरै व्यक्त गरे । उक्त छलफल कार्यक्रममा हिमाल खबर पत्रिकाका संपादक कनकमणि दीक्षितले एक कार्यपत्र प्रस्तुत गर्दै माघ १९ पछि नेपाली मिडीयाले भोगिरहेको अबस्थका बारे जानकारी गराउनु भएको थियो । यसैगरि आजै अन्तराष्टिय पत्रकारको टोलीले नेपालका नेपालका ४ मिडिया हाउसहरुको भिजिट गरेको छ ।ति मिडिया हाउसहरुमा माघ १९ पछि सबैभन्दा ठूलो सेन्सरसिप भोग्दै आइरहेको हिमाल मिडिया, कुनै पनि कार्यक्रम उत्पादन तथा प्रसारण गर्न नपाइने भनि प्रतिबन्ध लगाइएको कम्यूनिकेशन कर्नर, नेपाल एफ एम र दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा रहेका छन् ।
by
Nepal Info
on Mon 11 Jul 2005 07:12 AM PDT
Prachanda calls for negotiations.
काठमाडौं - असार २७ ) । नेपाल कम्युनिष्ट पार्टी माओवादी) का अध्यक्ष प्रचण्डले देशको जटिल राजनैतिक स्थितिको प्रजातान्त्रिक निकासका लागि व्यापक जनदवाव सृष्टि गर्न सात राजनैतिक दलस“ग वार्तामा अगाडि आउन विशेष आग्रह गरेका छन् । केही बेर अघि मात्र र्सार्वजनिक गरिएको प्रेस वक्तव्यमा उनले वार्ताका लागि अविलम्ब एक आधिकारिक वार्ता टोली निर्माण गर्न पनि दलहरुसँग आग्रह गरेका छन् । 'त्यस प्रकारको टोलीस“ग समग्र राजनैतिक विषयमा गम्भीरतापूर्वक छलफल गरी विश्वासको अझ बलियो आधार तयार पार्न सकिने कुरामा हामी स्पष्ट छौं', प्रचण्डले भनेका छन् । सात राजनैतिक दलहरुका तर्फाट नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजनैतिक निकासका लागि माओवादीस“ग वार्ता गर्न दिएको र्सार्वजनिक अभिव्यक्तिलाई प्रचण्डले अत्यन्त सकारात्मक रुपमा लिएका छन् । 'गत माघ १९ गतेको शाही 'कू' पछि हाम्रो पार्ट निरंकुश राजतन्त्र विरोधी सबै राजनैतिक दलहरुस“ग सहकार्य गरी आन्दोलनलाई सशक्त र एकताबद्ध लुल्याउन तयार रहेको कुरा स्पष्ट गर्दै आएको छ', प्रचण्डको भनाइ छ- त्यस प्रकारको सहकार्यलाई सहज पार्न आन्दोलनरत राजनैतिक दलका कार्यकर्ताहरुमाथि कुनै पनि प्रकारको भौतिक दवाव नदिन हाम्रो केन्द्रीय कार्यलयद्वारा जारी निर्देशन एकाध दर्घटनाका वावजुद क्रमशः र दृढतापूर्वक लागू गरिंदै गएको तथ्य पनि हामी यहा“ पुनः स्पष्ट गर्न चाहन्छौं । प्रचण्डले नेपाली जनताको सामन्ती निरंकुशताविरोधी प्रजातान्त्रिक आकांक्षाका पक्षमा सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रय समुदायसंग पनि अनुरोध गरेका छन् । निरंकुश राजतन्त्र थोपर्न नेपाली जनतामाथि चलाइएको शाही सैनिक आतंकवाद नै नेपालको आजको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रचण्डले नेपाली जनताको प्रजातन्त्र, शान्ति र प्रगतिको आकांक्षाका पक्षमा संयुक्त राष्ट्र संघलगायत विश्वका जो कसैस“ग वार्तालाप गर्न माओवादी तयार रहेको पनि जनाएका छन्। माओवादी मजदुरको निर्णय काठमाडौं - असार २७ ) । माओवादीको मजदुर संगठन अखिल नेपाल टे्रड युनियन महासंघले उद्योग प्रतिष्ठानभित्र रहेका ठेकेदारी प्रथा र युवा शक्तिलाई विभिन्न प्रलोभनमा पारेर विदेश पलायन गराएर अलपत्र पार्ने 'म्यानपावर' एजेन्सी विरुद्ध सशक्त संर्घष गर्ने निर्णय गरेको छ । महासंघको पा“चौं संघीय परिषदको वैठक असार १६ देखि १८ गतेसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो ।ने.क.पा. -माओवादी) का पोलिट्व्यूरो सदस्य कञ्चनको प्रमुख आतिथ्यम भएको बैठकले गरेका संर्घष सम्बन्धी निर्णयहरुलाई सफल पार्न सहयोगको आव्हानसहित महासंघका अध्यक्ष शालिकराम जमकट्टेलले हालै एक प्रेस वक्तव्य निकालेर यो जानकारी दिएका हुन् ।
by
Nepal Info
on Mon 11 Jul 2005 06:51 AM PDT
Indian prisons are full of Nepali Maoist.
आफ्नै भूमिमा माओवादीहरुलाई आश्रय दिइरहपनि भारतिय जेलहरुमा माओबादीहरुको संख्या दिनानुदिन बढीरहको छ । गत मंगलबार जनादेशमा प्रकाशित माओवादी तथ्यले यो कुरालाई र्सार्वजनिक गरेको छ । माओवादीहरुलाई कहिले आश्रय दिने त कहिले तर्साउन खोज्ने यो द्धैध नीतिका कारण यि कार्यकर्ताहरु माथि कस्ता मुद्धाहरु लगाएर कहिलेसम्म् थुनिन्छ र उनीहरुको रिहाइ प्रकिया के हुने भन्नै कुरा थाह more » Monday, July 4
by
Nepal Info
on Mon 04 Jul 2005 12:20 PM PDT
The Maoist student union is temporarily stopping their strike.
काठमाडौ असार १७ - माओवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -क्रान्तिकारी) ले जेष्ठ १४ गतेदेखि सञ्चालित तीन 'स' शैक्षिक हडताल तत्कालका लागि स्थगित गरेको छ । संगठनका अध्यक्ष लेखनाथ न्यौपानेले असार १६ गते एक प्रेस वक्तव्य निकाली वर्खे विदासंगै संर्घषमा विद्यार्थीहरुको संलग्नता अपेक्षाकृत हुन नसक्ने, एस.एल.सी को नतिजा निस्किसकेपछि उच्च शिक्षामा विद्यार्थीलाई भर्ना सहज बनाउनुपर्ने भएकाले र विद्यार्थी संर्घषका लागि अझै विश्वासिलो र भरपर्दो वस्तुगत धरातलका लागि एकल संर्घषलाई तत्काल स्थगन गरेको जनाएका छन् । चालू तीन 'स' शैक्षिक हडताल भाद्रसम्मको लागि स्थगन गरेको र त्यसपछि संयुक्त विद्यार्थी संर्घषमार्फत अझै सशक्त कार्यक्रममा साथ आउने पनि न्यौपानेले जनाएका छन् । अध्यक्ष न्यौपानेले आगामी दुइ महिना संयुक्त संर्घषका निम्ति अत्याधिक पहल गर्ने र संयुक्त संर्घष हुनेसकेन भने भदौदेखि एकल संर्घष गर्ने घोषणा पनि गरेका छन् । 'अब आन्दोलन गर्दा सेक्टर छुट्याएर गर्ने सोंचमा छौ र , यसो गर्दा १०±२, निजी विद्यालय, विश्वविद्यालयमा छुट्टाछुट्टै ढंगको कार्यक्रम हुनेछन् । उनको भनाइ छ । यो क्रान्तिकारीले प्याब्सनसंग पैसा लिएर आन्दोलन स्थगित गरेको भन्ने प्रचार समेत चलेको छ । तर न्यौपानेले यस्तो प्रचार प्याब्सनले नै गरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन र तुरुन्त माफी माग्न भनेका छन् । आगामी शैक्षिक सत्रदेखि 'शिक्षाको पसल थापेर ब्यापार गर्ने धन्दा छाडेर नया“ ढंगले सोंच्न' समेत उनले चेतावनी दिएका छन् । |
This Month
Month Archive
|
||
