The Maoists have publicized the names of 60 RNA soldiers abducted from Pili
काठमाडौ भदौ ८
संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गर्न अमेरिका पुग्नु अघि राजाले पूर्वाञ्चलको भ्रमण सकेर सूदूरपश्चिमाञ्चलको भ्रमण थालेका छन् । जगतको आंखामा छारो हाल्न राजाले यो भ्रमण थालेपनि राजालाई यि जिल्लाको भ्रमण गर्न सजिलो भने नहुने भएको छ । नेकपा माओवादीको पश्चिमी कमाण्डका इर्न्चाज कान्छाबहादूरले एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै राजाको भ्रमणका क्रममा राजाको भ्रमणलाई बिथोल्न र बिबिध बिरोधका कार्यक्रम थाल्न कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् । यस्ता बिरोधका कार्यक्रमहरुमध्ये जनसभा, जनप्रदर्शन, कोणसभा, नाराबाजी, फायरिङ्ग जुलुश, मशाल जुलुश, पुत्ला जलाउने, प्रशासनिक निकायहरुमाथि ध्वंश, नाकाबन्दी, जिल्ला बन्द आदि रहेका छन् ।
पिलीबाट लगिएका सेनाहरुको नाम प्रकाशित
यरैगरी पिली आक्रमणका क्रममा माओवादीले आफ्नो साथमा लिएका शाही नेपाली सेनाका नामहरु प्रकाशित गर्दै उनीहरुलाई भेट्न मानवअधिकारवादीहरु, पत्रकारहरु र तिनका परिवार आउन सक्ने जानकारी दिएका छन् भने गत साउन २३ गते कालीकोट पिली कार्वाहीबाट गिरफ्तार भएका ६० सेनाहरुको नाम र ठेगना यस प्रकाशित गरेका छन् जुन यस प्रकार रहेका छन्:
जीवन तामा ( नुवाकोट), श्याम र्राई (उदयपुर), तुलराज अर्याल (भक्तपुर) ,सुमन तामाङ (ललितपुर), सुबुनारायण श्रेष्ठ (काठमाडौं), सुरेन्द्र जौगोरे (भक्तपुर), सन्तबहादुर तामाङ (सिन्धुपाल्चोक), गुणराज रिमाल (नुवाकोट), केशर थापामगर (नुवाकोट), लक्ष्मीकृष्ण देसार (ललितपुर), राम लामा(काभ्रे) लालकृष्ण नगरकोट (काठमाडौं), जीतबहादुर खत्री (सुर्खेत), टेकबहादुर तामाङ (काभ्रे), बुद्धिबहादुर तामाङ (नुवाकोट), लक्ष्मण तामाङ (सिन्धुपाल्चोक), ठाकुर सिजाकुटी (लमजुङ), धर्मबहादुर तामाङ (नुवाकोट), जीतबहादुर मोक्तान (ओखलढुंगा), रामबाबु आलेमगर (ओखलढुंगा) कामीसिंह तामाङ (सिन्धुपाल्चोक), शिवहरि कार्की (दोलखा), खड्ग तामाङ (दोलखा), वीरबहादुर तामाङ (भक्तपुर) हेमराज भण्डारी (बर्दिया), अमर लामा (रामेछाप), सूर्यबहादुर श्रेष्ठ (काठमाडौं), दिलबहादुर खत्री (सुर्खेत), कृष्णबहादुर तामाङ (नुवाकोट), प्रदिप कार्की (भक्तपुर) सिंहबहादुर कार्की (ओखलढुंगा), रामबहादुर श्रेष्ठ (मकानपुर), तीर्थ धिताल (गोरखा) वाघसिंह तामाङ (ललितपुर) इन्द्रकुमार श्रेष्ठ (खोटाङ), कुमार थापा (स्याङजा), झिल्के तामाङ (ललितपुर), विशाल लामा (सिन्धुपाल्चोक), जीवन तामाङ (काठमाडौं), वाघसिंह तामाङ (नुवाकोट), बुद्धनारायण सिंह (काठमाडौं), टंकबहादुर आलेमगर (दोलखा), शिव कार्की (धार्दिङ), रामबहादुर तामाङ (सिन्धुपाल्चोक), काजी अधिकारी (रामेछापं), कैलाश डांगी (दाङ), सरोज रानाभाट (तनहु“), हरिराम चौगठी (भक्तपुर), जीतबहादुर तामाङ (नुवाकोट), श्याम तामाङ (भक्तपुर), अनिल कुवर (धादिङ), अमर बहादुर कुवर (कास्की), प्रेमबहादुर तामाङ (नुवाकोट), ज्ञानबहादुर तामाङ (नुवाकोट), रामबहादुर तामाङ (सिन्धुपाल्चोक), कृष्णबहादुर तामाङ (नुवाकोट), सूर्य बहादुर धमला (धादिङ), केशव फुयाल (दोलखा) निग्मबहादुर चौधरी (दाङ), नेत्रबहादुर र्घर्ती मगर (स्याङजा) ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, August 24
by
Nepal Info
on Wed 24 Aug 2005 07:46 AM PDT
Wednesday, August 10
by
Nepal Info
on Wed 10 Aug 2005 09:45 AM PDT
Prachanda welcomed and invited the UN Human Rights Commission काठमाडौ साउन २६ नेपाल कम्यूनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा मानव अधिकारको अनुगमन र संरक्षणकालागि संयुक्त राष्ट्र संघको मानवअधिकार संवन्धि उच्च आयोगलाई देशको द्धन्द प्रभावित कुनै पनि भू-भागमा जान-आउन, संवेदनशिल घटनास्थलको अध्ययन, निरीक्षण गर्न र माओवादी नियन्त्रणमा रहेका बन्दीहरुसंग भेटघाट गर्न कुनै बन्देज नलगाईने बताउनुभएको छ । उहाले आज एक प्रेश बिज्ञप्ती जारी गर्दै more » Monday, August 8
by
Nepal Info
on Mon 08 Aug 2005 10:12 AM PDT
Kalikot could have been heavy casualty
काठमाडौ साउन २४ हिजो साझ कालिकोट जिल्लाको पिलीमा भएको माओवादी आक्रमणमापरि एक शय ५९ जना सैनिकको मृत्यू भएको र भारी मात्रामा सैनिक हातहतियारहरु माओवादी कब्जामा पुगेको माओवादीहरुले जनाएका छन् । नेपाल इन्फोलाई आज प्राप्त जनमुक्ति सेना नेपाल पश्चिम डिभिजनको यो बिज्ञप्ति जस्ताको तस्तै ने.क.पा. (माओवादी) जनमुक्ति सेना, नेपाल पश्चिम डिभिजन क्रान्तिको नियमअनुसार नेपाली जनयुद्ध असाधारण जटिलताहरुविरुद्ध संर्घष गर्दै रणनैनिक प्रत्याक्रमणमा प्रवेश गरी यसको पहिलो more » Thursday, August 4
by
Nepal Info
on Thu 04 Aug 2005 07:05 AM PDT
3 Maoist students leader disappereared inthe hands of RNA
चिन्तामणि पौडेल चितवन, २० साउन माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीसहित तीन जनालाई चितवनको कसरा स्थित शाही नेपाली सेनाको पुरानो गोरख गणले पक्राउ गरेको छ । कसरास्थित सुरक्षास्रोतले केन्द्रीय सदस्य रामचन्द्रलाई १९ गते चितवनको कुनै ठाउँबाट पक्राउ गरेको स्वीकार गरे पनि अन्यको विषयमा भने अनभिज्ञता प्रकट गरेको छ । यसैबीच अनेरास्ववियू (क्रान्तिकारी) चितवनको नामबाट एक प्रेस विज्ञप्ति प्रकाशित गरी केन्द्रीय सदस्य रामचन्द्रसहित चितवन जिल्ला कोषाध्यक्ष तारा तिवारी, रामपुर क्याम्पसका विद्यार्थी सन्तोष मरहठ्ठालाई जिल्ला सम्मेलनको प्रचारप्रसारको क्रममा साउन १८ गते बिहान ९ बजे अमर उच्च माध्यमिक विद्यालय पटिहानीमा पुगेको बखत शाही सेनाले गिरफ्तार गरी वेपत्ता पारेको जनाएको छ । उपाध्यक्ष लालबहादुर तामाङको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा गत १८ गते पदमपुरबाट रामजी कँडेल, सुमन खनाल र नारायण ढुंगानालाई गिरफ्तार गरी वेपत्ता बनाएको आरोप सेनालाई लगाएको छ । विज्ञप्तिमा विद्यार्थी नेतालाई रिहा नगरे भदौ ५ देखि ११ गतेसम्म शैक्षिक हड्ताल गरिने उल्लेख छ ।अधिकारीका बाबु हेमराज अधिकारीले एक बिहीबार एक विज्ञप्ति प्रकाशित गरी छोराको जीवनरक्षाका लागि बिभिन्न संघ सस्था, मानव अधिकारबादीहरुसंग आहृवान गर्नुभएको छ । पक्राउ परेका रामचन्द्र अधिकारी माओवादी निकट अनेरास्ववियू -क्रान्तिकारी) चितवनका पूर्व अध्यक्ष र नेकपा माओवादी चितवनका जिल्ला सदस्य रहेको बताइन्छ । विभिन्न हत्या र आतंक सिर्जना गर्ने कामलगायत माडीको बाँदरमुढे घटनामा संलग्न भएको आशंकामा अधिकारीको सुरक्षा स्रोतबाट व्यापक खोजी भइरहेको बताइन्छ । वितेको दर्ुइ महिना चितवन जिल्लामा सुरक्षा निकायले माओवादी विरुद्ध चालेको अभियानमा धेरै सफलता हाँसिल गरेको दावी गरेको छ । |
This Month
Month Archive
|
||