Main Page  »  Maoist
View Article  माओवादी नेताद्धारा राजालाई पत्र
A letter from Maoist Leader to the King

काठमाडौ , असोज १२
नेपाल कम्यूनिष्ट पार्टी माओवादीका वैकल्पीक केन्द्रिय सदस्य शुरेस आलेमगरले आफूलाई सैनिक जेलमा राखिएकोमा आपत्ती व्यक्त गर्दै राजालाइ एक पत्र लेख्नुभएको छ।

मन्त्रीपरिषदका अध्यक्षका नाममा लेख्नुभएको उक्त पत्रमा उहाले सरकारले  गैर सैनिक नागरिकहरुलाई तत्कालै प्रशासनिक हिरासत या जेलहरुमा  सार्न माग गर्नुभएको छ। राष्ट्रिय मानबअधिकार आयोग र संयुक्त राष्ट्रसंघिय उच्चायुक्त मानबअधिकारको कार्यालयलाई समेत बोधार्थ दिइएको उक्त पत्रमा उहाले आफू गैरसैनिक व्यक्ति भएकोले आफूलाई सैनिक हिरासतमा राखिनु अन्तराष्टिय कानुन बिपरीत भएको उल्लेख गर्नुभएको छ।

     बर्तमान हिरासतको कठिनपूर्ण जिवन भन्दा मृत्यू नै धेरै सजिलो भएको पिडा व्यक्त गर्दै उहाले आफू लगायतका गैर सैनिक व्यक्तिहरुलाई यहि असोज १४ गतेसम्म प्रसासनिक हिरासतमा नसारिए आमरणअनसन बस्ने जानकारी दिनुभएको छ ।   जस्ताको तस्तै पत्रकालागि  एटाचमेन्ट फाइल खोल्नुहोस।
1 Attachments
View Article  जनयुद्धको समर्थन बटुल्न लन्डन भेला
London event to support the people's war

लन्डन, असोज ११

नेपालमा चलिरहेको प्रजातान्त्रीक आन्दोलन र माओवादी जनयुद्धको र्समथन जुटाउन बेलायतको लण्डन शहरमा खुल्ला छलफल कार्यक्रम हुने भएको छ।
वर्ल्ड पिपल्स रेसिस्टेन्स मुभमेन्ट लन्डन भनिने संस्थाद्धारा लन्डन इभेन्टका नाममा आयोजना गरिने उक्त छलफल यही अक्टोवर २ का दिन लण्डनको डाल्सटनमा राखिएको छ।
 
 नेपालबाट आउने बक्ताले खुल्ला छलफल कार्यक्रममा बोल्ने बताइएपनि ति व्यक्ति को हुन् भन्ने कुरा चाही सार्वजनिक गरिएको छैन। ति बक्ताले यूरोपका अन्य मुलुकमापनि छलफल गर्ने र बक्ताको रुपमा प्रजातन्त्रको पक्षमा जनमत जुटाउने कार्य गर्ने समेत आयोजकहरुले बताएका छन्। कार्यक्रमको सकारात्मक पक्ष के छ भने यसमा कुनैपनि संघसंस्थाले भाग लिन र आफ्नो संघसंस्थाको भारणहरु भए तिनको कागजपत्रका पम्पलेटहरु समेत बितरण गर्न पाउनेगरी निम्तो गरिएको छ।   बांकी   more »
View Article  माओवादी शिक्षकहरुले आन्दोलन गर्ने
Teachers announce protest programmes

काठमाडौ असोज १०
नेकपा माओवादी समर्थक शिक्षकहरुको संगठन अखिल नेपाल शिक्षक संगठनले मुलुकको निकाशकालागि शसक्त आन्दोलनको आबश्यकता रहेको उल्लेख गर्दै संघर्षका नया कार्यक्रमहरुको घोषणा गरेको छ। जसअनुसार मंसिर महिनाको अन्तिम साता बिशेष कार्यक्रम ल्याइंदैछ ।

  संगठनले हामीलाई पठाएको प्रेस बिज्ञप्ती अनुसार गत ४ गते एक ...   more »
1 Attachments
View Article  माओवादी र दलबिच भित्रभित्रै गोप्य वार्ता
काठमाडौ, असोज ३
Maoist and political parties are having secret negotiations


( माओवादी) ले युद्धविरामको घोषणा गरेपछि सात राजनैतिक दलहरुले माओवादीसंग गोप्य वार्ता गरिरहेको जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले सोमबार खुलासा गर्नुभएको छ। रिपोर्टस क्लबमा बोल्दै नेता शेरचनले माओवादी र दलहरुबीच अनौपचारिक वार्ता भइरहेको तर आफूहरु माओवादीसंग कुनै पनि बेला औपचारिक वार्ता गर्नका तयार रहेको बताउनुभयो। शेरचनले दैलेखमा पत्रकारलाई खेद्ने र थुन्ने काम गर्ने राजा ज्ञानेन्द्र आतंककारी कि अरु ? भनि प्रश्न गर्नुभयो।माओवादीसंगको सहकार्यबाट मुलुक संविधानसभाद्वारा लोकतान्त्रिक गणतन्त्रको दिशातर्फउन्मुख हुने बताउंदै उहांले यो विषयलाई अन्तराष्ट्रिय चासोको विषय बन्दै गएको बताउनुभयो।

 नेपाली कांग्रेसका प्रवक्ता डा. रामशरण महतले माओवादीले युद्धविराम गरेपछि सात संसदवादी राजनीतिक दल र माओवादीबीचको सर्म्पर्क  बढेको र यसले गर्दा राजावादीहरु  अत्तालिएको  बताउनु भयो। माओवादीको युद्धविरामलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति घातक रहेको चर्चा गर्दै कांग्रेस प्रवक्ता डा.महतले आफूहरुले माओवादीको युद्धविरामलाई विश्वास गरिरहेको र अनुगमनको प्रक्रिया पनि थालेको बताउनुभयो।उहांले माओवादीले युद्ध बन्द गरेको नभई आक्रामक गतिविधिमात्रै बन्द गरेको रुपमा यसलाई बुझ्नु  ...   more »
View Article  ५५ पत्रकार पक्राउ
More than 55 journalists arrested and beaten
काठमाडौ ,भदौ २९
सेप्टेम्बर महिनामामात्र ५५ पत्रकारहरुले कुटाइ खाएको तथा पक्राउमा परेको जानकारी आज रिर्पोटर विथआउट बोर्डरले दिएको छ। राजनीतिक पार्टीको प्रदशनको रिर्पोटिङ गर्न गएका पत्रकारहरुले हाल राजनीतिक कार्यकर्ताहरु सरहको अत्याचार खप्न बाध्य भएको भन्दै बोर्डरले सरकारको यस कार्यप्रति खेद प्रकट गरेको छ ।
आज एक बिज्ञप्ती प्रकाशित गर्दै बोर्डरले सरकारलाई प्रहरीको अत्याचारलार्य बन्द गर्न र नागरिकहरुलाई शान्तिपूर्ण प्रदशन गर्न पाउने अधिकार प्रदान गर्न माग गरेको छ । बांकी यो साइटमा हेर्नुहोस

http://www.rsf.org/rubrique.php3?id_rubrique=20

दाङमा माओवादीहरु प्रकाउ
यसैविच नेपाल कम्यूनिष्ट पार्टी माओवादीको दाङ शाखाले भदौ २५ गते दाङको मोतीपूरबाट जिल्ला पार्टी दस्य रामबहादुर दहित, एरिया सेक्रेटरी मेघराज पाण्डे, एरिया सदस्यहरु कल्ठु चौधरी, विष्णु शर्मा, खुमबहादुर राना, पार्टी दस्यहरु भीमबहादुर चौधरी र सुन्दर चौधरीलाई सुरक्षाकमीले गिरफ्तार गरेको बताएको छ।
नेकपा माओवादी दाङ शाखाका सेक्रेटरी सागरले आज प्रेषित गरेको प्रेस विज्ञप्तीमा सरकारको यस कार्यको भर्त्सना गर्दै उनीहरुको सकुसल रिहाइको माग गरिएको छ।
View Article  व्यारेक फोरेर माओवादी फरार
Maoist commander breaks Pokhara Army Barrack
पोखरा भदौ २८


पश्चिम पृतना कार्यालय फूलबारी पोखराको व्यारेक तोडेर माओवादीका कंपनि उप कमाण्डर धनबहादूर राना फरार भएका छन्। नेकपा माओवादी जिल्ला समिति कास्कीले एक प्रेस बिज्ञप्ती प्रकाशित गरि उक्त समाचारको पुष्टि गरेको हो। बिज्ञप्तिका अनुसार उनले यहि भदौ २३ गते फूलबारी व्यारेक तोडेर पार्टी संपकमा पुगेका छन् । नेकपा माओवादीले उनको यो कार्यको ...   more »
View Article  प्रचण्डद्धारा दीगो निकाशकालागि आव्हान

Maoist appeal to international bodies for democratic outlet

काठमाडौ & Hotmail#2349;दौ २५
नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलन र दिगो   more »
View Article  सि पी गजुरेल छुट्ने !
C.P Gajurel to be released!
काठमाडौ भदौ २४

भारतको चेन्नाइ स्थित हिरासतमा रहनुभएका नेकपा माओवादीका तत्कालीन पोलीटव्यूरो सदस्य चन्द्र प्रकाश गजुरेल गौरव छिटै छुट्न सक्ने संभावना रहेको छ।

अ वर्ल्ड टु विन भन्ने माओवादी अंग्रेजी पत्रिकाले गजुरेलका कानुनी व्यवसायी ए राहुललाई उधृत गर्दै उक्त कुरा जनाएको हो।
राहुलका अनुसार उहालाई छिटै सुनुवाइकालागि अदालतमा उपस्थित गराइने भएको छ। उहांको जस्तो मुद्धामा दुइ वर्ष भन्दा बढि हिरासतमा राख्न नमिल्ने भएकोले उहां छिटै छुट्न सक्ने तर्क राहुलले गरेका छन्।

गजुरेललाइ भारतिय सरकारले सन् २००३ को अगष्ट २० मा वेलायती राहदानी प्रयोग गरी चेन्नइ विमानस्थलबाट यूरोप तर्फ उड्न लागेका बेला पक्राउ गरिएको थियो। उहांमाथि जाली राहदानी प्रयोग गरेको आरोप लागेको छ।

उहांको जीवन रक्षाकालागि शुरुदेखिनै कार्यरत बिश्व जन प्रतिरोध आन्दोलनले उहांलाई भारतको पश्चिम बंगाल सरकारले भारत बिरुद्ध आन्दोलन गरेको आरो लगाउंदै पश्चिम वंगालको एक अदालतमा मुद्धा दायर गरेको जनाएको छ।उक्त मुद्धाको टुंगो नलागुन्जेल उहांलाई अर्को जेलमा सारीने संभावना रहेको भनि उक्त आन्दोलनले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ।

नेकपा माओवादीले भारतका क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई र्समथन गरेकोले कुनैपनि भारतिय कम्युनिष्ट पार्टीद्धारा सञ्चालित संर्घषमा संलग्न भएको आरोपमा भारतीय अधिकारीहरुले नेपाली माओवादीहरुलाई पनि बिभिन्न मुद्धा लगाउन सक्ने संभावना भने यथावतै रहेको उक्त पत्रिकाले जनाएको छ।

पश्चिम बंगालको सरकार नेकपा माओवादी प्रति अझ आक्रामक र असहिष्णु रहंदै आएकोले भारतीय अदालतबाट सफाइ पाएमा उहांलाई नेपाल सरकार समक्ष र्सर्पुदगी गरिने खतरा रहेकोपनि पत्रिकाले उल्लेख गरको छ।
View Article  माओवादीद्धारा आन्दोलनको घोषणा
Maoist announce countrywide protest
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले देशलाई अग्रगामी राजनैतिक निकास प्रदान गर्ने दावी गर्दै जनपरिचालन र संर्घषको तात्कालिक कार्यक्रम घोषणा गरेको छ।
युद्धबिराम गरेको साता दिनपनि नपुग्दै माओवादीका अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती प्रकाशित गर्दै देशव्यापी संघर्षको कार्यक्रमको घोषणा   more »
View Article  माओवादी बक्तव्य
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रिय समिती
प्रेस वक्तव्य

आज नेपाल आफ्नो इतिहासको अत्यन्त कठिन र जटील मोडमा छ । अग्रगामी लोकतान्त्रिक राजनैतिक निकास खोजिरहेको देशलाई गत माघ १९ को निरंकुश कदमले अझ भयाबह संकटको भूमरीमा धकलेको छ । आफ्नो भाग्य र भविष्यको फैशला आफै गर्ने जनसमुदायको र्सार्वभौम अधिकार सूनिश्चित नहुंदासम्म नेपालमा विद्यमान संकटको समाधान हुन सक्तैन भन्ने कुरामा हाम्रो पार्टीको गहिरो विश्वास रहिआएको छ । यही विश्वासका कारण हामीले संविधान-सभाको निर्वाचनलाई राजनैतिक निकासको न्यूनतम र लोकतान्त्रिक आधार र माध्यमकारुपमा प्रस्तुत गर्दै आएका छौं । देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्यालाई समेत संवोधन गर्ने लोकतान्त्रिक गणतन्त्रलाई हामीले समस्याको तात्कालीन समाधानका रुपमा लिएको कुरा पनि र्सवविदितै छ ।
हाम्रो पार्टी सामान्यतः नारायणहिटी हत्याकाण्ड र विशेषतः गएको माघ १९ पछि सामन्ती निरंकुशतन्त्रका विरुद्ध संसदवादी राजनैतिक दल र नागरिक समाजसंग व्यापक सहकार्य र मोर्चाबन्दीका लागि अपील गर्दै आएको छ । पछिल्लो अवधीमा आन्दोलनरत सात राजनैतिक दल र नागरिक समाजसंग हाम्रो पार्टीको सकारात्मक अर्न्तक्रिया पनि अगाडि बढिरहेको छ । हालै प्रमुख संसदवादी दल एमालेद्वारा लिइएको संविधान-सभाबारे निर्णय र ने.का.को महाधिवेशनद्वारा लिइएको पार्टी विधानबाट संवैधानिक राजतन्त्र हटाउने निर्णय संगै सहकार्यका लागि राजनैतिक आधार अझ बलियो बनेको महशुस हामीले गरेका छौं । विगतमा जस्तो सामन्ती दरवारका गुलिया गोलीका सिकार आफूहरु हुने छैनौं भन्ने कुरा जनतालाई विश्वास दिलाउन भने संसदवादी दलका नेताहरुले धेरै मेहनत गर्न बांकी छ । यस सर्न्दर्भमा संसद पुनस्थापनाको नाराले देशमा विद्यमान वास्तविक समस्यालाई संवोधन पनि गर्न नसक्ने र सामन्ती दरवारलाई षडयन्त्रको ठाउंमात्र दिने यथार्थलाई आत्मसात गरेर सिधै अन्तरिम सरकार र संविधान-सभाको निर्वाचनमा आउन हामी सात राजनैतिक दललाई विशेष आग्रह गर्दछौं ।

हाम्रो पार्टी २१औं शताब्दीका महान् नेपाली जनतालाई कुनै सामन्ती 'प्रभु' का रैती वा प्रजाका रुपमा र कुनै विदेशी शक्तिकेन्द्रका दलालका रुपमा होइन अपितु र्सार्वभौम अधिकारसम्पन्न स्वाभिमानी जनताका रुपमा स्थापित गर्न चाहन्छ । नेपाली जनताका आधारभूत हित र शान्तिको चाहना प्रतिको हाम्रो जिम्मेवारीबोध र प्रतिबद्धताका कारण नै विगत ४ वर्षेखि हामीले अन्तरिम सरकार र संविधान-सभाको निर्वाचनको प्रश्नमा विशेष जोड दिंदै आएका छौं । शाही सेनाका जनरलहरु र तिनका नाइके सामन्ती राजाले नेपाल र नेपाली जनताप्रति नितान्त क्रुर बनेर फौजी अधिकायकवाद थोपर्ने दुश्शाहस गरेकाले नै हामीले वाध्यतावस त्यसको फौजी प्रतिरोध गरिरहेका छौं ।

हाम्रो पार्टी लाई राम्रोसंग थाहा छ कि नेपाली जनता मध्ययुगीन सामन्तवादका अगाडि आत्मर्समर्पण गर्ने मुदा शान्ति होइन लोकतान्त्रिक राजनैतिक निकाससहितको सजीव शान्ति चाहन्छन् । हामी यो तथ्यमा पनि स्पष्ट छौं कि संयुक्त राष्ट्र संघदेखि प्रमुख छिमेकी र सिंगो अर्न्तराष्ट्रिय समुदायसम्म नेपालको वर्तमान अवस्थाबारे आ-आफनै कोणबाट चिन्तित र समस्याको आ-आफ्नै समाधान प्रस्तुत गरिरहेका छन् । सामन्ती फौजी अधिनायकवादका विरुद्धको हाम्रो प्रतिरोधका कतिपय कार्यहरुबाट हाम्रो राजनैतिक प्रतिबद्धताबारे कैयौंमा आशंका रहेको कुरामा पनि हामी अनभिज्ञ छैनौं । त्यसप्रकारको आशंका हटाइ अग्रगामी राजनैतिक निकासका निमित्त विश्वासको वातावरण निर्माण गर्न हामीले आफ्नो तर्फबाट सक्दो पहल पनि गर्दै आएका छौं ।

यो समग्र स्थितिमा नेपाल र नेपाली जनतालाई सही राजनैतिक निकास दिने प्रमुख जिम्मेवारी भने नेपालकै राजनैतिक शक्तिहरुको हुन आउंछ । नेपाललाई असफल राष्ट्र घोषणा गरेर यसको अस्तित्व समाप्त पार्ने षडयन्त्र कतैबाट भएको छैन वा हुंदैन भन्ने सोच्न सकिने स्थिति छैन । अतः नेपाली जनताको लोकतान्त्रिक राजनैतिक निकास र शान्तिको आकंक्षाप्रति गहिरो जिम्मेवारीबोध र हाम्रो आन्दोलनबारे कतिपय वृतमा रहेको आशंका मेटाउने उद्देश्यका साथ हाम्रो पार्टी यो वक्तव्य र्सार्वजनिक भएको मितिदेखि तीन महिनासम्मका लागि आफ्नो तर्फबाट एकपक्षीय युद्धविरामको घोषणा गर्दछ । सो अवधिभर हाम्रो पार्टीको नेतृत्वमा रहेको जनमुक्ति सेना दुश्मन आइलागेमा मात्र प्रतिरोध गर्ने सक्रिय रक्षाको अवस्थामा रहनेछ । जनमुक्ति सेनाले आफ्नो तर्फाट कुनै आक्रमक कार्यवाही गर्ने छैन ।

हामीलाई आशा एवं विश्वास छ कि हाम्रो यो घोषणाले नेपालमा अग्रगामी राजनैतिक निकाससहित शान्ति चाहने देशभित्र र बाहिरका सबै शक्तिहरुलाई नयां पहलका लागि उत्प्रेरित गर्नेछ । देशभित्रका राजनैतिक शक्तिदेखि संयुक्त राष्ट्र संघसम्म समस्या समाधानका लागि सकारात्मक वातावरण बन्ने कुरामा पनि हामी आशावादी छौं ।
देश, जनता र राजनैतिक निकासप्रतिको हाम्रो यो जिम्मेवारीबोधलाई कमजोरी ठानेर शाही सरकारले यदि फौजी कृयाकलाप बढाउने, सैनिक क्याम्प विस्तार गर्ने जस्ता कार्य गरेमा कुनै पनि विन्दुमा युद्धविराम भंग गरी उसका विरुद्ध अझ उच्च स्तरबाट आक्रमण बढाइने कुरा पनि हामी यहां स्पष्ट गर्न चाहन्छौं ।
-मिति २०६२ भाद्र १८ गते

प्रचण्ड
अध्यक्ष
ने.क.पा. (माओवादी)
This Month
September 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive