Teachers announce protest programmes
काठमाडौ असोज १०
नेकपा माओवादी समर्थक शिक्षकहरुको संगठन अखिल नेपाल शिक्षक संगठनले
मुलुकको निकाशकालागि शसक्त आन्दोलनको आबश्यकता रहेको उल्लेख गर्दै
संघर्षका नया कार्यक्रमहरुको घोषणा गरेको छ। जसअनुसार मंसिर महिनाको
अन्तिम साता बिशेष कार्यक्रम ल्याइंदैछ ।
संगठनले हामीलाई पठाएको प्रेस बिज्ञप्ती अनुसार गत ४ गते एक पत्रकार
सम्मेलनको आयोजन गरी बिरोध कार्यक्रम शुरु भएको हो। जस अनुसार कार्तिक
कार्तिक मसान्तभरिमा विचारगोष्ठी गर्ने, मंसिरको पहिलो हप्तामा पश्चिम
उपकेन्द्रले, दोस्रो हप्तामा मध्य उपकेन्द्रले र तेस्रो हप्तामा पूर्वी
उपकेन्द्रले संर्घषको कार्यक्रम गर्ने, देशैभरि प्रत्येक क्षेत्रमा
कम्तिमा ३ ठाउँमा बृहत शिक्षक सभाहरु गर्ने,मंसिर २१ गते प्रत्येक
विद्यालयमा १ पिरियड शैक्षिक समस्या, संगठनका मागहरुका विषयमा छलफल गर्ने
रहेका छन्।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीद्धारा प्रेषित उक्त
बिज्ञप्तीमा २२ गते लालटिन बालेर शिक्षक विद्यार्थीहरुको सभा बोलाउने, २३
गते शिक्षकले विद्यालय अवधिभर कालो पट्टी बाँधेर पढाउने, २४ गते
कालोपाटीमा नलेखी पढाउने, २५ गते नारा जुलुश सहित शिक्षक सभा गर्ने र २६
गतेदेखि ३० गतेसम्म शैक्षिक संस्थाहरुमा तालाबन्दी गरेर पठन पाठन ठप्प
पार्ने कार्यक्रमहरु रहेका छन्।
बांकी हेर्न टिचर भन्ने एटाच्मेन्ट फाइल हेर्नुहोस्।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Comments
No comments found.
|
This Month
Month Archive
|
||