CPN (Maoist) declared one sided ceasefire

काठमाडौ ,भदौ १८
नेपाल कम्युनिष्ट पार्टी माओवादीले आफ्नो तर्फबाट युद्ध बिरामको घोषणा गरको छ ।
वर्तमानमा चलिरहेको आन्दोलनलाई निकाशमा पुर्याउने र मुलुकमा शान्ति स्थापनाकालागि आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग पुर्याउने बाचाका साथ माओवादीले युद्ध बिराम गरेको जनाएका हुन् ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डद्धारा आज प्रेषित बिज्ञप्तीका अनुसार माओवादी र आन्दोलनरत सातदलका बिचमा कुनैपनि शंकाको वातावरण नबनोस भनेर आफूहरुले युद्ध बिराम गरेको जनाउंदै प्रचण्डले भन्नुभएको छ हाम्रो आन्दोलनबारे कतिपय वृतमा रहेको आशंका मेटाउने उद्देश्यका साथ हाम्रो पार्टी यो वक्तव्य र्सार्वजनिक भएको मितिदेखि तीन महिनासम्मका लागि आफ्नो तर्फबाट एकपक्षीय युद्धविरामको घोषणा गर्दछ ।

बांकी पढ्नुहोस बक्तव्य माओइष्ट फोल्डरमा