C.P Gajurel to be released!
काठमाडौ भदौ २४

भारतको चेन्नाइ स्थित हिरासतमा रहनुभएका नेकपा माओवादीका तत्कालीन पोलीटव्यूरो सदस्य चन्द्र प्रकाश गजुरेल गौरव छिटै छुट्न सक्ने संभावना रहेको छ।

अ वर्ल्ड टु विन भन्ने माओवादी अंग्रेजी पत्रिकाले गजुरेलका कानुनी व्यवसायी ए राहुललाई उधृत गर्दै उक्त कुरा जनाएको हो।
राहुलका अनुसार उहालाई छिटै सुनुवाइकालागि अदालतमा उपस्थित गराइने भएको छ। उहांको जस्तो मुद्धामा दुइ वर्ष भन्दा बढि हिरासतमा राख्न नमिल्ने भएकोले उहां छिटै छुट्न सक्ने तर्क राहुलले गरेका छन्।

गजुरेललाइ भारतिय सरकारले सन् २००३ को अगष्ट २० मा वेलायती राहदानी प्रयोग गरी चेन्नइ विमानस्थलबाट यूरोप तर्फ उड्न लागेका बेला पक्राउ गरिएको थियो। उहांमाथि जाली राहदानी प्रयोग गरेको आरोप लागेको छ।

उहांको जीवन रक्षाकालागि शुरुदेखिनै कार्यरत बिश्व जन प्रतिरोध आन्दोलनले उहांलाई भारतको पश्चिम बंगाल सरकारले भारत बिरुद्ध आन्दोलन गरेको आरो लगाउंदै पश्चिम वंगालको एक अदालतमा मुद्धा दायर गरेको जनाएको छ।उक्त मुद्धाको टुंगो नलागुन्जेल उहांलाई अर्को जेलमा सारीने संभावना रहेको भनि उक्त आन्दोलनले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ।

नेकपा माओवादीले भारतका क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई र्समथन गरेकोले कुनैपनि भारतिय कम्युनिष्ट पार्टीद्धारा सञ्चालित संर्घषमा संलग्न भएको आरोपमा भारतीय अधिकारीहरुले नेपाली माओवादीहरुलाई पनि बिभिन्न मुद्धा लगाउन सक्ने संभावना भने यथावतै रहेको उक्त पत्रिकाले जनाएको छ।

पश्चिम बंगालको सरकार नेकपा माओवादी प्रति अझ आक्रामक र असहिष्णु रहंदै आएकोले भारतीय अदालतबाट सफाइ पाएमा उहांलाई नेपाल सरकार समक्ष र्सर्पुदगी गरिने खतरा रहेकोपनि पत्रिकाले उल्लेख गरको छ।