Ceasefire to be extended !

काठमाडौ, पुस १७
आजबाट सकिने चारमहिने युद्धविराम पुन लम्वाउन अ‍ौपचारिक रुपमा सात दलको बैठकले सोमवार निर्णय गर्ने भएको छ। माओवादीहरुले पुन युद्धविराम तोड्ने संकेत दिएपछि सातदलले यस्तो आग्रह गर्दैछन् । तर सात दलको आग्रह हुनु अघावै माओवादीहरुले पुन छोटो समयअवधिका लागि युद्धविराम लम्वाउने संभावना रहेको भनि निकै चर्चा चलिरहेको छ।
केही दिन अघि संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान र यूरोपियन यूनियनलेपनि माओवादीहरुलाई युद्धविराम लम्वाइरहन आग्रह गर्दै सरकारलाईपनि युद्धविराम गरी मुलुकमा शान्ति बहालिको काम शूरू गर्नुपर्ने भनि दवाव दिएका छन्। यसैगरी एमाले महासचिव माधव नेपाल र नेपाली कांग्रेस सभापति गिरीजा प्रसाद कोइरालाले लगायत मानबअधिकारवादीहरुलेपनि केहीदिन अघि युद्धविराम कायम राख्न आग्रह गरेबमोजिम माओवादीहरुले एकपटक फेरि युद्धविराम लम्वाइदिएर आफ्नो हात माथि पार्ने तयारी गरिरहेको संकेत छ भन्ने अनुमान गरिएको छ।
तर माओवादीहरुका तर्फबाट युद्धविराम पुन बढाइएको या युद्ध विराम भंग गरिएको जानकारी राती अवेरसम्मपनि जानकारी गराएका छैनन। यद्यपि संचारकर्मिका आंखाहरु भने राती अवेरसम्मपनि उनीहरुका तर्फबाट आउने विज्ञप्तीमा केन्द्रित थियो।
यसैगरि आज काठमाडौमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अनुपस्थितकै कारण सात दलको आइतबारको बैठक स्थगित भएको छ । बैठक सोमबार कोइराला निवास महाराजगंजमा हुनेछ। बैठकमा सशस्त्र विद्रोही माओवादीले चार महिनाअघि गरेको एकतर्फी युद्धविराम समाप्त भएकाले पुनः लम्ब्याउन आग्रह गर्ने र शाही सरकारद्वारा घोषित नगरनिर्वाचन वहिष्कारको केन्द्रिय कार्यक्रम तय गर्ने विषयमा छलफल भए पनि कोइरालाको अनुपस्थितिमो यस्तो महत्वपूर्ण विषयमा निर्णय लिन गाह्रो भएको भन्दै बैठक स्थगन गरिएको हो।
बैठकका सहभागी जनमोर्चा अध्यक्ष अमिक शेरचनले कोइराला अनुपस्थिति नभएकाले निर्णयमा पुग्न नसकिएको स्वीकार संचारकर्मीहरुसँग गर्नुभयो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव माधवकुमार नेपालले निर्वाचन वहिष्कारका आगामी कार्यक्रमका बारेमा छलफल भएको र यसको अन्तिम निर्णय सोमबारको बैठकले गर्ने जानकारी दिए। माले महासचिव सिपी मैनालीले सत्तापक्षले माओवादीको चार महिने एकतर्फी युद्धविरामलाई सम्बोधन नगरेकोमा भर्त्सना गर्दै विद्रोहीलाई पुनः युद्धविराम लम्ब्याउन अपिल गर्ने विषयमा छलफल भएको जानकारी दिए।