Main Page  »  Maoist
View Article  युद्धविराम भंग हुनुमा राज्य पक्ष जिम्मेवार

'Government is responsible in the break of ceasefire'


काठमाडौ, पुस १८
आन्दोलनरत सात दलले सशस्त्र विद्रोही माओवादीले चार महिना पुरानो एकतर्फी युद्धविराम भंग गर्नु दुखद भएको उल्लेख गर्दै भावी युद्धको सम्पूर्ण जिम्मेवारी राजाले लिनुपर्ने भन्दै  युद्धविराम भंग हुनुमा राज्य पक्षको मूल दोष भएको बताएका छन्। बैठकबारे जानकारी दिदैं एमाले महासचिव माधवकुमार नेपालले युद्धविरामको भंग हुनुमा वर्तमान सत्ता नै दोषी रहेको ठहर गरिएको बताउनुभयो।  'आगामी दिनमा माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन पहल गर्र्छौ, आमनागरिकको रक्षाका लागि जनेभा सन्धी र मानवअधिकारको सम्मान गर्न हामी विद्रोहीलाई आहृवान गर्दछौ' उहाले थप्नुभयो।    more »

View Article  अन्तत यूद्ध विराम भंग
Maoist break four months long ceasefire
काठमाडौ, पुस १८
नेकपा माओवादीले चार महिनादेखि कायम राखेको एकतर्फी युद्ध विराम अन्तत भंग भएको छ। गत भदौ १८ गते माओवादीहरुले यूद्ध विराम गरेका थिए। पछिल्लो एक महिनामा शाही सेनाले नगरकोट हत्याकाण्ड हुंदै अहिले अन्तिम समयमा आएर रोल्पामा सैन्य अपरेशनका नाममा जनताका विरुद्ध आतंकको राज्य कायम गर्ने दुश्साहस गरिरहेको भन्दै माओवादीका तर्फबाट आज प्रकाशित गरिएको विज्ञप्तीमा जनमुक्ति सेनाका टुकडीहरुलाई घेरामा हालेर स्थल र हवाइ आक्रमण गर्ने रणनीतिमा शाही सेना प्रत्यक्ष अगाडि बढिसकेको जनाइएको छ। रोल्पामा जनताका पसलहरु लुट्ने र आगो लगानउने र निशस्त्र कार्यकर्ताहरुलाई पक्राउ गरर्र हत्या गरिएको उल्लेख गरिएको छ।विज्ञप्तीमा भनिएको छ - यस्तो अवस्थामा चाहेर पनि युद्धविराम लम्ब्याउनु असम्भव मात्र नभइ आत्मघाती समेत हुन पुगिरहेको यथार्थलाई गंभीरतापूवक लिइदिन आग्रह गर्दै हाम्रो पार्टीको तर्फबाट गरिएकव वर्तमान युद्धविराम भंग हुन गएको घोषणा गर्दछौं।
माओवादी अध्यक्ष प्रचन्डद्धारा हस्ताक्षरित विज्ञप्तिमा अवको माओवादी फौजी आक्रमण शाही नेपाली सेना र कथित नगरनिर्वाचनमा भागलिनेहरुमाथि केन्द्रित हुने जनाइएको छ।यसैगरी १२ बुदे समझदारीलाई अगाडी बढाउन आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउने जनाउंदै स्पष्ट रुपमा भनिएको छ- वृहद् राष्ट्रिय राजनैतिक सम्मेलन वा गोलमेच सम्मेलनमार्फत अन्तरिम सरकारको गठन र संविधान-सभाको निर्वाचनमार्फ जनतालाई र्सार्वभौम तुल्याउने प्रक्रिया सुनिश्चित भएमा हाम्रो पार्टी कुनै पनि बिन्दुमा पुन युद्धविराम गरी शान्तिपूर्ण राजनैतिक निकासमा योगदान गर्न हमेशा तयार रहनेछ। तर, दोरम्बा हत्याकाण्डमार्फ पछिल्लो वार्ता भंग गराउने र अहिले रोल्पा अपरेशनमार्फ युद्धविराम भंग गराउने ज्ञानेन्द्र-पारस जस्ता निरंकुश सामन्ती तत्व तथा उनीहरुको सैन्य डफ्फाको आतंककारी रवैया यथावत रहेमा नेपाल र नेपाली जनताको पक्षमा अन्तसम्म लडिरहने हाम्रो प्रतिबद्धता पनि यहा दोहोर्‍याउन चाहन्छौं। विज्ञप्ती जस्ताको तस्तै एट्टायाच्चमेन्ट फाइलमा।

1 Attachments
This Month
January 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31
Year Archive