Main Page  »  Maoist
View Article  उम्मेदवारलाई माओवादी वारेण्ट
Election candidates warned by Maoists

शिवराज योगी
धनगढी पुस २५
 राजाद्धारा घोषित नगर निर्वाचनमा उम्मेदवारी दिनेप्रति सशस्त्र व्रि्रोही माओवादीले कडा रबैया अपनाउने भएको छ। माओवादीका कैलाली जिल्ला इन्चार्ज अखण्डले नगर निर्वाचनमा नउठ्न आग्रह गर्दा अट्टेर गर्नेलाई नछोडिने जानकारी दिएका छन्। सुरुमा वारेन्ट जारी गर्ने, त्यसपछि राज्य विरुद्धको मुद्धा लगाउने, त्यतिगर्दा पनि नमाने 'जनसत्ता'मा हाजिर गराउने र त्यतिले पनि नपुगे कारबाहीका लागि पत्राचार गर्नेलगायतका कडा कारवाही गरिने जानकारी उनले दिए।
भौतिक कारबाही नगरिने भनिए पनि चौथो चरणका कारबाहीले पनि काम नगरे जे सुकै हुन सक्ने उनले बताए। माओवादीले सर्वसाधारणलाई कम्ब्याट ड्रेस नलगाउन उर्दी जारी गरेको छ। अहिले बजारमा देखिएको सैन्य पोशाकजस्तो लाग्ने कपडा नलगाउन आग्रह गरिएको छ।
जिल्ला इन्चार्ज अखण्डले संचारकर्मीहरुसँगको भेटमा राजनीतिक दलका कार्यकर्तालाई ढुक्क भएर गाँउमा बस्ने वातावरण बनाउन आफूहरु लागिपरेको बताए। 'दल-माओवादीबीचको सहमतीमा आँच आउन नदिन जस्तो सुकै त्याग गर्न तयार' रहेको उनले बताए। अखण्डका अनुसार, विगतमा कब्जा गरिएका राजनीतिक दलका नेता तथा कार्यकर्ताको जग्गा फिर्ता गरिनेछ। माओवादीले जिल्लामा अहिलेसम्म एक हजार ५ सय विघा जमिन कब्जामा लिएको छ।
स्वतन्त्र समाचार सेवा।
View Article  दुइ माओवादी नेता यूरोप यात्रामा
Two Maoist leaders are in Europe

काठमाडौं ,पुस २५

सशस्त्र विद्रोहमा संलग्न नेपाल कम्यूनिष्ट (माओवादी) ले आफ्ना दुइ जना प्रतिनिधिलाई प्रजातान्त्रिक विश्वका नेता एवं सरकारहरुसँग सम्बन्ध विकास गर्न तथा नेपालको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमा प्रतिबद्धतासाथ प्रस्तुत हुने कुरामा आश्वस्त पार्न बेलायत पठाएको छ।बेलायत पुगेका माआवादी नेतामा केन्द्रीय सदस्यद्वय टोपबहादुर रायमाझी र नारायण शर्मा रहेको उच्चस्तरीय सूत्रले स्वतन्त्र समाचार सेवालाई सोमबार जानकारी गरायो। दुबै जना अहिले यूरोपेली संघका विभिन्न नेताहरु, संगठनहरु तथा बेलायत सरकारका प्रतिनिधिहरुसँगको कुराकानी ब्यस्त रहेको बताइन्छ।सशस्त्र विद्रोही माओवादीले प्रजातान्त्रिक विश्वसँग सुरु गरेको यो सम्बन्धले उनीहरु बहुदलीय प्रतिस्पर्धात्मक प्रजातान्त्रिक राजनीतिमा र्फकन आतुर छन् भन्ने सन्देश दिएको छ।
स्वतन्त्र समाचार सेवाबाट प्राप्त।
This Month
January 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31
Year Archive