Main Page  »  Maoist
View Article  माओवादी अध्यक्ष प्रचन्डको अन्तरवार्ता


हिमाल खवरपत्रिकाले ६२ फागुनको शुरुको अंकमा छापेको अन्तर्वार्ता र
सोहि अंकको डा भट्टराइको जनयूद्धका उपलव्धिबारेको लेख।



View Article  जनतालाई सिटामोल छैन ६६ करोड खर्च गरेर राजा किन पाल्ने ?
Maoist urge a fresh coalition between democratic parties

आज आम जनतासँग यही प्रश्न तेर्साउदै नेकपा (माओवादी) का  सात जनबर्गिय सङ्गठनहरुले राजतन्त्रलाई सधाका लागि मिल्काउन सात राजनीतिक दल र माओवादीकाबिच नया राजनीतिक ढङ्गले सहमति कायम गरि नया सम्युक्त मोर्चा बनाएर लड्नुपर्ने बताउदै त्यस्तो मोर्चा बनाउन आव्हान गरेका छन। अखिल नेपाल जनसांस्कृतिक संघ,  केन्द्रीय समिति, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) केन्द्रीय समिति,  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समिति, नेपाल ट्रेड युनियन महासंघ,  केन्द्रीय समिति,  नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन केन्द्रीय समिति,  अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिका तर्फबाट आज एक संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त आव्हान गरेका हुन । हेर्नुहोस प्रेस विज्ञप्ति जस्ताको तस्तै-

प्रेस विज्ञप्ति
यतिबेला देश र जनता दिगो शान्तिको लागि शान्तिविरोधी सामन्ती राजतन्त्र जसले विगत २३७ ववर्षदेखि देश र जनताको रगत र पसिना चुसेर स्वयं देश र जनताविरुद्ध अपराध गर्दैछ- को विरुद्ध अन्तिम विद्रोहको झण्डा उठाइसकेका छन् । हाम्रा सन्तानहरुले यो स्तरको आन्दोलन अब कहिल्यै संचालन गर्न नपरोस् भन्ने उद्देश्यका साथ अहिलेको पुस्ता अनिवार्य रुपमा राजतन्त्र विरुद्धको आन्दोलनमा सहभागी बन्नैपर्छ र भएको पनि यस्तै छ। नेपाली जनताले एक चक्की सिटामोल खान नपाएर ज्यान गुमाउन बाध्य भइरहेको बेला ६३ करोड रुपैया खुवाएर कथित राष्ट्र प्रमुखलाई हामीले किन पालिरहने - मूर्ती चोर्ने, कालो पदार्थको व्यापार गर्ने, सडकमा हिडेका संगीतकारदेखि ट्याक्सी ड्राइभरसम्मको हत्या गर्ने, आफ्नै दाजुको वंशनास गर्ने ज्ञानेन्द्र-पारस मण्डलीले हाम्रो आन्दोलनलाई आतंककारी र हामीलाई बाटो बिराएकाहरु भनेर जसरी एकोहोरो चिच्याइरहेको छ, हामी चुनौती दिन्छौं र भन्छौं - अक्षम्य अपराधको हिसाब किताब आन्दोलनबाटै चुक्ता गर्ने छौं। किनभने २१औ  शताब्दीमा पनि सत्रौं शताब्दीको शासन लाद्ने तानाशाह जसले हाम्रा हजारौं सहयोद्धाहरुको रगत पिएको छ। कैयौंलाई बेपत्ता बनाएको छ।  सयौंलाई बन्दी बनाएको छ।  त्यसकारण हरेक नेपाली नागरिक राष्ट्रप्रमुख चुन्ने र चुनिन पाउने राजनीतिक अधिकार प्राप्तिको लागि यसको बाधक राजतन्त्रको चिहान अनिवार्य ख्नन्नैपर्छ।   more »
View Article  सैनिक नियन्त्रणबाटै माओवादी टाप
Maoist gurrilas escaped from the army barrack
हरि भट्टर्राई
पोखरा, फागुन १०
पोखराको ड्यामसाइडस्थित होटल स्पोर्ट्सबाट सुरक्षाफौजले नियन्त्रणमा लिएका माओवादी प्लाटुन उपकमाण्डर प्रमोद भनिने दिलबहादुर नेपाली शैनिक नियन्त्रणबाट भाग्न सफल भएका छन । सुरक्षाफौजलाई माओवादी शेल्टर देखाउन भरतपोखरी गाविसको बाघमारामा गएका बखत करीब पाँचदर्जन सुरक्षाकर्मीहरुलाई छलेर हत्कडीसहित भाग्न सफल भएको माओवादी स्रोतले जानकारी दिएको छ। घटनाको सुरक्षाश्रोतले पनि पुष्टि गरेको छ ।पोखराको ड्यामसाइडस्थित होटल स्पोर्टसमा शहर हान्ने योजना निर्माण गर्ने क्रममा पोखरा छिरेका माओवादीको विशेष सैन्य बल एसटिएफका कम्पनी कमाण्डर अटल भनिने मदन पौडेल र माओवादीको जनमुक्ति सेना नेपाल परिवर्तन स्मृति नवौं ब्रिगेड अन्तरगतको कम्पनी सहायक कमाण्डर रोशन भनिने तिर्थ भुजेल माघ २७ गते राती मारिएका थिए भने प्रमोद पक्राउ परेका थिए। उक्त घटनापछि माओवादीलाई भगाएको आशंकामा उक्त र्सच अभियानमा संलग्न  फुलबारी ब्यारेकका लप्टनसहितको ४० जना, २० जना सशस्त्र प्रहरी र पाँचजना नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई आवश्यक छानविन भईरहेको सुरक्षास्रोतल बताएको छ ।
यसैविच आफ्ना कमाण्डरहरु मारिएको विरोधमा माओवादीले आव्हान गरेको कास्की बन्दका कारण पोखराको जनजीवन प्रभावित भएको छ । बन्द सफल बनाउने क्रममा मंगलबार राती छारे पाटन, घारिपाटन लगाएतका ठाउँहरुमा बम विष्फोट गराएका थिए । स्वससे

View Article  मुगुमा गोली चल्दा दर्जन प्रदर्शनकारी घाइते
बिपुल पोख्रेल
दाङ/फागुन ७
प्रजातन्त्र दिवसमा दलहरुले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउदा १२ प्रदर्शनकारी घाइते भएका छन । मुगुको सदरमुकाम गमगढीमा आयोजित प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि गोली र लाठी प्रहार गरेको थियो । प्रहरीको गोलि प्रहारवाट घाइतेहुनेहरुमा नेविसंघका गजेन्द्र मल्ल, कुवेरजंग शाही, प्रजातान्त्रिक काग्रेस निकट नेबिसंघका नरेन्द्र रावल, अखिलका दिलिप मल्ल लगायतका १२ जना छन। स्वससे

View Article  धरानमा रातभरि दोहोरो भिडन्त
Clash in Dharan
काठमाडौं/ फागुन ७  
नेकपा माओवादी र सुरक्षाफौजबीच धरानको सेउती खोलामा शनिबार राती दोहोरो भिडन्त भएको बिभिन्न समाचारमाध्यमहरुले जनाएकाछन।जनाइएअनुसार भिडन्तमा एक जना माओवादीको घटनास्थलमै मृत्यु हुनुका साथै अर्का एक जना पक्राउ परेका छन ।
माओवादीहरु पूर्वतर्फगइरहेको थाहापाएपछि सुरक्षाफौजले चारैतिरबाटघेरेर फाइरिङ शुरु गरेको थियो । सुरक्षाफौजले फायरिङ गरेपछि दोहोरो गोलीहानहान भएको सुरक्षाश्रोतले जनाएको छ। भिडन्त शनिबार बेलुका सात बजेपछि सुरु भएपनि  पूर्ण विबरण प्राप्त भैसकेको छैन।


View Article  चैत २१ बाट अनिश्चितकालीन नेपाल बन्द
Indefinite strike from April third
काठमाडौं/ फागुन ७
नेकपा माओबादीले आगामी चैत २१ गतेबाट अनिश्चितकालीन देशव्यापी राजनीतिक हड्तालको घोषणा गरेको छ।जस अनुसार यातयात, कलकारखाना, वजार, शिक्षणसंस्था र कार्यालयहरु वन्द रहने माओबादीले जनाएको छ ।यसैगरी चैत्र १ गतेवाट राजधानी काठमाण्डौं उपत्यका र जिल्ला/अञ्चल/क्षेत्रीय सदरमुकामहरूको नाकावन्दी र चक्काजाम गर्ने पनि माओबादीले उल्लेख गरेको छ ।माओबादीका अध्यक्ष प्रचण्ड र वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समितिका संयोजक बाबुराम भट्र्राईद्धारा आज जारी विज्ञप्तीमा सो कुरा उल्लेख छ। बक्तब्य हेर्ने भए अट्याच्मेन्ट फाइलमा क्लिक गर्नुहोस।
1 Attachments
View Article  शाही पुंजीपतिहरुमाथि माओवादीले फेरी कार्वाही गर्ने

Maoists to take another action against Royal Industralists

राजा नजिकका भन्दै विभिन्न नाममा पटक पटक कल कारखाना बन्‍दलगायत बिभिन्न कारवाहि गर्दै आएको ने.क.पा.(माओवादी) को भातृ सँगठन अखिल नेपाल ट्रेड यूनियन महासंघले फागुन महिनाभरि शाही नातेदार र तिनीहरुका उद्योगी ब्यापारीलाई कार्वाहीगर्ने लगायतका नया कार्यक्रमको घोषणा गरेको छ।बर्तमानमा आन्दोलन अपरिहार्य रहेको भन्दै आफ्नो संगठनका बिभिन्‍न केन्द्रिय सदस्यहरुलाई तथा कार्यकर्ताहरुलाई वेपत्ता पारेको, हत्या गरेको र मजदुर नेताहरुलाई झुठ्ठा मुद्दा लगाई जेलमा बन्दी बनाएको उल्लेख गर्दै निरंकुश राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलनमा सक्रिय मजदुरहरुलाई बदला लिने काम गरेको आरोप आज प्रकाशित बिज्ञप्तिमा लगाइएको छ।

कार्यक्रम अनुसार फाल्गुण पहिलो हप्ता भरी ११ औं जनयुद्धको बर्षगाठ मनाउने,फाल्गुण ११ गते प्रतिरोधात्मक कार्वाही, फाल्गुण १४-२१ शहिद सप्ताह, फाल्गुण २२-२७ सम्म राजाको पक्ष लिने दलाल तथा नोकरशाही पुंजीपतिहरुमाथि कार्वाही गरिने तथा फाल्गुण २८ र २९ गते देशव्यापी उद्योग कलकारखाना लगायत यातायातका साधनहरुमा हृड्ताल गारिने वक्तव्यमा उल्‍लेख छ।बक्तब्य हेर्ने भए अट्याच्मेन्ट फाइलमा क्लिक गर्नुहोस।

1 Attachments
View Article  प्रचण्डद्धारा समानान्तर सरकार गठनमा जोड
Prachanda proposes a praralle government 
काठमाडौ/ फागुन १
सशस्त्र व्रि्रोही माओवादीका अध्यक्ष प्रचण्डले साझा नारा, मोर्चा र कार्यक्रम निर्माणका लागि सात दल, नागरिक समाज र बौद्धिक समुदायसँग अपिल गर्दै त्यसले समानान्तर सरकारको प्रारुप तयार पार्ने विचार व्यक्त गर्नुभएको छ । माओवादी जनयुद्धको एघारौं बाषिर्कोत्सवको उपलक्ष्यमा सोमबार उहाँले अपिल जारी गर्दै निरंकुश तत्वको फौजी आतंक विरुद्ध समानान्तर सरकारको प्रारुप तयार गर्न सकिए त्यसलाई लोकतन्त्र र शान्तिका पक्षधर सबै अन्तरा्ष्‍ट्रीय शक्तिहरुको र्समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।'हाम्रो के पनि विश्वास छ भने त्यसप्रकारको साझा नारा, मोर्चा, कार्यक्रम र सरकारको घोषणा मात्रले राजा र सानो सामन्ती गिरोहलाई धारासायी पार्ने छ र नेपाल गणतान्त्रिक राज्य प्रणालीसहित शान्ति र समृद्धिको दिशातिर अगाडि बढ्नेछ' अपिलमा प्रचण्डले भन्नुभएको छ-हाम्रो पार्टिको उद्देश्य परिपूर्‌तीका लागि जतिसुकै लचिलो बन्न पनि तयार रहेको यथार्थ स्पष्ट भइसकेको छ र हामी यस अवसरमा त्यो प्रतिबद्धता अझ स्पष्ट गर्न चाहन्छौं । 'यसप्रकारको ठोस प्रक्रिया अगाडि बढ्ने बित्तिकै नेपालमा सैन्य शक्तिको पुर्नर्संरचना कुनै कठिन र जटिल विषय नबन्ने' विश्वास पनि उहाँको छ ।
उहाँले शान्तिपूर्ण र फौजी प्रतिरोधको समुचित संयोजनबिना निरंकुशतन्त्र ध्वस्त नहुने वास्तविकतालाई आत्मसात् गरी युग-युगसम्म नेपाली जनताको लोकतन्त्र, शान्ति र प्रगतिको आकांक्षालाई संस्थागत गर्न समाजका सबै वर्ग, जाति, क्षेत्र, लिंग तथा सबै राजनैतिक दलहरुसँग सम्बन्धित युवाहरुसँग विशेष अपिल गर्नु भएको छ ।
'युवा गर्जनसहित लोकतन्त्र र शान्तिको नयाँ फौजले मात्र नयाँ नेपालको प्रगतिलाई सुनिश्चित गर्नेछ' उहाँले भन्नुभएको छ ।प्रचण्डले अमेरिकाले बाहिर गोहीको आँसु देखाए पनि शाही सत्तालाई टिकाउने भूमिका खेलिरहेको ठहर पनि गर्नुभएको छ ।
'आतंकवादविरोधी युद्धका नाममा विश्व जनसमुदायमाथि नै आतंकको साम्राज्य खडा गर्ने अमेरिकी शासक वर्गको बुस मण्डलीका सैनिक कमाण्डरहरुको ढाडस र प्रोत्साहनमा नै यी सामन्तीहरु नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षाका विरुद्ध यसप्रकारको मूर्‌खतापूर्‌ण‌ अपराध गरिरहेका छन' प्रचण्डले दावी गर्नुभएको छ-त्यसप्रकारको ढाडस र प्रोत्साहनका पछाडि नेपालको भू-राजनैतिक स्थितिबाट फाइदा उर्ठाई चीन, भारत र दक्षिण एशियाका अरबौं जनतामाथि र्राईदाई गर्ने साम्राज्यवादी स्वार्थ र षडयन्त्रले काम गरेको छ । हालै अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको कमाण्डर आएर राजालाई नेपाली जनताका विरुद्ध कथित रेञ्जर फोर्स -कमाण्डो) बढाउन दिएको निर्देशनले यो कुरालाई झन स्पष्ट पारेको प्रचण्डको अपिलमा उल्लेख छ । स्‍वससे

बाकी अट्ट्याच्मेन्ट फाइलमा बिज्ञ्प्ती जस्ताको त्यस्तै हेर्न यहाँ क्लिक गर्नुहोस
1 Attachments
View Article  माओवादीले पच्चिस शाही सेना मारे
Over two dozen RNA killed in the clash

काठमाडौ, माघ २८
सुनौलको रम्भापूरमा शाही सेना र माओवादीविच भएको दोहोरो फाइरिगका क्रममा २५ शाही सेना मारिएको र १२ सैनिकहरुलाई कव्जामा लिइएको माओवादीहरुले जनाएका छन्। यसैगरी सोही कार्वाहीमा सेनाका चारवटा गाडी ध्वस्त पार्नुका साथै ८१ एमएम तोप एक थान, सोको बम १० थान, एम-१६ को टीटीएससहित चार थान, एसएलआर २० थान, थ्रीनटथ्री १० थान, एसएमजी दुइ थान, टु-इञ्च मोर्टार बम १५ थान, झोला ८० थान र ५० हजार थान गोली कब्जा गरेको माओवादीहरुले जनाएका छन्। भने केही सैनिकहरुलाई माओवादीहरुले राजमार्गको घोडाहाबाट लखेट्दै तितरवितर पार्न सफल भएको माओवादी दावी रहेको छ।बाकी माओवादी बक्तव्य एट्टयाच्चमेन्टमा जस्ताको तस्तै।

1 Attachments
View Article  माओवादीद्धारा बन्द फिर्ता
Maoists withdraw 'Nepal Bandh'

काठमाडौ, माघ २६
एक हप्ता लामो नेपालबन्दको घोषणा गरेको नेकपा माओवादीले नगरनिर्वाचन सम्पन्न भएलगत्तै नेपाल बन्द घोषणा फिर्ता लिएको छ।उक्त घोषणा आज नेकपा माओवादीका अध्यक्ष प्रचन्ड र अर्का नेता बाबुराम भट्टराइद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। जस्ताको तस्तै विज्ञप्ती एट्टयाच्मेन्ट फाइलमा।
1 Attachments
This Month
February 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28
Year Archive