Prachanda proposes a praralle government
काठमाडौ/ फागुन १
सशस्त्र व्रि्रोही माओवादीका अध्यक्ष प्रचण्डले साझा नारा, मोर्चा र कार्यक्रम निर्माणका लागि सात दल, नागरिक समाज र बौद्धिक समुदायसँग अपिल गर्दै त्यसले समानान्तर सरकारको प्रारुप तयार पार्ने विचार व्यक्त गर्नुभएको छ । माओवादी जनयुद्धको एघारौं बाषिर्कोत्सवको उपलक्ष्यमा सोमबार उहाँले अपिल जारी गर्दै निरंकुश तत्वको फौजी आतंक विरुद्ध समानान्तर सरकारको प्रारुप तयार गर्न सकिए त्यसलाई लोकतन्त्र र शान्तिका पक्षधर सबै अन्तरा्ष्ट्रीय शक्तिहरुको र्समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।'हाम्रो के पनि विश्वास छ भने त्यसप्रकारको साझा नारा, मोर्चा, कार्यक्रम र सरकारको घोषणा मात्रले राजा र सानो सामन्ती गिरोहलाई धारासायी पार्ने छ र नेपाल गणतान्त्रिक राज्य प्रणालीसहित शान्ति र समृद्धिको दिशातिर अगाडि बढ्नेछ' अपिलमा प्रचण्डले भन्नुभएको छ-हाम्रो पार्टिको उद्देश्य परिपूर्तीका लागि जतिसुकै लचिलो बन्न पनि तयार रहेको यथार्थ स्पष्ट भइसकेको छ र हामी यस अवसरमा त्यो प्रतिबद्धता अझ स्पष्ट गर्न चाहन्छौं । 'यसप्रकारको ठोस प्रक्रिया अगाडि बढ्ने बित्तिकै नेपालमा सैन्य शक्तिको पुर्नर्संरचना कुनै कठिन र जटिल विषय नबन्ने' विश्वास पनि उहाँको छ ।
उहाँले शान्तिपूर्ण र फौजी प्रतिरोधको समुचित संयोजनबिना निरंकुशतन्त्र ध्वस्त नहुने वास्तविकतालाई आत्मसात् गरी युग-युगसम्म नेपाली जनताको लोकतन्त्र, शान्ति र प्रगतिको आकांक्षालाई संस्थागत गर्न समाजका सबै वर्ग, जाति, क्षेत्र, लिंग तथा सबै राजनैतिक दलहरुसँग सम्बन्धित युवाहरुसँग विशेष अपिल गर्नु भएको छ ।
'युवा गर्जनसहित लोकतन्त्र र शान्तिको नयाँ फौजले मात्र नयाँ नेपालको प्रगतिलाई सुनिश्चित गर्नेछ' उहाँले भन्नुभएको छ ।प्रचण्डले अमेरिकाले बाहिर गोहीको आँसु देखाए पनि शाही सत्तालाई टिकाउने भूमिका खेलिरहेको ठहर पनि गर्नुभएको छ ।
'आतंकवादविरोधी युद्धका नाममा विश्व जनसमुदायमाथि नै आतंकको साम्राज्य खडा गर्ने अमेरिकी शासक वर्गको बुस मण्डलीका सैनिक कमाण्डरहरुको ढाडस र प्रोत्साहनमा नै यी सामन्तीहरु नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षाका विरुद्ध यसप्रकारको मूर्खतापूर्ण अपराध गरिरहेका छन' प्रचण्डले दावी गर्नुभएको छ-त्यसप्रकारको ढाडस र प्रोत्साहनका पछाडि नेपालको भू-राजनैतिक स्थितिबाट फाइदा उर्ठाई चीन, भारत र दक्षिण एशियाका अरबौं जनतामाथि र्राईदाई गर्ने साम्राज्यवादी स्वार्थ र षडयन्त्रले काम गरेको छ । हालै अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको कमाण्डर आएर राजालाई नेपाली जनताका विरुद्ध कथित रेञ्जर फोर्स -कमाण्डो) बढाउन दिएको निर्देशनले यो कुरालाई झन स्पष्ट पारेको प्रचण्डको अपिलमा उल्लेख छ । स्वससे
बाकी अट्ट्याच्मेन्ट फाइलमा बिज्ञ्प्ती जस्ताको त्यस्तै हेर्न यहाँ क्लिक गर्नुहोस
|
|
||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||