Maoists to take another action against Royal Industralists
राजा नजिकका भन्दै विभिन्न नाममा पटक पटक कल कारखाना बन्दलगायत बिभिन्न कारवाहि गर्दै आएको ने.क.पा.(माओवादी) को भातृ सँगठन अखिल नेपाल ट्रेड यूनियन महासंघले फागुन महिनाभरि शाही
नातेदार र तिनीहरुका उद्योगी ब्यापारीलाई कार्वाहीगर्ने लगायतका नया कार्यक्रमको घोषणा गरेको छ।बर्तमानमा आन्दोलन अपरिहार्य रहेको भन्दै आफ्नो संगठनका बिभिन्न केन्द्रिय सदस्यहरुलाई तथा कार्यकर्ताहरुलाई वेपत्ता पारेको, हत्या गरेको र मजदुर
नेताहरुलाई झुठ्ठा मुद्दा लगाई जेलमा बन्दी बनाएको उल्लेख गर्दै निरंकुश राजतन्त्रको अन्त्य र
लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलनमा सक्रिय मजदुरहरुलाई बदला लिने काम गरेको आरोप आज प्रकाशित बिज्ञप्तिमा लगाइएको छ।
कार्यक्रम अनुसार फाल्गुण पहिलो हप्ता भरी ११ औं जनयुद्धको बर्षगाठ मनाउने,फाल्गुण ११ गते प्रतिरोधात्मक कार्वाही, फाल्गुण १४-२१ शहिद सप्ताह, फाल्गुण २२-२७ सम्म राजाको पक्ष लिने दलाल तथा नोकरशाही पुंजीपतिहरुमाथि कार्वाही गरिने तथा फाल्गुण २८ र २९ गते देशव्यापी उद्योग कलकारखाना लगायत यातायातका साधनहरुमा हृड्ताल गारिने वक्तव्यमा उल्लेख छ।बक्तब्य हेर्ने भए अट्याच्मेन्ट फाइलमा क्लिक गर्नुहोस।