Clash in Dharan
काठमाडौं/ फागुन ७
नेकपा माओवादी र सुरक्षाफौजबीच धरानको सेउती खोलामा शनिबार राती दोहोरो भिडन्त भएको बिभिन्न समाचारमाध्यमहरुले जनाएकाछन।जनाइएअनुसार भिडन्तमा एक जना माओवादीको घटनास्थलमै मृत्यु हुनुका साथै अर्का एक जना पक्राउ परेका छन ।
माओवादीहरु पूर्वतर्फगइरहेको थाहापाएपछि सुरक्षाफौजले चारैतिरबाटघेरेर फाइरिङ शुरु गरेको थियो । सुरक्षाफौजले फायरिङ गरेपछि दोहोरो गोलीहानहान भएको सुरक्षाश्रोतले जनाएको छ। भिडन्त शनिबार बेलुका सात बजेपछि सुरु भएपनि पूर्ण विबरण प्राप्त भैसकेको छैन।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Sunday, February 19
by
Nepal Info
on Sun 19 Feb 2006 02:33 PM CET
by
Nepal Info
on Sun 19 Feb 2006 02:33 PM CET
Indefinite strike from April third
काठमाडौं/ फागुन ७ नेकपा माओबादीले आगामी चैत २१ गतेबाट अनिश्चितकालीन देशव्यापी राजनीतिक हड्तालको घोषणा गरेको छ।जस अनुसार यातयात, कलकारखाना, वजार, शिक्षणसंस्था र कार्यालयहरु वन्द रहने माओबादीले जनाएको छ ।यसैगरी चैत्र १ गतेवाट राजधानी काठमाण्डौं उपत्यका र जिल्ला/अञ्चल/क्षेत्रीय सदरमुकामहरूको नाकावन्दी र चक्काजाम गर्ने पनि माओबादीले उल्लेख गरेको छ ।माओबादीका अध्यक्ष प्रचण्ड र वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समितिका संयोजक बाबुराम भट्र्राईद्धारा आज जारी विज्ञप्तीमा सो कुरा उल्लेख छ। बक्तब्य हेर्ने भए अट्याच्मेन्ट फाइलमा क्लिक गर्नुहोस। |
This Month
Month Archive
|
||