Maoist gurrilas escaped from the army barrack
हरि भट्टर्राई
पोखरा, फागुन १०
पोखराको ड्यामसाइडस्थित होटल स्पोर्ट्सबाट सुरक्षाफौजले नियन्त्रणमा लिएका माओवादी प्लाटुन उपकमाण्डर प्रमोद भनिने दिलबहादुर नेपाली शैनिक नियन्त्रणबाट भाग्न सफल भएका छन । सुरक्षाफौजलाई माओवादी शेल्टर देखाउन भरतपोखरी गाविसको बाघमारामा गएका बखत करीब पाँचदर्जन सुरक्षाकर्मीहरुलाई छलेर हत्कडीसहित भाग्न सफल भएको माओवादी स्रोतले जानकारी दिएको छ। घटनाको सुरक्षाश्रोतले पनि पुष्टि गरेको छ ।पोखराको ड्यामसाइडस्थित होटल स्पोर्टसमा शहर हान्ने योजना निर्माण गर्ने क्रममा पोखरा छिरेका माओवादीको विशेष सैन्य बल एसटिएफका कम्पनी कमाण्डर अटल भनिने मदन पौडेल र माओवादीको जनमुक्ति सेना नेपाल परिवर्तन स्मृति नवौं ब्रिगेड अन्तरगतको कम्पनी सहायक कमाण्डर रोशन भनिने तिर्थ भुजेल माघ २७ गते राती मारिएका थिए भने प्रमोद पक्राउ परेका थिए। उक्त घटनापछि माओवादीलाई भगाएको आशंकामा उक्त र्सच अभियानमा संलग्न फुलबारी ब्यारेकका लप्टनसहितको ४० जना, २० जना सशस्त्र प्रहरी र पाँचजना नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई आवश्यक छानविन भईरहेको सुरक्षास्रोतल बताएको छ ।
यसैविच आफ्ना कमाण्डरहरु मारिएको विरोधमा माओवादीले आव्हान गरेको कास्की बन्दका कारण पोखराको जनजीवन प्रभावित भएको छ । बन्द सफल बनाउने क्रममा मंगलबार राती छारे पाटन, घारिपाटन लगाएतका ठाउँहरुमा बम विष्फोट गराएका थिए । स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, February 22
by
Nepal Info
on Wed 22 Feb 2006 01:37 PM CET
|
This Month
Month Archive
|
||