Maoist urge a fresh coalition between democratic parties
आज आम जनतासँग यही प्रश्न तेर्साउदै नेकपा (माओवादी) का सात जनबर्गिय सङ्गठनहरुले राजतन्त्रलाई सधाका लागि मिल्काउन सात राजनीतिक दल र माओवादीकाबिच नया राजनीतिक ढङ्गले सहमति कायम गरि नया सम्युक्त मोर्चा बनाएर लड्नुपर्ने बताउदै त्यस्तो मोर्चा बनाउन आव्हान गरेका छन। अखिल नेपाल जनसांस्कृतिक संघ, केन्द्रीय समिति, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) केन्द्रीय समिति, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समिति, नेपाल ट्रेड युनियन महासंघ, केन्द्रीय समिति, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन केन्द्रीय समिति, अखिल नेपाल शिक्षक संगठन, केन्द्रीय समिति, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिका तर्फबाट आज एक संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त आव्हान गरेका हुन । हेर्नुहोस प्रेस विज्ञप्ति जस्ताको तस्तै-
प्रेस विज्ञप्ति
यतिबेला देश र जनता दिगो शान्तिको लागि शान्तिविरोधी सामन्ती राजतन्त्र जसले विगत २३७ ववर्षदेखि देश र जनताको रगत र पसिना चुसेर स्वयं देश र जनताविरुद्ध अपराध गर्दैछ- को विरुद्ध अन्तिम विद्रोहको झण्डा उठाइसकेका छन् । हाम्रा सन्तानहरुले यो स्तरको आन्दोलन अब कहिल्यै संचालन गर्न नपरोस् भन्ने उद्देश्यका साथ अहिलेको पुस्ता अनिवार्य रुपमा राजतन्त्र विरुद्धको आन्दोलनमा सहभागी बन्नैपर्छ र भएको पनि यस्तै छ। नेपाली जनताले एक चक्की सिटामोल खान नपाएर ज्यान गुमाउन बाध्य भइरहेको बेला ६३ करोड रुपैया खुवाएर कथित राष्ट्र प्रमुखलाई हामीले किन पालिरहने - मूर्ती चोर्ने, कालो पदार्थको व्यापार गर्ने, सडकमा हिडेका संगीतकारदेखि ट्याक्सी ड्राइभरसम्मको हत्या गर्ने, आफ्नै दाजुको वंशनास गर्ने ज्ञानेन्द्र-पारस मण्डलीले हाम्रो आन्दोलनलाई आतंककारी र हामीलाई बाटो बिराएकाहरु भनेर जसरी एकोहोरो चिच्याइरहेको छ, हामी चुनौती दिन्छौं र भन्छौं - अक्षम्य अपराधको हिसाब किताब आन्दोलनबाटै चुक्ता गर्ने छौं। किनभने २१औ शताब्दीमा पनि सत्रौं शताब्दीको शासन लाद्ने तानाशाह जसले हाम्रा हजारौं सहयोद्धाहरुको रगत पिएको छ। कैयौंलाई बेपत्ता बनाएको छ। सयौंलाई बन्दी बनाएको छ। त्यसकारण हरेक नेपाली नागरिक राष्ट्रप्रमुख चुन्ने र चुनिन पाउने राजनीतिक अधिकार प्राप्तिको लागि यसको बाधक राजतन्त्रको चिहान अनिवार्य ख्नन्नैपर्छ। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Thursday, February 23
by
Nepal Info
on Thu 23 Feb 2006 11:41 AM CET
|
This Month
Month Archive
|
||