Who are the betrayers in the maoists' party?
काठमाण्डौ, चैत्र १
सामन्तीतन्त्रका विरुद्ध पार्टीद्वारा  घोषित नाकावन्दीको पूर्वसन्ध्यामा पार्टीनीति र नेतृत्वका विरुद्ध र्सार्वजनिक विषवमन गरेर रवीन्द्र र अनुकुलले वस्तुतः आफैलाई पार्टी क्रान्तिबाट अलग्याएर निरंकुश ज्ञानेन्द्र शाहीका पृष्ठपोषकका रुपमा उभ्याएको आरोप लगाउदै आफ्नो पार्टीका केन्दृय नेताहरु रबिन्द्र श्रेस्ठ र अनुकुल (मणि थापा) लाइ निस्काशन गरिएको माओवादी अध्यक्ष प्रचण्डले आज आज एक बक्तव्य प्रकशित गर्दै जनाउनुभएको छ।   बक्तव्यमा प्रचण्डले भन्नु भएको छ--आफ्ना नियोजित अराजक र अराजनैतिक क्रियाकलापका कारण केही दिन पहिले मात्र केन्द्रीय समितिबाट निलम्बन गरिएका रवीन्द्र र अनुकुललाई पूर्ण पतन हुनबाट बचाउने अन्तिम प्रयासका रुपमा पार्टीले जनवादी केन्द्रीयताको मान्यता अनुसार आफ्ना असन्तुष्टिहरू अनुशासित ढंगले केन्द्रमा प्रस्तुत गर्न निर्देशित गरेको थियो । तर, पार्टी क्रान्तिबाट भाग्ने मनस्थितिमा पुगिसकेका उनीहरूले पार्टीमा विचार प्रस्तुत गरी  निकट भविष्यमा योजनावद्ध रुपमा अगाडि बढाउन निश्चित भएको महान् बहसको सामना गर्ने आट नभएर नै आज क्रान्तिका विरुद्ध प्रतिक्रान्तिको सेवा गर्ने भगौडा र गद्दारीको परिचय दिन पुगेका छन् । अतः पार्टी केन्द्रीय कार्यालयले रवीन्द्र र अनुकुललाई क्रान्तिका भगौडा, निरंकुश राजतन्त्र र प्रतिक्रान्तिका सेवक घोषणा गर्दै पार्टी निस्काशनको निर्णय गरेको छ । बाकी जस्ताको तस्तै हेर्नुहोस् प्रचण्डको बक्तब्य - 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
communist party of Nepal (Maoist)
केन्द्रीय समिति
central committee

प्रेस वक्तव्य

हिजो फाल्गुण २९, २०६२ का मितिमा रवीन्द्र र अनुकुलका नामबाट प्रचार गरिएको कथित बहसको अपीलप्रति पार्टीेन्द्रको धारणा र निर्णय स्पष्ठ गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
१) हाम्रो गौरवशाली पार्टी आज बा≈य रुपमा विश्व साम्राज्यवादको नाइकेका विरुद्ध तथा आन्तरिक रुपमा सामन्ती निरंकुशतन्त्रका विरुद्ध निर्मम र निर्णायक सङ्घर्षको नेतृत्व गरिरहेको छ। सामन्तीतन्त्रका विरुद्ध पार्टीरा घोषित नाकावन्दीको  पूर्व सन्ध्यामा पार्टी नीति र नेतृत्वका विरुद्ध र्सार्वजनिक विषवमन गरेर रवीन्द्र र अनुकुलले वस्तुतः आफैलाई पार्टी क्रान्तिबाट अलग्याएर निरंकुश ज्ञानेन्द्र शाहीका पृष्ठपोषकका रुपमा उभ्याएका छन्। आफ्ना नियोजित अराजक र अराजनैतिक क्रियाकलापका कारण केही दिन पहिले मात्र केन्द्रीय समितिबाट निलम्बन गरिएका रवीन्द्र र अनुकुललाई पूर्ण पतन हुनबाट बचाउने अन्तिम प्रयासका रुपमा पार्टी जनवादी केन्द्रीयताको मान्यता अनुसार आफ्ना असन्तुष्टिहरू अनुशासित ढंगले केन्द्रमा प्रस्तुत गर्न निर्देशित गरेको थियो। तर, पार्टी क्रान्तिबाट भाग्ने मनस्थितिमा पुगिसकेका उनीहरूले पार्टीमा विचार प्रस्तुत गरी  निकट भविष्यमा योजनावद्ध रुपमा अगाडि बढाउन निश्चित भएको महान् बहसको सामना गर्ने आ“ट नभएर नै आज क्रान्तिका विरुद्ध प्रतिक्रान्तिको सेवा गर्ने भगौडा र गद्दारीको परिचय दिन पुगेका छन् । अतः पार्टी केन्द्रीय कार्यालयले रवीन्द्र र अनुकुललाई क्रान्तिका भगौडा, निरंकुश राजतन्त्र र प्रतिक्रान्तिका सेवक घोषणा गर्दै पार्टीबाट निस्काशनको निर्णय गरेको छ ।   more »