Maoists attack security camps in Jhapa and Dhankura, 14 killed

चिन्तामणि दाहाल, विजयसन्तोषी र्राई
झापा र धनकुटा,  चैत्र ८
मंगलबार बिहान झापा र धरानमा माओवादीले गरेको आक्रमणमा परी एघार सुरक्षाकर्मीको मृत्यु भएको छ भने २६ सुरक्षाकर्मी घाइते भएका छन। झापाको केन्द्र बिन्दु विर्तामोडस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा मंगलबार बिहान ७.३० बजे माओवादीले आक्रमण गर्दा सशस्त्र र जनपदका गरी कम्तीमा दश जनाको मृत्यु भएको छ भने २३ घाइते भएको छन । उता धरान बजारको मध्य भाग भानुचोकमा रहेको वडा प्रहरी कार्यालयमा बिहान ८.१५ बजे माओवादीले आक्रमण गर्दा एक प्रहरीको मृत्यु भएको छ भने तीन प्रहरी र एक र्सवसाधारण घाइते भएका छन । माओवादीले प्रहरीका हातहतियार पनि लुटेर लगेका छन ।
मृत्यु हुनेका सम्बन्धमा राजधानीस्थित सुरक्षा सूत्रहरुले चाहिँ फरक तथ्यांक दिएका छन। सूत्रहरुका अनुसार, झापाको विर्तामोड आक्रमणमा तेह्र सुरक्षाकर्मी तथा दर्ुइ माओवादी र धरानमा एक सुरक्षाकर्मीको मृत्यु भएको जनाएको छ।  बम र गोलीले झापास्थित विर्तामोडको इलाका प्रहरी कार्यालय क्षतविक्षत भएको छ भने कार्यालयभित्र जताततै गोलीका खोका छरिएर रहेका छन। माओवादीतर्फघटनास्थलमा एक माओवादीको शव प्राप्त भएको छ भने आक्रमणपछि उत्तर शनिश्चरेतर्फफर्केको माओवादी छापामार चढेको ट्रक देवीवस्तीनिर पल्टि“दा ट्रकले किचेर एक महिला र एक पुरुष माओवादीको मृत्यु भएको छ। घटनामा एक र्सवसाधारण घाइते भएका छन। घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। घाइते प्रहरीहरुमध्ये केहीलाई  भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा र केहीलाई धरानतर्फलगिएको बताइएको छ ।   more »