Maoists attack security camps in Jhapa and Dhankura, 14 killed

चिन्तामणि दाहाल, विजयसन्तोषी र्राई
झापा र धनकुटा,  चैत्र ८
मंगलबार बिहान झापा र धरानमा माओवादीले गरेको आक्रमणमा परी एघार सुरक्षाकर्मीको मृत्यु भएको छ भने २६ सुरक्षाकर्मी घाइते भएका छन। झापाको केन्द्र बिन्दु विर्तामोडस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा मंगलबार बिहान ७.३० बजे माओवादीले आक्रमण गर्दा सशस्त्र र जनपदका गरी कम्तीमा दश जनाको मृत्यु भएको छ भने २३ घाइते भएको छन । उता धरान बजारको मध्य भाग भानुचोकमा रहेको वडा प्रहरी कार्यालयमा बिहान ८.१५ बजे माओवादीले आक्रमण गर्दा एक प्रहरीको मृत्यु भएको छ भने तीन प्रहरी र एक र्सवसाधारण घाइते भएका छन । माओवादीले प्रहरीका हातहतियार पनि लुटेर लगेका छन ।
मृत्यु हुनेका सम्बन्धमा राजधानीस्थित सुरक्षा सूत्रहरुले चाहिँ फरक तथ्यांक दिएका छन। सूत्रहरुका अनुसार, झापाको विर्तामोड आक्रमणमा तेह्र सुरक्षाकर्मी तथा दर्ुइ माओवादी र धरानमा एक सुरक्षाकर्मीको मृत्यु भएको जनाएको छ।  बम र गोलीले झापास्थित विर्तामोडको इलाका प्रहरी कार्यालय क्षतविक्षत भएको छ भने कार्यालयभित्र जताततै गोलीका खोका छरिएर रहेका छन। माओवादीतर्फघटनास्थलमा एक माओवादीको शव प्राप्त भएको छ भने आक्रमणपछि उत्तर शनिश्चरेतर्फफर्केको माओवादी छापामार चढेको ट्रक देवीवस्तीनिर पल्टि“दा ट्रकले किचेर एक महिला र एक पुरुष माओवादीको मृत्यु भएको छ। घटनामा एक र्सवसाधारण घाइते भएका छन। घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। घाइते प्रहरीहरुमध्ये केहीलाई  भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा र केहीलाई धरानतर्फलगिएको बताइएको छ ।
आक्रमण करिव बिहान ७.३० बजे सुरु भएको थियो। करिव एक घण्टा आक्रमण भएको थियो। घट्नाको आधा घण्टा पछि मात्र ४ किलोमिटर पर्ूवमा रहेको चारआली सैनिक क्याम्पबाट सेना आइपुगेको थियो। त्यसबेला माओवादीहरु घटनास्थलबाट हिंडिसकेका थिए। प्रत्यक्षदर्शीका अनुसार, प्रहरी कार्यालय अगाडीको एक गिरी थरका र्सवसाधारणको घरको आड लिएर माओवादीले पहिलो पटक ह्याण्ड ग्रिनेड फालेर आक्रमण सुरु गरेका थिए। आक्रमणबाट कार्यालय कब्जामा आएपछि छतमा चढेर नारावाजी गर्दै एक छिन नाचेपछि उनीहरु फर्केका थिए। आक्रमण पछि प्रहरी कार्यालयका प्रायः सबै हतियार लुटेको आशंका गरिए पनि के कति भन्ने यकिन हुन सकेको छैन।
उता करिव पाँच दर्जन भन्दा बढी माओवादीको समूहले बिहान ८.१५ बजे धरानको वडा प्रहरी कार्यालय भानुचोकमा चारैतिरबाट एक्कासी गरेको आक्रमणमा त्यहाँ कार्यरत प्रहरी जवान झापा  तोपगाछी-९  घर भएका हेमकुमार श्रेष्ठको मृत्यु भएको छ । तीन प्रहरी र अर्का एक र्सवसाधारण घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। र्घाईते र्सवसाधरण र प्रहरीलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। माओवादीले चौकीलाई नियन्त्रणमा लिई चौकीमा रहेको चार थान थ्री नट थ्री राइफल, पाँच सय भन्दा बढी र्राईफलका गोलीहरु माओवादीले कब्जा लिएको माओवादीका फस्ट डिभिजनका उप-कमिसार हिमालले टेलिफोनमार्फ जानकारी गराएका छन।
माओवादी आक्रमणको प्रहरीले प्रतिकार गरेपनि बिद्रोहीहरुले अत्याधुनिक हतियार प्रयोग गरेकाले प्रहरीहरु चौकी छोडी भागेका थिए। त्यसपछि माओवादीले वडा प्रहरी कार्यालय भानु चोकलाई केही समय समय नियन्त्रणमा लिएको र अनि मागेको प्रत्यक्षदर्शीहरुले बताएका छन। चौकीमा माओवादीले आगो लगाउने प्रयास गरेपनि सफल भने भएन र उनीहरुले राखेको बम पनि विष्फोटन नभएकाले भवनमा क्षति नपुगेको प्रहरीले जनाएको छ।
स्वससे