Maoists pay componsation to oil tankers
Krishna Adhikari, Nepalgunj
कृष्ण अधिकारी
नेपालगन्ज, फागुन १८
आफुले नौ वटा टयाङकर नियन्त्रणमा लिदा गल्ति भएको स्विकार गर्दै माओबादीले ट्याङकर धनीलाई क्षतिपुति बापत एक लाख ५० हजार रुपैया दिएर टयाङकरहरु बिहिबार छाडिदिएका छन। नेपालगन्ज बाट दाङका लागि पेट्रोल, डिजल र मटितेल लिएर जादै गरेको अबस्थामा ति टयाङकरहरुलाई माओवादीले गत शनिबार बाकेको महेन्द्र राजमार्गमा पर्ने खैरी खोला नजिकबाट आफ्नो नियन्त्रणमा लिएका थिए। गलत सुचनाका कारण ब्यबसायीहरुको तेल भएको टयाङकर नियन्त्रणमा लिएको बताउदै माओबादीले ट्याङकर धनीलाई क्षतिपुति बापत एक लाख ५० हजार रुपैया दिएर टयाङकरहरु बिहिबार छाडिदिएको इन्सेक नेपालगन्जका प्रमुख भोला महतले जानकारी दिनु भयो। मानवअधिकारकर्मीहरुको टोलीसंग माओबादीको बिशेष जिल्ला संगठन समिति इन्चार्ज अनुले गल्ति भएको स्विकार गर्दै राप्ती अंचल पेटोलियम डिलर एशोसिएशनका अध्क्षयलाई अरुण शाहलाई क्षतिपुति बापत एक लाख ५० हजार रुपैया दिएकी थिइन। चालकहरु बाके बैजापुर को जंगलबाट टयाङकरहरु लिएर नेपालगन्ज तर्फफर्किएका छन। ती टयाङकरमा ५१ हजार लिटर डिजल, ४८ हजार लिटर मटि्तेल र ९ हजार लिटर पेट्रोल थियो। पेट्रोल टयाङकर तेल स्थानीय बसिन्दालाई बितरण गरिएको छ।
माओबादीले छाडिदिएका टयाङकरहरुमा करिब ३५ हजार लिटर मात्रै तेल भएको अनुमान गरिएको छ। नौ बटा टयाङकर पेट्रोलियम पदार्थ सहित दूइ दिन देखि नियन्त्रणमा राखेका ९जना चालक सहित १८ मजदुर लाई भने सन्चारकर्मीको पहलमा सोमबार माओबादीले मुक्त गरेका थिए। मानबअधिकारकर्मीहरुको टोलीले माओबादीको बिशेष जिल्ला संगठन समितिर् इन्चार्ज अनु संग वार्ता गरे पछि ती नौ वटा टयाङकरहरुलाई छाडन माओवादी सहमत भएका थिए। यस अघि नियन्त्रण मुक्त भएका मजदुरले तेलका टयाङकर सुरक्षित राखि दिन माओबादी लाई आग्रह गरेका थिए। माओबादीले शनिबार पेट्रोलियम पदार्थ सहित १८ जना मजदुरलाई नियन्त्ररणमा लिएका कारण नेपालगन्जबाट दाडंमा पेट्रोलियम पदार्थको आपूर्ती हुन सकेको छैन जसलेगर्दा दाडमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ। स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, March 3
by
Nepal Info
on Fri 03 Mar 2006 03:26 PM CET
|
This Month
Month Archive
|
||