Maoists conduct local level election
काठमाडौं, फागुन २४
सात राजजीतिक दलको बहिष्कारसंगै सरकारले स्थानीय निकायको निर्वाचन सम्पन्न गरेको एक महिना नवित्दै सरकारकै शैलिमा माओवादीले पनि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेका छन्। यसको प्रारम्भ कालिकोट जिल्लावाट गर्ने तयारी गरिएको छ। यसका लागि माओवादीले आफ्नै निर्वाचन आयोग, निर्वाचन नियमावलिको निर्माण गरिसकेको जनादेश सप्ताहिकको बुधवारको अंकमा उल्लेख छ। समाचार अनुसार माओवादीद्धारा घोषित भेरी-कर्णाली क्षेत्र अर्न्तगतको कालिकोटमा बैशाखमा निर्वाचन गर्ने तयारी गरिएको छ। निर्वाचनका लागि जिल्ला जनसरकार कालीकोटले जयचन्द्र अधिकारीको प्रमुख आयुक्तमा सात सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। तीन वर्षा सुदृढकै अभ्यासमा स्थानीय निर्वाचन गर्न सकिने जनसत्ताको प्रावधानअनुसार गत ०६० सालमा स्थानीय जनसत्ताको निर्वाचन सम्पन्न भएको समाचारमा उल्लेख छ। समाचारमा लेखिएको छ'स्थानीय निर्वाचन नियमावली ०६० लाई नेकपा (माओवादी) जिल्ला जनसरकार कालीकोट र निर्वाचन आयोगले परिमार्जन गरेको छ।' स्थानीय जनवादी निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सञ्चालन गर्नका लागि कालीकोटको प्रथम बैठक पार्टी क्षेत्रीय ब्युरो सदस्य तथा कालीकोट सेक्रेटरी हितमान, जिल्ला जनसरकार प्रमुख कर्णबहादुर भण्डारी, जिल्ला पार्टी सदस्यहरु क.भूमि, सुनील, वर्ग, क्षेत्र, विपीन, आशा जनवर्गीय संगठनका संयोजकहरुको विशेष उपस्थिति र अयोगका प्रमुख आयुक्त जयचन्द्र अधिकारीको अध्यक्षतामा माघ ११ र १२ गते बसेको उल्लेख छ। स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, March 8
by
Nepal Info
on Wed 08 Mar 2006 11:56 AM CET
|
This Month
Month Archive
|
||