Main Page  »  Maoist
View Article  प्रचण्डलाइ गिरिजाको पत्र

Pm plans to write letter to prachanda

                                      

सरकारले माओवादीलाइ औपचारिक वार्ताको आहृवान गर्दै पत्र पठाउने भएको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठकपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वार्ताको आहृवान गर्दै औपचारिक पत्र पठाउने निर्णय हुनेछ । त्यस्तै माओवादीले पठाएको आचारसंहिताको पनि टुंगो लाग्ने छ ।

र, शाही सरकारले प्रताडित पारेर राखेका सरकारका सचिवहरु टिकादत्त निरौला, भोजराज घिमिरे र उमेश मैनालीलाइ काम दिइनेछ । निरौला र घिमिरेमध्ये एक मुख्य सचिव हुने सम्भावना पनि छ ।

   more »
View Article  प्रचण्ड जनतामा आउने कि अमेरिकासंग लडने ?

Prachanda criticises America 

एक सातायता नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्ड राजधानीमा सार्वजनिक हुने हल्ला चलिरहेका बेला माओवादीहरु आप\mना नेता सार्वजनिक हुनेरनहुने विषयमा छलफल गर्न व्यस्त छन् । यही सेरोफेरोमा प्रस्तुत छ, माओवादी अध्यक्ष प्रचण्डसँगको टेलिफोन अन्तर्वार्ता,

अन्तर्वातामा उनले जनतामाझ आउने र अमेरिकासंग लडने दुबै कुरा गरेका छन ।

वर्तमान सरकारको निर्णयबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?

सरकारको पछिल्लो निर्णयलाई सार्वजनिक रूपमा स्वागत गरेका छौँ तर सरकारका सबै निर्णयलाई होइन । संसद् पुनःस्थापनासँग हामी सहमत छैनौँ । तर, हिजो जे निर्णय भयो- वार्ता गर्ने, युद्धविराम गर्ने, नयाँ ढङ्गले जाने, त्यसमा सहमत छौँ ।

सरकारको पछिल्लो निर्णयले संविधानसभामा पस्न सक्ने मार्ग प्रशस्त गरेको छ त ?

त्यस दिशामा यो प्रगति हो । नयाँ बाटो खोलेको छ । तर, पूरै विश्वस्त भने हुन सक्ने स्थिति छैन । जनताका तर्फबाट, नागरकि समाजका तर्फबाट आन्दोलन जारी रहनुपर्छ भन्ने हामी ठान्छौँ । आन्दोलन जारी रह्यो भने सरकार त्यस दिशामा जान बाध्य हुन्छ ।   more »

This Month
May 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive