Pm plans to write letter to prachanda

                                      

सरकारले माओवादीलाइ औपचारिक वार्ताको आहृवान गर्दै पत्र पठाउने भएको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठकपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वार्ताको आहृवान गर्दै औपचारिक पत्र पठाउने निर्णय हुनेछ । त्यस्तै माओवादीले पठाएको आचारसंहिताको पनि टुंगो लाग्ने छ ।

र, शाही सरकारले प्रताडित पारेर राखेका सरकारका सचिवहरु टिकादत्त निरौला, भोजराज घिमिरे र उमेश मैनालीलाइ काम दिइनेछ । निरौला र घिमिरेमध्ये एक मुख्य सचिव हुने सम्भावना पनि छ ।

यसैबीच भर्खरमात्र प्राप्त जानकारी अनुसार मन्त्रिपरिषदको आजको बैठकले १८ असोजपछिका सबै नियुक्ति खारेजी र सबै मुलुकका राजदूतलाइ फिर्ता बोलाउने निर्णय गरेको छ ।