Main Page  »  Media
View Article  बिरोध प्रदर्शनमा मिडीया मिसन
International Media Mission in Kathmandu


तस्विर: सालोक्य/ मेरो संसार
काठमाडौ ,चैत ९
बुधबार राजधानीमा भएको संचारकर्मीहरुको प्रदर्शनमा सम्मिलित अन्तराष्ट्रिय मिसनका सदस्यहरु । गत बर्षको कार्यक्रमलाई निरन्तरता दिदै यस बर्षपनि अन्तराष्ट्रिय मिसन नेपालको प्रेसको स्थिति बुझ्न नेपाल पुगेको छ। आजको काठमाडौ प्रदर्शनमा मिसनको तर्फबाट ज्याकुलिन पार्कले बोल्दै प्रेस स्वतन्त्रताको विरुद्ध सरकारले गरेको ज्यादतीको आलोचना गर्नुभयो। मिसनका केहि सदस्यहरु यतिबेला मुलुकका विभिन्न भेगमा प्रेसको स्थिति बुझ्न पुगेको छ।
View Article  करोडौंको भ्रष्टाचारपछि क्यास केबुल प्रणाली
Millions of corruption in the cable system
Taranath Dahal,  former FNJ president


तारानाथ दाहाल
                पूर्व सभापती नेपाल पत्रकार महासंघ

विचार / विवेचना‌‌

निरंकुश सरकारले स्वतन्त्र समाचार माध्यमहरु माथिको आक्रमणको श्रूंखलामा शहरी सचेत नागरिकहरुको सूचनाको प्रमुख श्रोत मानिने टेलिभिजन माध्यमहरुलाई आम जनताको पहुँचबाट विमुख पार्ने तथा ती माध्यममाथि सरकारी नियन्त्रणलाई जवरजस्त पार्ने नयाँ षडयन्त्र अगाडि बढाएको छ। स्वतन्त्र सञ्चार माध्यमहरु लोकतन्त्रका आधारस्तम्भ हुन्। त्यसैले राजाको निरंकुशता लोकतान्त्रिक संरचनाहरु ध्वस्त पार्न उद्यत भैरहेको हो।
संचार प्रविधिमा भैरहेको द्रुततर परिवर्तनको एउटा प्रभावशाली अभ्यास हो- केबुल प्रणाली। अहिले टेलिभिजन र इन्टरनेट जस्ता सञ्चारका साधनहरु आम-उपभोक्ता माझ पुग्ने राजमार्गको रुपमा केबुल प्रणाली विकसित भएको छ। टेलिभिजन केबुलहरु नहुने हो भने आकासमा तछाड-मछाड गरी प्रवाहित भैरहेका कतिपय टेलिभिजन तरंगहरु कोठाभित्र रहेका टेलिभिजन सेटमा प्रवेश गर्न सक्दैनन। टेरेस्टेरियल प्रशारण प्रविधिका टेलिभिजनको युग प्रायः समाप्त भैसकेको छ। भू-उपग्रहीय प्रणालीद्वारा तरंगहरु प्रशारित हुने लहरले हामी कहाँ भर्खर विकसित भएका टेलिभिजन प्रशारण केन्द्रहरुलाई समेत प्रभावमा परिसकेको छ। त्यसैले देशभरीमा लगभग ४ सय केबुल प्रशारकहरुको अस्तित्व विकसित भैइसकेको छ। सञ्चार मन्त्रालयबाट स्वीकृति लिएका केबुलको संख्या ३ सय ३२ छ। गएको एक दशकमा यस प्रणालीको विकासमा १० अरब भन्दा बढी रकम लगानी भैसकेको अनुमान छ।    more »
View Article  महिला पत्रकारलाई चरम यातना
Security forces torture a women journalist



काठमाडौ, फागुन २३
माघको अन्तिम साता काठमाडौबाट राजनीतिक दलहरुको विरोध प्रदर्शन कार्यक्रमबाट पक्राउ परेकी श्रम साप्ताहिककी पत्रकार भावना प्रसाइलाई सूरक्षाकर्मीले चरम यातना दिएको जानकारीप्राप्त भएको छ।
उहालाई जबरजस्ती माओवादी सदस्य भएको स्विकार्न बाध्य पार्दै यातना दिएको भन्दै रिपोर्टर विथआउट बोडर्सले पत्रकार सत्यराम पराजुलीलाई उद्धृत गर्दै जनाएको छ। बोडर्सले आज एक प्रेस विज्ञप्ती जारी गर्दै माघ २७ गते नया बानेश्वरबाट सादा पोषाकका सूरक्षाकर्मीले पक्राउ गरी विभिन्न सूरक्षा क्याम्पहरु घुमाएर चरम यातना दिएको उल्लेख गर्दै भनेको छ सूरक्षा अधिकारीले उहालाई आंखामा पट्टी बाधे गालाम पिटे र दूवै गोडालाई बांधेका थिए। भोलीपल्ट उनलाई मैतीदेवीमा लगेर छोडेका सूरक्षाकर्मीहरुले आफूहरु उनका छिमेकी भएको र केही बिशेष छलफल गर्नुछ भनि केही पर बोलाएर लगेका थिए। त्यसप‍छि तुरुन्त उनलाई पुन कालोपट्टी बाधेर सिहदरवार व्यारेक पुर्याएका थिए। उक्त दिन उनलाई लगातार ८ घन्टा यातना दिइएको र भोलीपल्ट पुन टाउको घोप्टो पारेर यातना दिइएको र मुखबाट रगत आउन थालेपछि उनी बेहोस भएको पनि बोडर्सको विज्ञप्तीमा जनाइएको छ। उनी बेहोसभएपछि कसैले पानी दिएको भोलीपल्ट हनुमानढोका प्रहरी कार्यालय नपूर्याएसम्म खानासमेत नदिएको समेत विज्ञप्तीमा उल्लेख छ। हनुमानढोकाबाट उनलाई सोही दिन बिरामी अवस्थामै हतारमा केन्द्रिय जेल चलान गरिएको थियो । उनलाई आतंककारी तथा विध्वंशात्मक एेन अन्तर्गत थुनामा राख्ने तयारी गरिएपनि उनले सूरक्षाकर्मीको आरोपहरु निराधार भएको बताएकी छिन्। रिपोटर्स विथआउट बोडर्सले उनी निर्दोष रहेकोले तुरुन्त रिहाइ गर्न सरकारसंग माग गरेको छ।  यो समाचारपनि हेर्नुहोस।

View Article  सञ्चारकर्मीहरुको लागि नेपाल सबैभन्दा ठुलो जेल
Nepal, a prison for journalists
काठमाडौं,फागुन ५
प्रेस स्वतन्त्रताको पक्षमा कार्यरत अन्तराष्ट्रिय संस्था रिर्पोटर विद्आउट बोर्डरले हिरासतमा रहेका सात जना सञ्चारकर्मीलाई तत्काल रिहा गर्न नेपाल सरकारसँग माग गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनमा सहभागी सञ्चारकर्मीलाई हिरासतमा राखेर सरकारले नेपाललाई सञ्चारकर्मीको लागि बन्दी गृहको रुपमा रुपान्तरण खोजेको उल्लेख गर्दै वोर्डरले विना र्सत पत्रकारहरुको रिहा गर्न माग गरेको हो।बिहीबार विज्ञप्ति जारी गर्दे तीन  बर्षदेखी जेलमा बन्दी रहेका तेजनारायण सापकोटाको तत्काल रिहाइको माग गरिएको छ। योजना साप्ताहिकमा कार्यरत सापकोटालाई सरकारले सन् २००३ नोभेम्बरबाट हिरासतमा राखेको हो।शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदा पक्राउ परी सुरक्षा नियन्त्रणमा राखिएका पत्रकार श्याम श्रेष्ठ, औजार साप्ताहिकका पत्रकार भीम र्राई, पत्रकार जेवी ...   more »
1 Attachments
View Article  राजाको शासनमा सञ्चारको बिजोग

Media situation of the western Nepal in the king's direct rule

Bimala Pandey/INS

संचार फिचर


कार्टुन साभार: अविन डट कम

बिमला पाण्डे/स्वससे
प्यूठान
अघिल्लो १९ माघको शाही कदमले स्वतन्त्र सञ्चार क्षेत्रलाई कप्ल्याक्कै निल्न खोजेको थियो । राजाको सक्रिय साशनले सञ्चार जगतलाई निल्नै चाहिँ सकेन, तर सञ्चार जगत नराम्ररी घायल भयो । अहिले पनि प्यूठानमा सञ्चारजगतको हरिबिजोग छ । स्थिति सुध्रिएको छैन ।
१९ माघको कदमले पत्रकारितामा भर्खर पाइला टेकेको प्यूठानले अधिराज्यभरका पत्रकारहरुले भोग्नु परेको समस्या झेल्न पर्नु नौलो विषय थिएन, तर अझ बढी समस्या झेल्दा भर्खर अगाडी बढिरहेको पाइला रोकिने खतरा बढिरहृयो ।   more »

View Article  हजारौंले हेरे पेरिसमा नेपाली प्रेस स्वतन्त्रता आन्दोलन
Thousands eyed 'Nepal Press freedom week' in Paris
Nepal Info, Paris
पेरिस, माघ २४

नेपाल इन्फो फ्रान्सेली नागरिकरोबर्ट पां पेरिसमा नेपाली प्रेसबारेको बोर्ड हेर्दै । तस्विर: नेपाल इन्फो

रिपोर्टर विथआउट बोर्डरलाई त नेपालका राजाको नाम नै थाह रहेनछ ! नेपालको निरंकुश राज्यसत्ताले नेपाली प्रेसमाथि चलाइरहेको दमनका विरुद्ध पेरिसमा राखिएको सेन्सरसिप राज्यसत्ता शिर्षकको होर्डिग बोर्ड हेरेर यसै भन्दै थिए लिल शहरबाट पेरिस आइपुगेका म्याथु बेलिगं। फ्रान्सेली संचार माध्यममा नेपालमा बिकसित पछिल्ला राजनीतिक घटनाक्रमले स्थान पाउने गरेका भएपनि यहाका कतिपय फ्रान्सेलीहरु राजा विरेन्द्र नै नेपालका राजा हुन् भन्ने ठान्छन्। यस्तै लिल शहरका यि ६५ बर्षिय म्याथु बेलपनि रिपोर्टर विथआउट बोर्डरको होर्डिग बोर्डमा राजा वीरेन्द्र नलेखी राजा ज्ञानेन्द्र लेखिएकोमा आश्चर्यचकित थिए।   more »
View Article  पेरिसका चोक चोकमा नेपाली प्रेस
'Nepal press freedom week' in Paris

 
पेरिस, माघ १४
राजाले शासन सत्ता हत्याएको माघ १९ मा एक बर्ष पुग्दैछ। यो अवधिमा नेपाली प्रेसले पाउनुसम्म दुख पायो। नागरिकहरुले पाउनुसम्म दुख पाए। नागरिकहरुलाई अधिकारविहीन बनाउने यो कालो दिनको बिरुद्ध नेपाली पत्रकारहरुले देखाएको अदम्य शाहसलाई कदर गर्दै रिपोर्टर विथआउट बोर्डरले पेरिसमा भव्य विरोध प्रदर्शन गर्दैछ पोष्टरहरु टासेर। रिपोर्टर विथआउट बोर्डरले गर्न लागेको यो पोष्टरहरुका आकार पेरिसका फराकिला शहर र चोकहरुमा रहेका होर्डीग बोर्डहरुको साइजमा छन् । यिनै होर्डिग बोर्डहरुमा यि पोष्टरहरु एकहप्तासम्म टांसिनेछ।   more »
View Article  राजाको कदमले प्रायोजित समाचार छाप्न बाध्य

Government Imposes propoganda news

Hari Bhattarai, Independent News Service

 



सञ्चार  फिचर


प्रजातन्त्र समाप्त पार्ने १९ माघको शाही कदमले अधिराज्यभर सञ्चार क्षेत्रमाथि बन्दुकको रजाइँ हुन थालेको थियो। समाचार र विचारको सम्पादनमा कलमको साटो बन्दुकको प्रयोग भएको थियो, पत्रकारको सट्टा समाचारमा बन्दुकधारी शाही नेपाली सेनाको प्रमुख भूमिका रहृयो। यही स्थितिबाट मुलुकको पर्यटकीय शहर पोखरा पनि अछुतो रहेन्। १९ माघपछि कास्की जिल्लाको सञ्चार क्षेत्रमा परेको प्रभावबारे स्वतन्त्र समाचार सेवाका पोखरा प्रतिनिधि हरि भट्टर्राईको रिपोर्टः

माघ १९ को शाही घोषणाबाट प्रभावित पोखराका सञ्चार माध्यमहरु र तिनमा कार्यरत विस्थापित सञ्चारकर्मीहरु सर्वोच्च अदालतको मंसिर १४ को अन्तरिम आदेशपछि पनि स्थापित हुन सकेका छैनन्। त्यसै त कम तलब तथा सेवा सुविधामा काम गर्न वाध्य पोखराका सञ्चारकर्मीहरु शाही घोषणापछि सिर्जना भएको स्थितिले झन् मर्कामा परेका छन्।
शाही घोषणा अगाडि पोखरामा पाँच वटा एफएम, चारवटा दैनिक, तीनवटा साप्ताहिक र एक पाक्षिक पत्रिकाहरु सञ्चालनमा रहेका थिए।   more »

View Article  आँखा जुधाउने पत्रकारलाई सेनाको गोली

Journalists who look at Army eyes receive bullets

 

संचार फिचर


सिराहा, मंसिर २८
जहाँ प्रजातन्त्र हुँदैन् त्यहाँ प्रेस स्वतन्त्रताको कुरा गर्नु नै व्यर्थ हुन्छ। प्रजातन्त्र अपहरण गर्ने १९ माघको शाही कदमपछि समग्र नेपालको स्थिति यही छ, नेपालीले अहिले 'तरबार भन्दा कलम बलियो' भन्ने लोकआख्यानलाई 'कलम भन्दा बन्दुक बलियो' भन्नु पर्ने दिन आएको छ। अहिले कलमलाई बन्दुकले नियन्त्रण गर्ने भरपुर प्रयास भईरहेको छ, तर लोकतन्त्रवादी र पेशागत समुदाय चाहिँ कलमै बलियो बनाउने आन्दोलनमा छ। जुन आन्दोलन १९ माघको कारण अनिवार्य बनेको छ। पत्रकारहरु पनि आन्दोलित छन्, उनीहरुले किन आन्दोलन गर्नुपर्‍यो भनेर १९ माघको शाही कदमपछि सञ्चार जगत्मा परेको प्रभावलाई मात्र हेरे पुग्छ। तीन जिल्ला सिरहा, सप्तरी र उदयपुरमा सञ्चारमा परेको प्रभावबारे पत्रकार रामप्रसाद भट्टर्राईले तयार पारेको रिपोर्ट   more »
View Article  अन्यौलमा पत्रकार महासंघको आन्दोलन र पत्रकारहरु

Journalists and the movement of FNJ in dilemma
 Taranath Dahal, former FNJ president

तारानाथ दाहाल, पूर्व सभापती नेपाल पत्रकार महासंघ


         
विचार/ विवेचना

यतिबेला नेपालको स्वतन्त्र प्रेस अत्यन्तै संकटबाट गुज्रिरहेको छ। यसको स्वतन्त्र अस्तित्वमाथि राज्यले निरन्तर हमला गरिराखेको छ र प्रजातान्त्रिक कालमा सञ्चारको क्षेत्रमा हासिल भएको उपलब्धिहरूलाई संस्थागत रुपमै समाप्त गर्ने षड्यन्त्र राज्यबाट भइरहेको छ। स्वतन्त्र हुनुपर्ने सञ्चार क्षेत्र यतिखेर एकथरी प्रेस राज्यको निम्ति भाटगिरी गर्ने साधनका रुपमा परिणत हुदै गएको छ भने अर्कोथरी निर्भिक र निष्पक्ष भएर जनताको पक्षमा, सत्यको पक्षमा अगाडि बढ्न चाहेर पनि मृत्युको संघारमा छ। यसमाथि र्सवत्रबाट हमला भएको छ। आर्थिक रुपमा पनि हमला भएको छ। स्वतन्त्र प्रेसलाई साहसका साथ जनताका पक्षमा लेख्न नसक्ने गरी कानूनहरूको संशोधन गरेर त्रास सिर्जना गरिएको स्थिति विद्यमान छ। प्रत्यक्ष रुपमा राज्यले पत्रकारहरूलाई दमन गरेर, सम्पूर्ण सञ्चार साधनलाई नियन्त्रण गरेर स्वतन्त्र प्रेसमाथिको अस्तित्वलाई निस्तेज गर्ने काम गरिरहेको छ। यी सबै घटनाहरूबाट के भन्न सकिन्छ भने यतिबेलाको नेपाली प्रेस आम नेपाली नागरिकहरूको आवाजलाई निर्भिकता साथ प्रतिनिधित्व गर्न सक्ने अवस्थामा छैन । तथापि संर्घषशील एउटा जमातले नेपालको स्वतन्त्र प्रेसको अस्तित्वलाई बचाइराखेको छ।   more »

This Month
March 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30 31
Year Archive