नेपाली व्लग तथा वेभसाइटहरु
Contact us: nepalinfoblog@yahoo.com
|
Saturday, October 29

सोह्र सञ्चारकर्मी पक्राउ
by
Nepal Info
on Sat 29 Oct 2005 12:44 PM PDT
Sixteen journalist arrested  तस्विर: बिबीसी काठमाडौ, कार्तिक १२ प्रेस चौतारी नेपालको आयोजनामा शनिबार रत्नपार्कमा सञ्चारसम्बन्धी कालो अध्यादेश जलाउन भेला भएका १६ जना सञ्चारकर्मीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पत्रकारहरुलाई रातिसम्म महेन्द्र पुलिस क्लबमा थुनिएको थियो। दिउसो ३ बजे रत्नपार्कमा अध्यादेश जलाइसकेपछि प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाई, उपाध्यक्ष भरत पोख्रेल, सचिव गगन विष्ट, सदस्य more »
Thursday, October 27

कान्तिपुर एफएमप्रति एक्यवद्धता जारी
by
Nepal Info
on Thu 27 Oct 2005 10:47 AM PDT
A huge mass of civil society, democratic leaders and media persons protect Kantupur FM
 सर्वोच्च अदालतले कान्तिपुर एफ एममाथि कुनैपनि प्रकारको कार्वाही नगर्नु नगराउनु भन्ने आदेश दिएपनि कान्तिपुर एफ एमको कार्यालयलाई आज फेरि सूरक्षाकर्मीहरुले घेराउ गरेका थिए। कान्तिपुर एफएमको इजाजतपत्र रद्द गर्ने सरकारी चेतावनी विरुद्ध बिहीबार बिहान एफएमको कार्यलय पुल्चौकमा सञ्चारकर्मीहरु, नागरिक समाज, मानव अधिकारकर्मी, र्सवसाधारण र राजनैतिक दलका शिरस्थ नेताहरुले धर्ना दिएका थिए। कार्यक्रममा नेपालीकांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासमेत पार्टीको बैठक स्थगित गरी केन्द्रीय नेताहरुसगै आउनु भएको more »

कोफी अन्नानद्धारा पत्रकारहरुलाई समर्थन
by
Nepal Info
on Thu 27 Oct 2005 10:41 AM PDT
 काठमाण्डौ, कात्तिक १०
UN General Secretary Annan expresses solidarity to Nepali Journalists
संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानले हालै
नेपाल सरकारद्वारा जारी सञ्चार अध्यादेशको बैधानिकता र अन्तरराष्ट्रिय
मानवीय कानूनको मापदण्डअनुरुप भए नभएको बारे सचेततापूर्वक हेरिरहेको
बताउनु भएको छ।महासचिवले नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीका
नाममा लेख्नुभएको पत्रमा सो कुरा बताउनुभएको हो।
अन्नानका तर्फबाट
उहाका क्याविनेट प्रमुखद्वारा लिखित सो पत्र राष्ट्र संघका आवासीय
प्रतिनिधि माथ्यु कहानेले विहीबार एक कार्यक्रममार्फत निष्ठुरीलाई
बुझाउनुभयो। पत्रमा प्रजातन्त्र संकटमा परेको समय नेपाली सञ्चार जगतले
खेलेको भूमिकाप्रति अन्नान जानकार रहेको उल्लेख छ। पत्रकार महासंघले
प्रजातन्त्र र प्रेस स्वतन्त्रता हनन भएको सम्बन्धमा डेढ महिना अघि
महासचिव अन्नानलाई लेखेको पत्रको जवाफमा सो पत्र प्राप्त भएको हो।
राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको कार्यालयले नेपालमा भएको प्रेस
स्वतन्त्रता उल्लंघनबारे अनुगमन गरिरहेको पनि अन्नानको पत्रमा उल्लेख छ।
Wednesday, October 26

कान्तिपुर एफएमको अनुमति खारेज गरिने
by
Nepal Info
on Wed 26 Oct 2005 10:39 AM PDT
Government to cancel Kantipur FM's license !
 अपडेट काठमाडौ , कात्तिक १० सर्वोच्च अदालतले सरकारलाई आइतवार सम्म कान्तिपुर एफएम माथि कुनैपनि प्रकारको कार्वाही नगर्न आज एक आदेश दिएको छ। प्रधान न्यायाधीश दिलिपकुमार पौडेल र न्ययाधीशद्वय शारदा श्रेष्ठ तथा तपबहादुर मगरको विशेष इजलासले अन्तरिम आदेश जारी गरेको हो । यसबाट कान्तिपुर एफएमलाई अलिकति भएपनि राहत मिलेको छ। संचार सम्वन्धि केही नेपाल एेन अध्यादेश मार्फत आउनुअघि भने सर्वोच्च अदालतले एफ एमहरुले समाचार प्रसारण गर्न सक्ने गरी फैसला गरेको
more »

कान्तिपुरमाथि आक्रमणको घोर निन्दा
by
Nepal Info
on Wed 26 Oct 2005 06:35 AM PDT
Immediate return of all of Kantipur FM equipments urged
फ्रान्स, कात्तिक ८
कान्तिपुर एफ एममाथि सरकारद्धारा गरिएको लुटपाटको भर्त्सना गर्दै रिपोटर्स
विदआउट बोडर्स (आरएसएफ) र अमेरिकामा रहेको नेपाली पत्रकारहरु ले लुटिएका
सामाग्री तुरुन्त फिर्तागरि प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारसंग माग
गरेको छ।
हिजो एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै बिश्वभरी प्रेस स्वतन्त्रताको
निगरानी गर्ने यो संस्थाले भनेको छ कान्तिपुर एफ एम माथिको आक्रमण सरकारको
आलोचना गर्ने सम्पूर्ण एफ एम रेडियोहरुको शिरच्छेदन गर्ने र
सरकारी बन्धक बनाउने षडयन्त्र हो।यसविरुद्ध सामुदायिक रेडियोहरुले प्रेस
स्वतन्त्रताकालागि गरेको आन्दोलनमा आरएसएफका तर्फबाट पूर्ण समर्थन र सहयोग
रहेकोपनि जनाएको छ।
यसैगरी अमेरिकामा बसोबास गर्दै आएका नेपाली पत्रकारहरुलेपनि आज एक प्रेस
बिज्ञप्ति जारी गर्दै अहिलेको प्रेस कानुन देशलाई २०४६ साल पूर्वको
स्थितिमा पुर्याउन ल्याइएको सुनियोजित षडयन्त्र भएको बताएकाछन्।
कान्तिपुर एफमाथि भएको आक्रमणलाई सत्तापक्षको घोर अप्रजातान्त्रिक आक्रमण
भन्दै नेपालमा भैरहेको प्रेस स्वतन्त्राको आन्दोलनमा आफ्नो पूर्ण समर्थन
रहेको जनाएका छन्।
प्रेस बिज्ञप्तिहरु एट्याच्मेन्ट फाइलमा जस्ताको तस्तै।
2 Attachments
Saturday, October 22

कान्तिपुरको पूर्वान्चल प्रसारण बन्द
by
Nepal Info
on Fri 21 Oct 2005 04:51 PM PDT
Kantipur FM equipments looted by government  काठमाण्डौ, कार्तिक ५ दिनभर प्रहरीले घेराबन्दी गरेपछि गएराति सवा ११ बजे दर्जनौं प्रहरी जबर्जस्ती आएर कान्तिपुर एफएमको कार्यालयमा प्रवेश गरी पूर्वाञ्चल प्रसारणमा प्रयोग हुने सामान लगेका छन्। यसरी कान्तिपुर एफएमको प्रसारण पूर्वाञ्चलमा बन्द भएको छ। काठमाडौंमा भने प्रसारण यथावत छ। आज दिउसो राजा ज्ञानेन्द्रको निरंकुश शाही सरकारले ललितपुरको पुल्चौकस्थित कान्तिपुर एफ.एम.को कार्यालयमा शुक्रबार पुलिस पठाएर घेराबन्दी गरेको थियो। कथित सञ्चार नियन्त्रण अध्यादेशको आड लिएर गरिएको सो कुकृत्यको प्रहरी घेरावन्दी बिरुद्ध तत्कालै मानव अधिकारवादीहरु, पत्रकार महासंघ, बार एशोसिएसन र राजनैतिक दलहरुले निन्दा गरेका थिए । एफ.एम. व्यवस्थापनका अनुसार शुक्रबार दिउसो ३ बजेपछि सञ्चारमन्त्री टंक ढकालको निर्देशनमा सञ्चार मन्त्रालयका ३ जना अधिकृतसहितको टोली कार्यालयमा प्रवेश गरेको थियो। 'प्राविधिक निरीक्षणका लागि' more »
Thursday, October 20

कालो अध्यादेशविरुद्ध संपादकहरु
by
Nepal Info
on Thu 20 Oct 2005 07:25 AM PDT
Editors to fight the black press ordinance jointly
काठमाडौ, कार्तिक ३
आज देशका प्रमुख साप्ताहिक-पाक्षिक लगायतका पत्रिकाका
सम्पादक-प्रकाशकहरुको भेलाले २०६२ असोज २३ गते षड्यन्त्रपूर्वक जारी
गरिएको प्रेस स्वतन्त्रता विरोधी कथित संचार सम्बन्धी केही नेपाल ऐन
संशोधन अध्यादेशप्रति तीब्र विरोध र आपत्ती प्रकट गर्दै उक्त कालो
अध्यादेश अविलम्व खारेज गर्न माग गरेको छ ।
भेलाले यस अध्यादेश विरुद्ध साप्ताहिक पाक्षिक
पत्रिकाहरुको संयुक्त प्रतिवाद र संर्घषलाई व्यवस्थित रुपमा अघि बढाउन
देशान्तर साप्ताहिकका कविर राणाको संयोजकत्वमा सूर्य थापा (बुधबार), गोपाल
वुढाथोकी (साँघु), केशव खनाल (छलफल), दामोदरप्रसाद दवाडी (नयाँ विकल्प),
परशु घिमिरे (तरुण), जयप्रकाश त्रिपाठी (घटना र विचार), तेजप्रकाश पण्डित
(नव युगवाणी), शम्भु ... more »
Wednesday, October 19

माओवादीद्धारा पत्रकारलाई चेतावनी
by
Nepal Info
on Wed 19 Oct 2005 08:41 AM PDT
Maoists' threatening letter to Journalist Neupane to quit job
काठमाडौ, कात्तिक २
पत्र आफै बोल्छ: माओवादी
जिल्ला कमिटी दैलेख सदस्य लक्षीरामले नेपाल समाचारपत्र दैनिकका संवाददाता
कमल न्यौपानेलाई पत्रकारिता पेसा छोड्न आग्रह गर्दै असोज ३० गते
लेखेको पत्र। पत्रमा उनलाई 'फाँसिवादी राज्यसत्ता' लाई सघाएको आरोप
लगाइएको छ । गत वर्ष माओवादीद्धारा मारिएका पत्रकार डेकेन्द्र
थापासँगै माओवादीले उनलाईपनि कब्जामा लिई दुई साता बन्दी बनाएका थिए। उनले
माओवादी आरोप झूटो भएको बताएका छन् । उता सूरक्षा फौजले भने उनलाई
माओवादीसंग सांठगांठ गरिरहेको आरोप लगाउंदैआएको छ।
Monday, October 17

मन्डले पत्रकारहरु कालो कानुनको पक्षमा
by
Nepal Info
on Mon 17 Oct 2005 12:25 PM PDT
Some so called senior journalists support the black press ordinance काठमाडौ , असोज ३१ निरंकुश राजाले अध्यादेशद्धारा ल्याएको नयां प्रेस कानुनको नेपाल पत्रकार महासंघ लगायत अधिकांश स्वदेशी तथा विदेशी संघसंस्थाहरुले तिब्र विरोध गरिरहेकै बेला आफूलाई बरिष्ठ भनाउने केहि मन्डले पत्रकारहरुले भने उक्त कानुनको समर्थन गरेका छन्। आइतवार राजधानीमा संचार समूह नेपालद्धारा आयोजित कार्यक्रममा मन्डले पत्रकारहरु पि खरेल ,हरी लम्साल, गोरखापत्रका सम्पादक विजय चालिसे, श्रीषसमशेर जवरा लगायत नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठले समेत उक्त more »
Sunday, October 16

माओवादीको छुट्टै पत्रकार संघ
by
Nepal Info
on Sun 16 Oct 2005 10:59 AM PDT
Maoists open their own Journalist Association काठमाडौ , असोज ३० नेपाल पत्रकार महासंघको छाताभित्र अटाउन नसकेपछि नेकपा माओवादी समर्थक पत्रकारहरुले छुट्टै महासंघ खोलेको रहस्य सार्वजनिक भएको छ।यसअघि राजाको कदमलाई समर्थन गर्ने पि खरेल र हरी more »
|
This Month
| October 2005 |
| Sun |
Mon |
Tue |
Wed |
Thu |
Fri |
Sat |
|
|
|
|
|
|
|
1
|
|
2
|
3
|
4
|
5
|
6
|
7
|
8
|
|
9
|
10
|
11
|
12
|
13
|
14
|
15
|
|
16
|
17
|
18
|
19
|
20
|
21
|
22
|
|
23
|
24
|
25
|
26
|
27
|
28
|
29
|
|
30
|
31
|
|