Press freedom and journalists’ rights in Nepal will be swept away : IFJ

काठमाडौ, असोज २५

दशैको लामोबिदा पारेर राजाद्धारा जारी गरिएको प्रेस अध्यादेशको कडा बिरोध गर्दै आज अन्तराष्ट्रिय पत्रकार महासंले एक प्रेस बिज्ञप्ती जारी गरेको छ।महासंघका अध्यक्ष क्रिष्टोफर वारेनद्धारा जारी उक्त बिज्ञप्तिमा भनिएको छ, "राजा ज्ञानेन्द्रद्धारा अक्टोवर ९ मा घोषणा गरिएको परिवर्तित प्रेस कानूनले संचार माध्यमको अनुमती प्रक्रियालाई सिमित पार्नेछ रेडियोहरुमा समाचार प्रसारण बन्द गर्नेछ र केही बिदेशी पत्रिकाहरुलाई निषेध गर्नेछ।महत्वपूर्ण कुरा त यो छ कि वर्तमान प्रेस कानुन बिरुद्ध जानेहरुकालागि जरीवाना १० गुणा बढाइएको छ।"

"नेपालको प्रेस स्वतन्त्रतता र पत्रकारहरुका अधिकारहरु परिवर्तित प्रेस कानुनले बढारेर लानेछ" भन्दै उसले थपेको छ- "गएको जुलाइ महिनामा मन्त्रीपरिषदका उपाध्यक्ष किर्तीनिधी बिष्ट र संचार मन्त्री टंक ढकालले नेपालका सबै संबैधानिक धाराहरु सक्रिय रहेको र प्रेस स्वतन्त्रता कुन्ठित पार्ने उदेश्य नरहेको भनि बिश्वास दिलाएका थिए। तर त्यसको सम्मान नगरिकन यो कानुन ल्याइएकोमा हामी यसको भर्त्सना गर्दछौं।" बाकी जस्ताको तस्तै बि‍ज्ञप्ती   more »