Editors to fight the black press ordinance jointly
काठमाडौ, कार्तिक ३
आज देशका प्रमुख साप्ताहिक-पाक्षिक लगायतका पत्रिकाका
सम्पादक-प्रकाशकहरुको भेलाले २०६२ असोज २३ गते षड्यन्त्रपूर्वक जारी
गरिएको प्रेस स्वतन्त्रता विरोधी कथित संचार सम्बन्धी केही नेपाल ऐन
संशोधन अध्यादेशप्रति तीब्र विरोध र आपत्ती प्रकट गर्दै उक्त कालो
अध्यादेश अविलम्व खारेज गर्न माग गरेको छ ।
भेलाले यस अध्यादेश विरुद्ध साप्ताहिक पाक्षिक
पत्रिकाहरुको संयुक्त प्रतिवाद र संर्घषलाई व्यवस्थित रुपमा अघि बढाउन
देशान्तर साप्ताहिकका कविर राणाको संयोजकत्वमा सूर्य थापा (बुधबार), गोपाल
वुढाथोकी (साँघु), केशव खनाल (छलफल), दामोदरप्रसाद दवाडी (नयाँ विकल्प),
परशु घिमिरे (तरुण), जयप्रकाश त्रिपाठी (घटना र विचार), तेजप्रकाश पण्डित
(नव युगवाणी), शम्भु श्रेष्ठ (दृष्टि), कमल जोशी (नेपाली पत्र), किशोर
श्रेष्ठ (जनआस्था), राजेन्द्र वैध (विमर्श), निलबहादुर खड्का (रोडम्याप),
गोविन्दसिंह थापा (हाँक), युवराज घिमिरे (समय), राजेन्द्र दहाल (हिमाल) र
गोकुल वाँस्कोटा (संवोधन) सदस्य रहेको कालो अध्यादेश विरुद्धको संर्घष
सन्जाल गठन गरेकोछ ।
भेलाले सम्पादकीय मार्फत कालो अध्यादेशविरुद्ध अभियान सन्चालन गर्ने निर्णय
गर्नुका साथै देशभरिका सबै साप्ताहिक, पाक्षिक पत्रिकाहरुलाई यस सञ्जालसंग
समन्वय गरी संयुक्त प्रतिवाद र संर्घषमा उत्रिनपनि हार्दिक आहृवान गरेको
छ । भेलाले साप्ताहिक पत्रपत्रिकाप्रति राज्यले गर्दै आएको भेदभावपूर्ण
व्यवहार, लोक कल्याणकारी विज्ञापन छापे वापतको रकम भुक्तानी रोक्का,
एकद्धारको नाममा गरिएको विज्ञापन नाकावन्दी, प्रेस काउन्सिलको वर्गिकरणमा
गरेको नाङ्गो पक्षपात र निरन्तरको दमनकारी रवैयाको भर्त्सना गर्दै सवै
खाले नियन्त्रण तत्काल हटाउन जोडदार माग गरेको छ।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
कालो अध्यादेशविरुद्ध संपादकहरु
Comments
Good luck
by
Nepal Info
on Thu 20 Oct 2005 10:23 PM CEST | Profile | Permanent Link
Good luck.
Its great news. Its a brave step. All other newspapers should also join together. We all should fight. If everybody defends the black ordinance then how many people can GYANE put in the prison? MERO PANI GHACHCHIKO SAMARTHAN, BALADEV Trackbacks
TrackBack URL: |
This Month
Month Archive
|
||||||