
काठमाण्डौ, कार्तिक ५
दिनभर प्रहरीले घेराबन्दी गरेपछि गएराति सवा ११ बजे दर्जनौं प्रहरी जबर्जस्ती आएर कान्तिपुर एफएमको कार्यालयमा प्रवेश गरी पूर्वाञ्चल प्रसारणमा प्रयोग हुने सामान लगेका छन्। यसरी कान्तिपुर एफएमको प्रसारण पूर्वाञ्चलमा बन्द भएको छ। काठमाडौंमा भने प्रसारण यथावत छ। आज दिउसो राजा ज्ञानेन्द्रको निरंकुश शाही सरकारले ललितपुरको पुल्चौकस्थित कान्तिपुर एफ.एम.को कार्यालयमा शुक्रबार पुलिस पठाएर घेराबन्दी गरेको थियो। कथित सञ्चार नियन्त्रण अध्यादेशको आड लिएर गरिएको सो कुकृत्यको प्रहरी घेरावन्दी बिरुद्ध तत्कालै मानव अधिकारवादीहरु, पत्रकार महासंघ, बार एशोसिएसन र राजनैतिक दलहरुले निन्दा गरेका थिए ।
एफ.एम. व्यवस्थापनका अनुसार शुक्रबार दिउसो ३ बजेपछि सञ्चारमन्त्री टंक ढकालको निर्देशनमा सञ्चार मन्त्रालयका ३ जना अधिकृतसहितको टोली कार्यालयमा प्रवेश गरेको थियो। 'प्राविधिक निरीक्षणका लागि' more »