Main Page  »  Media
View Article  कान्तिपुर एफएमको अनुमति खारेज गरिने
Government to cancel Kantipur FM's  license !

       
अपडेट

काठमाडौ , कात्तिक १०
सर्वोच्च अदालतले सरकारलाई
आइतवार सम्म  कान्तिपुर एफएम माथि कुनैपनि प्रकारको कार्वाही नगर्न आज एक आदेश दिएको छ। प्रधान न्यायाधीश दिलिपकुमार पौडेल र न्ययाधीशद्वय शारदा श्रेष्ठ तथा तपबहादुर मगरको विशेष इजलासले अन्तरिम आदेश जारी गरेको हो ।  यसबाट कान्तिपुर एफएमलाई अलिकति भएपनि राहत मिलेको छ। संचार सम्वन्धि केही नेपाल एेन अध्यादेश मार्फत आउनुअघि भने  सर्वोच्च अदालतले एफ एमहरुले समाचार प्रसारण गर्न सक्ने गरी फैसला गरेको    more »
View Article  कान्तिपुरमाथि आक्रमणको घोर निन्दा
Immediate return of all of Kantipur FM equipments urged
फ्रान्स, कात्तिक ८

कान्तिपुर एफ एममाथि सरकारद्धारा गरिएको लुटपाटको भर्त्सना गर्दै रिपोटर्स विदआउट बोडर्स (आरएसएफ) र अमेरिकामा रहेको नेपाली पत्रकारहरु ले लुटिएका सामाग्री तुरुन्त फिर्तागरि प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारसंग माग गरेको छ।

हिजो एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै बिश्वभरी प्रेस स्वतन्त्रताको निगरानी गर्ने यो संस्थाले भनेको छ कान्तिपुर एफ एम माथिको आक्रमण सरकारको आलोचना गर्ने सम्पूर्ण एफ एम रेडियोहरुको   शिरच्छेदन गर्ने र सरकारी बन्धक बनाउने षडयन्त्र हो।यसविरुद्ध सामुदायिक रेडियोहरुले प्रेस स्वतन्त्रताकालागि गरेको आन्दोलनमा आरएसएफका तर्फबाट पूर्ण समर्थन र सहयोग रहेकोपनि जनाएको छ।

यसैगरी अमेरिकामा बसोबास गर्दै आएका नेपाली पत्रकारहरुलेपनि आज एक प्रेस बिज्ञप्ति जारी गर्दै अहिलेको प्रेस कानुन देशलाई २०४६ साल पू‍र्वको स्थितिमा पुर्याउन ल्याइएको सुनियोजित षडयन्त्र भएको बताएकाछन्।  कान्तिपुर एफमाथि भएको आक्रमणलाई सत्तापक्षको घोर अप्रजातान्त्रिक आक्रमण भन्दै नेपालमा भैरहेको प्रेस स्वतन्त्राको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन्।

प्रेस बिज्ञप्तिहरु एट्याच्मेन्ट फाइलमा जस्ताको तस्तै।
2 Attachments
This Month
October 2005
Sun Mon Tue Wed Thu Fri Sat
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30 31
Year Archive