Main Page  »  Media
View Article  कान्तिपुर एफएमप्रति एक्यवद्धता जारी
A huge mass of civil society, democratic leaders and media persons protect Kantupur FM


सर्वोच्च अदालतले कान्तिपुर एफ एममाथि कुनैपनि प्रकारको कार्वाही नगर्नु नगराउनु भन्ने आदेश दिएपनि कान्तिपुर एफ एमको कार्यालयलाई आज फेरि सूरक्षाकर्मीहरुले घेराउ गरेका थिए। कान्तिपुर एफएमको इजाजतपत्र रद्द गर्ने सरकारी चेतावनी विरुद्ध बिहीबार बिहान एफएमको कार्यलय पुल्चौकमा सञ्चारकर्मीहरु, नागरिक समाज, मानव अधिकारकर्मी, र्सवसाधारण र राजनैतिक दलका शिरस्थ नेताहरुले धर्ना दिएका थिए।   कार्यक्रममा नेपालीकांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासमेत पार्टीको बैठक स्थगित गरी केन्द्रीय नेताहरुसगै आउनु भएको   more »
View Article  कोफी अन्नानद्धारा पत्रकारहरुलाई समर्थन

        
काठमाण्डौ, कात्तिक १०

UN General Secretary Annan expresses solidarity to Nepali Journalists

संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानले हालै नेपाल सरकारद्वारा जारी सञ्चार अध्यादेशको बैधानिकता र अन्तरराष्ट्रिय मानवीय कानूनको मापदण्डअनुरुप भए नभएको बारे सचेततापूर्वक हेरिरहेको बताउनु भएको छ।महासचिवले नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीका नाममा लेख्नुभएको पत्रमा सो कुरा बताउनुभएको हो।

अन्नानका तर्फबाट उहाका क्याविनेट प्रमुखद्वारा लिखित सो पत्र राष्ट्र संघका आवासीय प्रतिनिधि माथ्यु कहानेले विहीबार एक कार्यक्रममार्फत निष्ठुरीलाई बुझाउनुभयो। पत्रमा प्रजातन्त्र संकटमा परेको समय नेपाली सञ्चार जगतले खेलेको भूमिकाप्रति अन्नान जानकार रहेको उल्लेख छ। पत्रकार महासंघले प्रजातन्त्र र प्रेस स्वतन्त्रता हनन भएको सम्बन्धमा डेढ महिना अघि महासचिव अन्नानलाई लेखेको पत्रको जवाफमा सो पत्र प्राप्त भएको हो। राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको कार्यालयले नेपालमा भएको प्रेस स्वतन्त्रता उल्लंघनबारे अनुगमन गरिरहेको पनि अन्नानको पत्रमा उल्लेख छ।

This Month
October 2005
Sun Mon Tue Wed Thu Fri Sat
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30 31
Year Archive