
सर्वोच्च अदालतले कान्तिपुर एफ एममाथि कुनैपनि प्रकारको कार्वाही नगर्नु नगराउनु भन्ने आदेश दिएपनि कान्तिपुर एफ एमको कार्यालयलाई आज फेरि सूरक्षाकर्मीहरुले घेराउ गरेका थिए। कान्तिपुर एफएमको इजाजतपत्र रद्द गर्ने सरकारी चेतावनी विरुद्ध बिहीबार बिहान एफएमको कार्यलय पुल्चौकमा सञ्चारकर्मीहरु, नागरिक समाज, मानव अधिकारकर्मी, र्सवसाधारण र राजनैतिक दलका शिरस्थ नेताहरुले धर्ना दिएका थिए। कार्यक्रममा नेपालीकांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासमेत पार्टीको बैठक स्थगित गरी केन्द्रीय नेताहरुसगै आउनु भएको थियो। यस क्रममा उहाले कान्तिपुर एफएमलाई कांग्रेसले जस्तोसुकै सहयोग दिनपनि तयार रहेको वचनसमेत दिनुभयो। त्यसैगरी सरकारद्वारा हालै जारी सञ्चार अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा पनि आउदो १३ गते छलफल हुने भएको छ।
सात राजनैतिक दलहरुको बुधबार बसेको आकस्मिक बैठकले सरकाद्वारा प्रेसमाथि गरिएको हस्तक्षेप विरुद्ध आज भोली शुक्रबार उपत्यका बन्दको कार्यक्रम राखेको छ। बन्दलाई सफल पार्न दलहरुका भातृ संगठनले बिहीकार साझ उपत्यकाका विभिन्न ठाउहरुमा सिठ्ठी फुकेर जुलुस निकालेका थिए। जुलुशबाट ६ प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको नेपाल न्यूजले जानकारी दिएको छ।धर्ना कार्यक्रममा भाषण गर्दै नागरिक समाजाका अध्यक्ष देवेन्द्रराज पाण्डे। तस्विर: अरुण बराल