Sixteen journalist arrested

      
                      
तस्विर: बिबीसी

काठमाडौ, कार्तिक १२

प्रेस चौतारी नेपालको आयोजनामा शनिबार रत्नपार्कमा सञ्चारसम्बन्धी कालो अध्यादेश जलाउन भेला भएका १६ जना सञ्चारकर्मीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पत्रकारहरुलाई रातिसम्म महेन्द्र पुलिस क्लबमा थुनिएको थियो।
दिउसो ३ बजे रत्नपार्कमा अध्यादेश जलाइसकेपछि प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाई, उपाध्यक्ष भरत पोख्रेल, सचिव गगन विष्ट, सदस्य देवराज रिमाल र भीमसेन राजबाटक छन्।पक्राउ पर्ने अन्य पत्रकारहरुमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, सम्वोधन साप्ताहिकका सम्पादक गोकुल बास्कोटा, सूर्योदका राजेन्द्र अर्याल तथा विश्वमणि सुवेदी, प्रकाश सिलवाल, गोपाल खनाल, रामहरी सिलवाल, जन्मदेव जैसी गोविन्द चौलागाई, रोहित दहाल र चेतनाथ धमला रहेका छन्।शान्तिपूर्ण प्रर्दर्शनमा सहभागी पत्रकारहरुमाथि दुर्व्यवहार र गिरफ्तारी गरेर सरकारले आफ्नो निरंकुश अनुहार देखाएको भन्दै नेपाल पत्रकार महासंघ लगायत विभिन्न संस्थाहरुले गिरफ्तारी निन्दा गरेका छन्।