|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Saturday, November 19
by
Nepal Info
on Sat 19 Nov 2005 12:30 PM PST
काठमाडौ, मंसिर ४ विवादास्पद सञ्चार अध्यादेशको खारेजी र शाही सत्ताको अन्त्यका लागि सञ्चारकर्मीहरुले कलम सत्याग्रहको घोषणा गरेका छन्। नारायणी अञ्चलका सञ्चारकर्मीहरुको भेलाले शनिबार जारी गरेको सात बुँदे बीरगन्ज घोषणा पत्र-२०६२ मार्फत् यस्तो घोषणा गरिएको हो। भेलापछि जारी घोषणा पत्रमा व्यवसायक एकता र पेशागत मर्यादाको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ।नेपाल पत्रकार महासंघलगायत विभिन्न पेशागत संगठनसँग आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको सो भेलाले जनताको सर्वोच्चता तथा विधिको शासन स्थापित गर्न सञ्चालित प्रत्येक अभियानका निम्ति पत्रकारहरु समर्पित रहने घोषणा गरेको छ। |
This Month
Month Archive
|
||