अपडेट

काठमाडौ, मंसीर १३
रेडियो सगरमाथाका उपकरण कब्जा गरी अर्को आदेश नभएसम्म प्रसारण बन्द गर्ने सरकारी कदमका विरुद्ध सगरमाथा रेडियोको संस्थापक संस्था नेपाल वातावरण पत्रकार समूहले आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।समूहका अध्यक्ष लक्ष्मण उप्रेतीद्वारा दायर रिटमा गैरकानूनी रुपमा कब्जामा लिइएको सामग्री फिर्ता दिन र १२ मंसिरको उपकरण जफत तथा प्रसारण बन्द गर्ने दुबै पत्र र कामकारवाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ।मन्त्रिपरिषद्, सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, वरिष्ठ टेक्नीकल अफिसर राजीवप्रसाद गुप्ता रौनियार, इन्जिनियर गौरव गिरी तथा जिल्ला प्रहरी कार्यालय ललितपुरलाई विपक्षी बनाइएको छ।रिटमा नेपाल अधिराज्यको संविधानको धारा ११,१२,१३,१४,१६,१७ र २२ एवं राष्ट्रिय प्रसारण ऐनको दफा १६ र १७ को प्रतिकुल एवं प्रसारण नियमावलीको नियम ९ -(झ), १४ र २१ को प्रतिकुल काम कारवाही गरेकोले बदरभागी भएको उल्लेख छ। थप समाचारकालागि यहा क्लिक गर्नुहोस।
काठमाडौ, मंसीर १३
हिजो बेलुका सरकारले रेडियो सगरमाथामाथि नांगो हस्तक्षेपगरि उपकरणहरु लुट्दै नियमित प्रसारण रोकेपछि आज रेडियो सगरमाथाका तर्फबाट सर्वोच्च अदालतमा मुद्धा हाल्ने तयारी भैरहेको छ भने अन्तराष्टिय संधसंस्थाहरुले त्यसको विरोध गर्दै विज्ञप्ती जारी गर्ने कामपनि शुरु भएको छ। आज प्रकाशित कान्तिपुर दैनिक र The Kathmandu Post , गोरखापत्र, समाचारपत्र तथा महानगरका समाचारहरु हेर्नुहोस।ww