सर्वोच्चको निर्णयपछि सगरमाथा सुचारु
by
Nepal Info
on Tue 29 Nov 2005 06:03 AM PST |
Permanent Link
|
Cosmos
Sagarmatha FM on air following court order
काठमाडौ, मंसिर १४
सर्वोच्चको आदेश अनुसार आजबाट रेडियो सगरमाथा
सुचारु भएको छ। आज अपरान्ह सवा चार बजे सर्वोच्च अदालतका न्याधिश बद्री
बहादूर बस्नेतले दिनुभएको आदेश अनुसार रेडियो सगरमाथा अर्को निर्णय
नभैन्जेलकालागि सुचारु हुन पाएको हो। यो आदेश जारी हुनासाथ रेडियो
सगरमाथाले अपरान्ह ४.४५ बाट आफ्नो कार्यक्रम सुचारु गरेको थियो।यो आदेश
अनुसार अब रेडियो सगरमाथा मंसिर २२ सम्म संचालन हुनेछ। सरकारी हस्तक्षेपका
बाबजुदपनि रेडियो सगरमाथाले बिवीसी नेपाली सेवाबाट प्रसारीत सबै
कार्यक्रमहरु यथावतै राख्ने निर्णय गरेको थाह भएको छ।