Indian journalists support the movement of Nepali journalist
रेवती सापकोटा
नयाँ दिल्ली १४ भदौ
संसारभरका पाँच लाख पत्रकारहरु सम्मिलित अन्तराष्ट्रिय पत्रकार महासंघको
आब्हानमा मंगलवार भारतको राजधानी नयाँ दिल्लीमा नेपाली पत्रकारको आन्दोलन
प्रति ऐक्यबद्धता जनाएका छन ।नया दिल्लीमा रहेका पत्रकारहरुको समुहले
दिल्लीस्थित शाही नेपाली राजदुतावासमा गई राजा ज्ञानेन्द्रलाई
पत्रकार,सञ्चारमाध्यम माथि भईरहेको दमन तत्काल बन्द गर्न र
स्वतन्त्रतापुर्वक समाचार सम्प्रेषण गर्न पाउने वातावरण बनाउन माग गरेको
थियो ।
विहान ११ बजे दिल्लीको बाह्रखम्वा सडक स्थित शाही नेपाली राजदुतावास गएर
पत्रकारहरुको प्रतिनिधि मण्डलले राजा ज्ञानेन्द्रलाई ज्ञापनपत्र पठाएको
थियो । सो अवसरमा भारतीय पत्रकारहरु नेपाली पत्रकारहरुले सञ्चालन गरेको
आन्दोलनको साथमा रहेको पनि जानकारी गराएका थिए । यसै गरी एसियाका हङकङ,
अफगानिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाईलैण्ड लगायतका मुलुकमा
पनि प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको लागि नेपाली पत्रकारहरुले
सञ्चालन गर्दै आएको आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै प्रदर्शन गर्दै नेपाल
सरकारलाई बिरोध पत्र पठाएका छन् ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Tuesday, August 30
by
Nepal Info
on Tue 30 Aug 2005 11:30 AM PDT
Friday, August 26
by
Nepal Info
on Fri 26 Aug 2005 09:15 AM PDT
अनुराधा पौडेल
Why the goverment wants to controol the press? Anuradha Poudel सरकारले फेरि प्रेसमाथिको आफ्नो अनुदार चरित्र प्रस्तुत गरेको छ । एफ. एम रेडियोहरुलाई समाचार प्रसारण गर्नबाट बन्चित गराएर शुरु भएको उसको अनुदार चरित्र अहिले कान्तिपुरसम्म आएर रोकिएको छ ।यस बिचमा सरकारले सरकारले थुप्रै पटक आफ्नो अनुदार अनुहार देखाइसकेको थियो । हिजो सूचनì more » |
This Month
Month Archive
|
||