Anonymous and get around censorship!

फ्रान्स, असोज ६

   ब्लगरहरु के बास्तबिक पत्रकारहरु हुन सक्छन् त? यो प्रश्न उठाउन जती सजिलो छ उत्तर पाउनपनि त्यतिनै कठिन छ। तर नेपाल जस्तो प्रेसमाथि सेन्सरसिप लागेको मुलुकमा भने ब्लगको महत्व धेरै छ र अझ यस्ता ब्लगरहरु नै बास्तबिक पत्रकारहरु हुन् भनि रिर्पोटर विथआउट बोर्डरले आज जनाएको छ। ब्लगले मानिसहरुलाई उत्प्रेरित गराउंछ उसले भनेको छ -'ब्लग सूचना क्रान्तिको महत्वपूर्ण औजार हो। जुन मुलुकमा प्रेस स्वतन्त्रता छैन त्यहा सही सूचना प्रबाहकालागि पत्रकारका रुपमा ब्लगरहरुमात्र बांकी रहन्छन्'।

 ब्लगिङ्ग किनपनि प्रसिद्ध हुदै गएको हो भने सामान्य खालका मानिसहरुलाईपनि अभिव्यक्त गर्नकालागि यसले अवसर प्रदान गर्छ। यो संचालन गर्नपनि सजिलो छ। साइबर संचालकेदखि साधारण मानिस सबैले ब्लग मार्फत आफ्ना पाठकहरु बनाउन सक्छन्।

  रिर्पोटर विथआउट बोर्डरले आज यसैगरी ब्लग संचालकहरुलाई अत्यन्त उपयोगी एक सानो किताव प्रकाशित गरेको छ। जसमा ब्लगको निर्माण कसरी गर्ने देखि लिएर ब्लगहरुका इथिक्सहरु र डरलाग्दो सेन्सरसिपबाट बचेर काम गर्ने उपायहरु सबै समेटेको छ। यो पुस्तकमा नेपालका तर्फबाट रेडियो फ्रि नेपालका एक संचालकले नेपालमा ब्लगिङ्ग किन शूरुवात गर्न पर्यो भनि लेखेका छन् भने चीन सरकारको डरलाग्दो इन्टरनेट सेन्सरसिपको चिन्ता नगरि चाइनिज भाषामा ब्लग चलाउने एक चाइनिज केटीको कथापनि समेटिएको छ। बांकी