Media situation of the western Nepal in the king's direct rule
Bimala Pandey/INS
संचार फिचर

कार्टुन साभार: अविन डट कम
बिमला पाण्डे/स्वससे
प्यूठान
अघिल्लो १९ माघको शाही कदमले स्वतन्त्र सञ्चार क्षेत्रलाई कप्ल्याक्कै निल्न खोजेको थियो । राजाको सक्रिय साशनले सञ्चार जगतलाई निल्नै चाहिँ सकेन, तर सञ्चार जगत नराम्ररी घायल भयो । अहिले पनि प्यूठानमा सञ्चारजगतको हरिबिजोग छ । स्थिति सुध्रिएको छैन ।
१९ माघको कदमले पत्रकारितामा भर्खर पाइला टेकेको प्यूठानले अधिराज्यभरका पत्रकारहरुले भोग्नु परेको समस्या झेल्न पर्नु नौलो विषय थिएन, तर अझ बढी समस्या झेल्दा भर्खर अगाडी बढिरहेको पाइला रोकिने खतरा बढिरहृयो । more »